सिन्धुलीमा उत्पादन भएको ६० प्रतिशत जुनार बिक्री
०८ माघ २०७९
•
३ मिनेट पाठ
सिन्धुलीमा उत्पादन भएको ६० प्रतिशत जुनार बिक्री
सिन्धुलीको कमलामाई नगरपालिका ३ का किसान जुनार टिप्दै। तस्बिर: अनिल भण्डारी/ नागरिक
सिन्धुलीमा यस वर्ष उत्पादन भएको जुनार हालसम्म ६० प्रतिशत बिक्रि भइसकेको छ। जुनारको मुख्य उत्पादन हुने सिन्धुलीको गोलञ्जोर गाँउपालिकास्थित तिनकन्या बाहेक अन्य क्षेत्रका बगैचा रित्तिन थालिसकेको जुनार किसान बताउँछन्।




मंसिरको दोस्रो हप्तादेखि बजारमा आएको जुनार एक महिनामै झन्डै आधा बढी बिक्रिभएको थियो। यस वर्ष विगतको तुलनामा जुनार उत्पादन वृद्धि भएको र माघ अन्तिमसम्ममा जुनार बिक्रि भइसक्ने किसानहरु बताउँछन्। किसानले बोटबाटै ७० रुपैया प्रतिकेजीमा जुनार बिक्रि गरिहेका छन्। यस वर्ष ६० प्रतिशत बढी जुनार बिक्रि भइसकेको छ।  

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार जोन कार्यालयका प्रमुख रमेश हुमागाईले भने, 'तिन कन्याको माझ कुभिण्डे क्षेत्रमा अझै जुनार बाँकी छ अन्य क्षेत्रका जुनार बिक्रिको अन्तिम चरणमा पुगेको छ।' किसानहरुले पछिल्लो समय रोपेका विरुवाले फल दिन थालेपछि यस वर्ष जुनार उत्पादनमा वृद्धि भएको हो। एक हजार मेट्रिक्टन जुनार नयाँ विरुवाले नै दिन थालेपछि जुनार उत्पादन बढेको कार्यालय प्रमुख हुमागाईले जानकारी दिए।

विपी राजमार्ग निर्माणभएसँगै सोही राजमार्गसँग जोडेर जुनार क्षेत्रमाजाने सडक खुलेपछि जुनार किसानको राम्रो आम्दानीको स्रोत बनेको छ। व्यवसायीक रुपमा खेतीगर्दै आएका किसानले प्रत्येक वर्ष दश देखि २० लाख सम्म एकै किसानले आम्दानी लिदै आएका छन्।  तिन कन्याबाट दैनिक दश गाडी जुनार बजारमा आइरहेको छ, हुमागाईले नागरिकसँग भने, 'माघभरीमा सबै जुनार बिक्रि भइसक्ने अनुमान छ। बिपी राजमार्ग निर्माण भएपछि पुर्वी तराईसहित काठमाडौं लगायतका स्थानमा जुनार कोसेलीको रुपमा लाने क्रम बढेपछि सिजनको सुरुवातमै जुनारको कारोवार राम्रो हुन थालेको छ।'

कोदो मकैको तुलनामा जुनार खेतीबाट निकै राम्रो आम्दानी हुन्छ, कमलामाई नगरपालिका ३ का जुनार किसान जुद्ध राईले भने, 'वर्षको करिब १० देखि १२ लाख सम्म आम्दानी लिदै आएको छु।' सोही स्थानकी लक्ष्मी राई जुनारको आम्दानीले आयस्रोत बढ्दै गएको बताउँछिन् । 'जुनार बेचेर छोराछोरी पढाउन सहज भएको छ, दैनिक घरखर्च अन्य आम्दानी नहुँदा पनि सहजै चलेको छ', उनले भनिन्, 'सुरुवाती चरणमा थोरै लगाएका थियौ तर आम्दानी राम्रो हुने देखिएपछि जुनार विरुवा थपेर अहिले बगैचामा पाँच सय बढी बोटले फल दिन थालेको छ।'

उनले दैनिक ठूला बोरामा ६ बोरा जुनार बगैचाबाट बजारमा पठाउने गरेको बताइन्। उनले बगैचामा पहेलपुर जुनार देख्दा बगैचामा गएर काम गर्न समेत जागर चल्ने बताइन्। सडकको पहुच जुनार बगैचासम्मै पुगेकाले बजारको अभाव नभएपछि किसानले सोझै बोटबाटै महंगो मुल्यमा बिक्रि गर्न थालेका छन्। जुनार कृषकले यस वर्ष बोटबाटै राम्रो मुल्य पाएका छन्। बजारमा जुनार ८० देखि एक सय रुपैयाँसम्म प्रतिकेजीमा बिक्रि हुदै आएको छ।

यसवर्ष सिन्धुलीमा जुनार बिक्रिबाट झन्डै ४० करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ। जिल्लामा एक हजार ४५ हेक्टर जमिनमा जुनारको व्यवसायीक खेती हुँदै आएको छ। यस वर्ष सिन्धुलीमा १० हजार पाच सय मेट्रिक्टन जुनार फल्ने र जसमध्ये ७ हजार बढी मेट्रिक्टन जुनार बजार बिक्रि हुने अनुमान गरिएको छ। अन्य जुनार कोसेली पठाउने तथा किसान आफैले खाने भएकाले सातह जार मेट्रिक्टन मात्रै जुनार बजारमा पुग्ने भएको हो।  
अर्को समाचार
जुनारले पहेलपुर सिन्धुलीको खनियाखर्क बजार
१८ मंसिर २०७९
•
३ मिनेट पाठ
जुनारले पहेलपुर सिन्धुलीको खनियाखर्क बजार
सिन्धुलीको खनियाखर्कमा बिक्रिका लागि राखिएको जुनार। तस्बिर: अनिल भण्डारी/ नागरिक
स्थानीय मौलिक फल जुनारले सिन्धुलीको खनियाखर्क बजार पहेलपुर भएको छ। विपी राजमार्गस्थित यहाँको गोलञ्जोर गाँउपालिका ५ खनियाखर्कमा जुनारलाई प्रमुख प्राथमिकताका साथ बजारमा बिक्रिका लागि राखिएपछि पहेलपुर भएको हो।




राजमार्गमा जुनारको कारोबार समेत राम्रो हुँदा जुनारले त्यस क्षेत्रमा राम्रो बजार पाएको छ। पुर्वी तराईका विभिन्न जिल्लाबाट यहि राजमार्ग हुदै काठमाडौं आवात जावत गर्ने दैनिक हजारौ साना ठूला सवारीका यात्र ुनै जुनारको मुख्य ग्राहक हुन्। बस माइक्रोबसदेखि अन्य साना गाडीले खनियाखर्कमा यात्रुलाई जुनार किन्नकै लागि केहि समय रोकिदिने गरेकाले समेत खनियार्क बजार जुनारले भरिएको छ। रसिलो फल जुनार यात्रुका लागि सिन्धुलीको मुख्य कोसेली हुने भएकाले जुनार यात्रुको रोजाइमा समेत पर्न थालेको छ।

विपी राजमार्गको खनियाखर्क आसपासमा जस्ताका टहरा बनाएर जुनार विक्रिका लागि राखेपछि खनियाखर्क बजारनै जुनारले उज्यालिएको स्थानीय बताउँछन्। खनियाखर्क बजार आसपासमा मात्रै दुई दर्जनबढी जुनार व्यवसायी छन्। किसानको बोटबाट जुनार किनेर बजारमा ल्याएर बेच्ने व्यापारी समेत बढेको स्थानीय बताउँछन्। खनियखर्कमा हाल १०० देखि १३० रुपैया किलोसम्ममा जुनारको कारोबार भइरहेको छ।

विगतका वर्षमा जुनारमा फल कुहाउने औषा पार्ने झिगा चाइनिज सिट्रस फ्लाई ब्याक्ट्रोसेरा मिन्याक्स प्रकोप देखिएपनि यस वर्षबाट जुनार सुपर जोन कार्यालयले किरा नियन्त्रण विधि अपनाएपछि न्युनिकरणमा आएको छ। किरा न्युनिकरण भएको छ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाई कार्यालयका प्रमुख रमेश हुमागाईले भने, सिन्धुली जिल्ला जुनारले उद्गम स्थलको श्रेय पाएको छ, उनले नागरिकसँग भने, सिन्धुली र जुनार एक अर्काको पर्यवाचीनै हुन्। त्यसैले सिन्धुलीका फलफुल पसल मात्रै नभएर अन्य क्षेत्रमा समेत जुनारले पहेलपुर भएको छ।  

जिल्लामा कुल १३४५ हेक्टर क्षेत्रफलमा जुनार खेती गरिएकोमा ७२५ हेक्टर उत्पादनशिल क्षेत्र रहेको तथ्याङक छ।  जिल्लाका धेरै स्थानमा जुनारको खेती गर्न सकिन्छ, उनले भने पुर्व पश्चिमसम्म फैलिएको महाभारत क्षेत्रमा जुनारको व्यवसायिक खेतीको संभावना रहेको छ, क्षेत्र विस्तारमा लाग्नुपर्ने जरुरी देखिन्छ।

चाइनिज सिट्रस फ्लाई ब्याक्ट्रोसेरा मिन्याक्स प्रकोपले अन्य जिल्लामा सामाज्यनै फैलाइसकेको र यसको नियन्त्रणमा सबै लाग्नुपर्ने बताए। नियन्त्रणको जुन प्रविधि लागु गरिएको छ, त्यस फलफुल लगाएका सबै किसानले लागु गर्नुपर्ने हुन्छ, उनले भने, अनिमात्रै किरामुक्त फल बजारमा दिन सकिन्छ। बिपी राजमार्ग निर्माण भएपछि पुर्वी तराई सहित काठमाडौं लगायतका स्थानमा जुनार कोसेलीको रुपमा लाने क्रम बढेपछि सिजन अगावै देखि जुनार बिक्रि हुने गरेको किसान बताउँछन्।  

किसानको बोटमै गएर व्यापारीले राम्रो मुल्य दिने भएकाले जुनार खेतीबाट किसानको जिवनस्तर समेत उक्सिएको छ। यहाँको गोलञ्जोर गाँउपालिका, सुनकोसी गाँउपालिका, फिक्कल गाँउपालिका तथा तीनपाटन गाँउपालिकाका केहि स्थानमा व्यवसायीक रुपमै जुनारको खेती गरिदै आएको छ। सडकको पहुच जुनार बगैचासम्मै पुगेकाले बजारको अभाव नभएपछि किसानले सोझै बोटबाटै महंगो मुल्यमा बिक्रि गर्न पाएपछि जुनार खेतीमा किसान हौसिएका छन्। रोग किराको संक्रमणनै किसानका लागि समस्या भएपनि जुनारको बजार राम्रो रहेको किसान स्वयम् बताउँछन्। किसानलाई बोटमै १० रुपैयादेखि १५ रुपैयासम्म प्रतिदाना दिन व्यापारी घरघरमै पुग्ने गरेका छन्।  
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस