निर्माण गर्ने कि दिगो निर्माण !
२६ साउन २०७३
•
८ मिनेट पाठ
निर्माण गर्ने कि दिगो निर्माण !
आजसम्म हामीले निर्माण मात्र गर्यौं । घर, भवन, बाटो, पुलपुलेसा बनायौं । ‘काम चलिहाल्छ नि !’ भन्यौं । तर, ती निर्माण दिगो थिए त ? हामीले सोच्ने बेला भएको छ । गत गर्ष भूकम्पपछि त यसले यो विषयले चर्चासमेत पाइरहेको छ । विगतमा हामी दिगो निर्माण गर्न चुक्यौं । दिगो निर्माण गर्न सकेको भए ८ लाख घर, हजारौं स्कुल, विभिन्न पुराताŒिवक संरचना भत्किने थिएनन् कि !




ठूला आयोजनाका बाँध परीक्षणकाल मै भत्किएको हामीले सुनेकै हो । पिच गरेको दुई–चार महिनामा बाटो बिग्रने समस्या हाम्रो लागि नौलो होइन । एक दुई वर्षमै कैयौं पुलका संरचना भत्किन थाल्छन् । आखिर किन हुन्छ त यस्तो ? एउटै कारण हो हामीले दिगो निर्माण गर्न सकेका छैनौं ।   

निर्माण र  दिगो निर्माण दुई फरक विषय भएको सम्बन्धित विज्ञहरूको भनाइ छ । ‘निर्माण र दिगो निर्माणमा केही फरक पक्कै छ,’ शिवम् सिमेन्टका निखिल अग्रवाल भन्छन्, ‘निर्माण गर्दैमा दिगो हुन्छ भन्ने छैन ।’ उनको भनाइ छ– निर्माण भनेको काम चलाउनको लागि मात्र हो । यस्तो निर्माण जुनसुकै बेलामा पनि भत्कन सक्छ । त्यसका उदाहरण हाम्रा अगाडि नै छन् । भत्केका लाखौं घर बनाउँदा दिगो निर्माणालाई ध्यान दिएको भए अहिले यस्तो नहुन सक्थ्यो ।

‘हामीले निर्माण र दिगो निर्माणको फरक छुट्याएर काम गर्नुपर्छ,’ अग्रवाल भन्छन्, ‘निर्माणमात्र गर्ने कि दिगो पनि बनाउने भन्ने विषय जोडिएर आउँछ ।’ उनका अनुसार बलिया संरचना, जसलाई भूकम्प जस्ता प्रकृतिक प्रकोपले भत्काउन नसकून, नै दिगो निर्माण हुन् ।

त्यसो भए दिगो निर्माणको लागि के चाहिन्छ वा के गर्नुपर्छ त ?

दिगो निर्माणको लागि एउटै उपाय छ– बलियो बनाउने । ‘दिगो निर्माणको लागि गुणस्तरीय निर्माण सामग्री चाहिन्छ,’ एड्भान्स सिमेन्टका दिपक घिमिरे भन्छन्, ‘सामग्री मात्र गुणस्तरीय भएर हुँदैन । डिजाइन, जमिन, जनशक्ति पनि गुणस्तरीय नै हुनुपर्छ ।’ निर्माण गर्न चाहिने सिमेन्ट, स्टिल, बालुवा, ढुंगा, गिट्टी गुणस्तरीय हुदैमा संरचना बलियो हुन्छ भन्ने छैन ।

महत्वपूर्ण कुरा यी सबै निर्माण तत्वलाई कसरी मिश्रण गर्ने भन्नेमा भर पर्छ । ‘दिगो निर्माणको लागि मापदण्डभित्र रहेर निर्माण सामग्री कसरी प्रयोग गर्ने र कस्तो डिजाइन गर्ने भन्ने महत्वपूर्ण कुरा हो,’ युनाइटेड सिमेन्टका कन्ट्री हेड, सेल्स एन्ड मार्केटिङ, जस श्रेष्ठ भन्छन्, ‘दक्ष जनशक्ति वा इन्जिनियरले राम्रो डिजाइनमा घर बनाइदिएन भने निर्माण सामग्री जति बलियो भए पनि संरचना बलियो हुन सक्दैन ।’

घर वा अन्य संरचना बनाउनको लागि आवश्यक पर्ने तत्वहरू भनेका निर्माण सामग्री, डिजाइन वा नक्सा, दक्ष जनशक्ति उपयुक्त जमिन लगायत हुन् । ती तत्वहरूको उपयुक्त समिश्रण हुने हो भने दिगो निर्माण हुन सक्ने व्यवसायी बताउँछन् । देशमा उपलब्ध निर्माण सामग्रीहरू उपयुक्त र गुणस्तरीय नै भएको व्यवसायीको भनाइ छ ।

‘सस्तो वा महँगो कस्तो राख्ने त्यो उपभोक्ताको रोजाइ हो,’ अग्रवाल भन्छन्, ‘तर देशभित्र रहेका निर्माण सामग्री गुणस्तरीय नै छन् ।’ सिमेन्ट व्यवसायीका अनुसार नेपालमा उत्पादन हुने सिमेन्ट विश्व स्तरका छन् । ग्रेड लेख्न नपाए पनि ओपिसी, पिपिसी जस्ता सिमेन्टबाट बलियो संरचना बनाउन सकिन्छ ।

त्यस्तै, पुनर्निर्माणमा आवश्यक छड उत्पादन गर्न नेपाली उद्योग सक्षम रहेको व्यवसायीको भनाइ छ । बजार मागको आधारमा नेपाली उद्योगले रड दिन सक्ने नेपाल स्टिल रोलिङ मिल एसोसिएसनका अध्यक्ष धु्रबकुमार श्रेष्ठले बताए । देशभित्र झन्डै १६ स्टिल उद्योगहरू रहेका छन् । वार्षिक करिब १६ लाख टन रड उत्पादन गर्ने यी उद्योगका उत्पादन गुणस्तरीय भएको व्यवसायी मात्र होइन उपभोक्ता समेत बताउँछन् । भूकम्पपछि माग उच्च भएर केही रड भारतबाट आयात भए पनि सामान्य अवस्थामा स्वदेशीले नै बजार माग सजिलै धानेको छ ।  

त्यस्तै, बालुवा, गिट्टी, ढुंगा, रोडा जस्ता निर्माण सामग्रीले पनि दिगो निर्माणलाई असर गरिरहेको हुन्छ । देशभित्र उपलब्ध हुने यी सामग्री पनि गुणस्तरीय रहेको व्यवसायीले बताए ।

‘अब हामीले घर बनाउँदा भूकम्प प्रतिरोधात्मक हुने डिजाइन बनाउन आवश्यक छ,’ घिमिरे भन्छन्, ‘निर्माण सामग्रीमा मात्र ध्यान दिँदा अन्य पक्ष कमजोर हुन सक्छन् ।’ दक्ष इन्जिनियरबाट उपयुक्त डिजाइन, नक्सा नबनाउने हो भने कुनै पनि संरचना दिगो नहुने उनको भनाइ छ । इन्जिनियरले घरको डिजाइन, नक्सा, घर निर्माण हुने जमिन र अन्य दक्ष जनशक्तिलाई ख्याल गर्नुपर्ने व्यवसायीले बताए ।

यसको लागि सबैभन्दा पहिला हरेक व्यक्तिमा चेतना आउन आवश्यक छ । ‘घर कस्तो बनाउने भन्नेमा आफैंले सोच्नुपर्छ,’ घिमिरेले भने, ‘उपभोक्तामा यस विषयमा जब ज्ञान हुन्छ त्यसपछि मात्र दिगो निर्माण हुन सक्छ ।’

व्यक्तिगत जागरुकताले व्यक्तिका घर बलिया बन्छन् भने सरकार चनाखो भयो भने देशको निर्माण नै बलियो हुन्छ । बाटो, पुल, सार्वजनिक भवनको दिगो निर्माणमा सरकार नै लाग्नुपर्ने व्यवसायीको भनाइ छ । उपयुक्त मापदण्ड बनाएर सरकारले यसको नेतृत्व गर्न उनीहरुले आग्रह गरे ।
अर्को समाचार
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता : सञ्चारमन्त्री
१९ वैशाख २०८३
•
२ मिनेट पाठ
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता : सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले सुरक्षित, विश्वसनीय, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता भएको बताएका छन्।




आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सुशासन, सेवा प्रवाह, आर्थिक विकास, उद्यमशीलता तथा नागरिक सशक्तीकरणका लागि सूचना प्रविधि अब विकल्प नभई आधारभूत आवश्यकता भएको बताए। उनले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्रियाशील उद्यमी, नवप्रवर्तक, प्राविधिक जनशक्ति, ‘स्टार्टअप’ समुदाय, निजी क्षेत्र, अनुसन्धानकर्ता, विद्यार्थी तथा सम्पूर्ण सरोकारवालामा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

उनले नेपाल सरकार डिजिटल नेपाल निर्माणको लक्ष्यलाई व्यवहारमा उतार्दै सार्वजनिक सेवा प्रणालीलाई थप सरल, पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउने दिशामा अघि बढिरहेको उल्लेख गरेका छन्। 'यसै सन्दर्भमा मन्त्रालयले आगामी दशक–लक्षित दीर्घकालीन सूचना प्रविधि रणनीति निर्माण तथा डिजिटल सार्वजनिक पूर्वाधारको विकासलाई उच्च प्राथमिकतामा राखेको छ, नागरिक ‘एप’लाई थप सुदृढ र प्रभावकारी बनाउँदै नागरिकले राज्यका अत्यावश्यक सेवाहरू एउटै डिजिटल ‘प्लेटफर्म’मार्फत सहज रूपमा प्राप्त गर्न सक्ने व्यवस्था विस्तार गरिँदैछ,' उनले भनेका छन्।

नेपाललाई डिजिटल नवप्रवर्तन, सूचना प्रविधि सेवा, ‘डेटा’ अर्थतन्त्र तथा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने उद्देश्यसहित राष्ट्रिय एआई नीति, राष्ट्रिय ‘साइबर’ सुरक्षा नीति तथा सूचना प्रविधिसम्बन्धी कानुनी तथा संस्थागत संरचनाको सुधारलाई मन्त्रालयले तीव्रता दिएको उनको भनाइ छ।

देशभर उच्च गतिको ‘ब्रडब्यान्ड इन्टरनेट’ विस्तार, सरकारी ‘डाटा सेन्टर’ तथा ‘डिजास्टर रिकभरी’ प्रणालीको सुदृढीकरण, डिजिटल साक्षरता अभिवृद्धि, तथा दक्ष सूचना प्रविधि जनशक्ति उत्पादनमार्फत डिजिटल विभाजन न्यूनीकरण गर्दै डिजिटल समावेशिता सुनिश्चित गर्ने दिशामा सरकार प्रतिबद्ध रहेको उनले बताए। साथै सूचना प्रविधि क्षेत्रलाई रोजगारी सिर्जना, युवा प्रतिभा प्रवर्द्धन, स्टार्टअप विकास तथा राष्ट्रिय अर्थतन्त्रको नयाँ वृद्धि इन्जिनका रूपमा स्थापित गर्ने लक्ष्य लिएको उनको भनाइ छ।

'डिजिटल रूपान्तरण सरकार मात्रको प्रयासले सम्भव हुँदैन। यस अभियानमा निजी क्षेत्र, प्राज्ञिक संस्था, विकास साझेदार, सञ्चारमाध्यम, प्रविधि समुदाय तथा सम्पूर्ण नागरिकको सक्रिय सहकार्य अपरिहार्य छ। समृद्ध, आधुनिक र डिजिटल नेपाल निर्माणको साझा यात्रामा सबैलाई हातेमालो गर्न हार्दिक आह्वान गर्दछु,' मन्त्री तिमिल्सिनाले शुभकामना सन्देशमा भनेका छन्।
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
यो पनि पढौँ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस