मन्त्री श्रेष्ठको निर्देशन कार्यान्वयन होला?
२२ पौष २०७९
•
२ मिनेट पाठ
मन्त्री श्रेष्ठको निर्देशन कार्यान्वयन होला?
उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले पुस ११ गते सपथग्रहण लगत्तै सिंहदबारस्थित मन्त्रालय पुगेर कार्यभार सम्हाले। मन्त्रीको कार्यभार सम्हाल्दै उनले कमीकमजोरी र समस्यालाई समाधान गर्दै अघि बढ्ने प्रण गरे। ‘जहाँ कमजोरी र समस्या छन् तिनलाई त्यहीं सच्चाउँदै अघि बढ्ने हो। समस्या समाधान गर्दै समृद्धिको फड्को मार्ने हो,’ मन्त्री श्रेष्ठले भौतिक मन्त्रालयमा कार्यभार सम्हाल्दै पुस ११ गते भने ‘संविधान, कानुन र नियमअनुसार हुनुपर्ने काम जनताले भनसुन नगरी, घुस नख्वाइकन हुने स्थिति सिर्जना गर्नुपर्छ। त्यसपछाडि मात्रै हामीले परिवर्तन भएको अनुभूति जनतालाई गराउन सक्छौं।’




मन्त्री श्रेष्ठ मन्त्रालयको कार्यभार सम्हालेका दिन त्यतिमा मात्रै सीमित रहेनन्। उनले नेपालको भौतिक पूर्वाधारले यहाँको सामाजिक आर्थिक संरचनामा गुणात्मक फड्को मार्न निर्णायक भूमिका निर्वाह गर्ने पनि बताए। ‘त्यस दिशामा अहिलेसम्म योजनागत काम भएका छन्। त्यसको समीक्षा गरेर हामीले गुणात्मक तीव्रताको साथ अघि बढाउनेछौं’ मन्त्री श्रेष्ठले भने।

मन्त्री श्रेष्ठले भौतिक मन्त्रीको कार्यभार सम्हालेको केही दिन अर्थात् पुस १२ देखि १५ गतेसम्म कार्यालय खुलेका बेलामा पनि मन्त्रालय गएनन्। मन्त्री श्रेष्ठ बरियता क्रम नमिलेको भन्दै मन्त्रालय नगएका हुन्। उनले भने बरियताभन्दा पनि स्वास्थ समस्याको कारणले नगएको स्पष्टीकरण दिइसकेका छन्। मन्त्री श्रेष्ठले पुस १७ गतेदेखि नियमित रूपमा भौतिक मन्त्रालय उपस्थिति भएर कार्यसम्पादन गर्दै आइरहेका छन्।

मन्त्री श्रेष्ठले पुस १७ गते भौतिक पूर्वाधार मन्त्रालयको भवनको अनुगमन गर्र्दै गल्लीहरूमा रहेका फोहोरदेखि शौचालयसम्मको अनुगमन गरे। मन्त्री श्रेष्ठले सोही दिन मन्त्रालयको सचिव महाशाखा प्रमुखहरूसँग मन्त्रालयको योजनाको ब्रिफिङ लिँदै कर्मचारीलाई तोकिएको समयसीमाभित्रै कार्यालयमा उपस्थित हुनेदेखि कार्यालय छोड्दासमेत रेकर्ड राख्नुपर्ने लगायतका निर्देशन दिएका थिए। मन्त्री श्रेष्ठले कुनै पनि फाइल कहाँ कहिले कस्तो अवस्थामा छ रेकर्ड राख्नुपर्ने र फाइल हुने वा नहुने तुरुन्त निर्णय गर्नुपर्ने निर्देशन दिएका थिए।

मन्त्री श्रेष्ठले पुस १९ गते यातायात कार्यालय ठूलो भर्‍याङ र यातायात व्यवस्था कार्यालय (मोसा) गुर्जुधाराको पनि अनुगमन/निरीक्षण गरे। मन्त्री श्रेष्ठले कार्यालय प्रमुखलाई निर्देशन दिँदै भने ‘जनताले धेरै दुःख पाएको गुनासो सुनेको छु, जनताले दुःख पाउनुभएन। जनताको हितमा काम गर्नुस्।’ मन्त्री श्रेष्ठले ४ बजेसम्म हुँदै आएको काम ५ बजेसम्म गर्न र नयाँ लाईसेन्स दिने प्रक्रिया छिटोछरितो ढंगबाट टुंग्याउन निर्देशन दिएका थिए।

‘गुणस्तरीय सेवामा नो कम्परमाईज, नियमपूर्वक काम गर्नुस्’ मन्त्री श्रेष्ठले भने ‘सबैं कर्मचारीको सम्मान र प्रतिष्ठा स्थापित गर्न चाहन्छु। राष्ट्रसेवक कर्मचारीले देश र जनताको सेवा गर्ने हो। कुनै सेवा सुविधा नपुगे, कर्मचारी अपुग भए वा कुनै समस्या भए मलाई भन्नुस् तर जनतालाई दिने सेवा सुविधामा कुनै कमिकमजोरी नहोस्।’
अर्को समाचार
मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ कार्यान्वयन गर्न मन्त्री श्रेष्ठको निर्देशन
१३ फागुन २०८२
•
१ मिनेट पाठ
मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ कार्यान्वयन गर्न मन्त्री श्रेष्ठको निर्देशन
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति, २०८२ को प्रभावकारी कार्यान्वयनका लागि सरोकारवाला निकायहरूलाई निर्देशन दिएकी छन्। 




महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय द्वारा बुधबार मन्त्रालयमै आयोजित ‘मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२’ प्रबोधीकरण कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले नीति निर्माणमा मन्त्रालय र सम्बन्धित निकायहरूको महत्वपूर्ण भूमिका रहेको बताइन्। वर्तमान सरकारले प्राथमिकताका साथ नीति स्वीकृत गरेको बताउँदै उनले अब कार्यान्वयन पक्षमा केन्द्रित हुनुपर्नेमा जोड दिइन्। 

उनले सीमित स्रोतसाधन र प्रक्रियागत जटिलताका कारण मानव बेचबिखनमा परेका नागरिकको उद्धार तथा समन्वयमा कठिनाइ हुने गरेको बताउँदै उद्धार गरिएका महिलाहरू उजुरी गर्न हिचकिचाउने तथा उजुरीपछि सम्पर्कविहीन हुने अवस्था रहेको कारण सहजीकरण गर्नुपर्ने बताइन्। 

मन्त्रालयकी सचिव राधिका अर्यालले नीतिमा धेरै विषय स्पष्ट रूपमा समेटिएको र कार्यान्वयनका लागि आवश्यक ऐन–कानून विद्यमान रहेको बताइन्। ‘सानो तहबाटै कामको सुरुवात गरे ठूलो परिणाम हासिल गर्न सकिन्छ,’ उनले भनिन्।  

सहसचिव आभा श्रेष्ठ ले सबै पक्षसँग समन्वय गरी नीति तयार पारिएको जानकारी दिइन्। सचिवको संयोजकत्वमा मस्यौदा तयार पारेर पारित गरिएको उल्लेख गर्दै ‘चेलिबेटी तथा बालबालिका बेचबिखन तथा देहव्यापार विरुद्धको राष्ट्रिय नीति, २०५२’ कार्यान्वयनमा रहे पनि त्यो अपर्याप्त भएकाले नयाँ नीति ल्याइएको बताइन् ।    
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस