नेपाल लघुवित्त बैंकर्स संघ र लघु वित्तीय संस्था विरुद्धको संघर्ष समिति बिचको विवाद तत्कालका लागि समाधान भएको छ।
लघुवित्त संस्थाले गर्ने लगानीलाई उत्पादनमा आधारित बनाइ किस्ता निर्धारण तथा व्यवसाय जन्य लगानी सुरक्षाको लागि बिमालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने लगायतका १२ बुँदे सहमति भएपछि तत्कालका लागि विवाद समाधान भएको हो।
सहमतिसँगै आन्दोलनका सबै कार्यक्रम स्थगित गर्ने निर्णय भएको लघुवित्त बैंकर्स सङ्घले आज (बुधवार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ।
‘विश्वव्यापी रुपमा फैलिएको कोरोना पछि देशको आर्थिक अवस्था नाजुक बन्दै गएको छ। यस्तो अवस्थामा लघुत्तिको महत्त्वपूर्ण भूमिका हुने देखेर हामी दुवै पक्षले समझदारी पत्रमा हस्ताक्षर गरेका छौँ,’ नेपाल लघुवित्त बैंकर्स संघ समितिका महासचिव रामबहादुर यादवले भने ‘आजबाट हामीले हाम्रो तर्फबाट गर्नुपर्ने कामहरू हामीले गछौँ। उहाँहरूले गरेको आन्दोलनका क्रियाकलाप थिए आजबाट फिर्ता लिएको अवस्था छ।’
पत्रकार सम्मेलनमा सार्वजनिक विज्ञप्तिमा ऋण तिर्न नसकेर आन्दोलनमा लागेका ऋणीहरूको समस्या समाधानका निम्ति आवश्यक पहल गर्ने सहमति भएको उल्लेख गरिएको छ।
लघुवित्त वित्तीय संस्थाहरूले कर्जा प्रदान गर्न बहुबैंकिङ कारोबार नहुने गरी कर्जा सूचना केन्द्रमार्फत जानकारी लिई नेपाल राष्ट्र बैङ्कले जारी गरेको सीमाभित्र रहेर कर्जा प्रवाह गर्न तथा आफ्नो लक्ष हासिल गर्न प्रयोजन वा अन्य प्रयोजनले अनावश्यक कर्जा लिने दबाब नदिने सहमति भएको छ।
लघुवित्त बैंकर्स संघ समितिका महासचिव यादवले लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिई कालो सुचीमा परेका सदस्य, धेरै लघुवित्त वित्तीय संस्थाहरूबाट कर्जा लिई विस्थापित सदस्यहरूको समस्या समाधान गर्ने बताए।
लघुवित्त वित्तीय संस्थाको प्रति शाखा ५ जना विपन्न ग्राहक सदस्यहरूको छोरा/छोरीहरूलाई सरकारी आधारभूत तथा माध्यमिक विद्यालय तहसम्मको छात्रवृत्ति व्यवस्था गर्ने सहमति भएको छ। अहिले लघुवित्त वित्तीय संस्थामा आबद्ध ग्राहक सदस्यहरूले सम्बन्धित वित्तीय संस्थाको दोश्रो बजारबाट सेयर किन्न चाहेमा पहल गरिदने सहमति भएको छ।
लघु वित्तीय संस्था विरुद्धको संघर्ष समितिले गरेको लघुवित्त विरुद्धको सबै किसिमका सङ्घर्षका कार्यक्रमहरू स्थगित गरिने संघर्ष समितिकी उपाध्यक्ष एलिमा मियाले जानकारी दिइन्। ‘सबै लघुवित्तले नराम्रो गरेका पनि छैनन्। कमीकमजोरीलाई सुधार गरेर जानुपर्न भन्ने हो,’ उनले भनिन् ‘आगामी दिनमा कमिकम्जोरी नगर्नुहोला महिला दिदीबहिनीहरूले पनि नगर्नु।’ बैंकका कर्मचारी देख्दा तनिर्सन पर्ने अवस्था रहेको समेत बत्ताइन्।

लघुवित्तहरूको ज्याजति भएको भन्दै उनीहरुले संघर्ष समिति नै गठन गरेर २०७८ चैत १९ बाट बुटवलबाट आन्दोलन सुरु गरेका थिए। लघुवित्त विरुद्ध देशव्यापी आन्दोलन हुन थालेको थियो।अहिलेको असहज स्थितिमा विपन्न तथा ग्रामीण क्षेत्रमा सञ्चालित स–साना व्यवसाय तथा कृषि पेसामा आबद्ध व्यक्तिलाई लघुवित्त वित्तीय संस्थाको लगानीलाई अझ बढी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने उनले बताए।
पत्रकार सम्मेलनमा सार्वजनिक विज्ञप्तिमा ऋण तिर्न नसकेर आन्दोलनमा लागेका ऋणीहरूको समस्या समाधानका निम्ति आवश्यक पहल गर्ने सहमति भएको उल्लेख गरिएको छ।
लघुवित्त वित्तीय संस्थाहरूले कर्जा प्रदान गर्न बहुबैंकिङ कारोबार नहुने गरी कर्जा सूचना केन्द्रमार्फत जानकारी लिई नेपाल राष्ट्र बैङ्कले जारी गरेको सीमाभित्र रहेर कर्जा प्रवाह गर्न तथा आफ्नो लक्ष हासिल गर्न प्रयोजन वा अन्य प्रयोजनले अनावश्यक कर्जा लिने दबाब नदिने सहमति भएको छ।
लघुवित्त बैंकर्स संघ समितिका महासचिव यादवले लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिई कालो सुचीमा परेका सदस्य, धेरै लघुवित्त वित्तीय संस्थाहरूबाट कर्जा लिई विस्थापित सदस्यहरूको समस्या समाधान गर्ने बताए।
लघुवित्त वित्तीय संस्थाको प्रति शाखा ५ जना विपन्न ग्राहक सदस्यहरूको छोरा/छोरीहरूलाई सरकारी आधारभूत तथा माध्यमिक विद्यालय तहसम्मको छात्रवृत्ति व्यवस्था गर्ने सहमति भएको छ। अहिले लघुवित्त वित्तीय संस्थामा आबद्ध ग्राहक सदस्यहरूले सम्बन्धित वित्तीय संस्थाको दोश्रो बजारबाट सेयर किन्न चाहेमा पहल गरिदने सहमति भएको छ।
लघु वित्तीय संस्था विरुद्धको संघर्ष समितिले गरेको लघुवित्त विरुद्धको सबै किसिमका सङ्घर्षका कार्यक्रमहरू स्थगित गरिने संघर्ष समितिकी उपाध्यक्ष एलिमा मियाले जानकारी दिइन्। ‘सबै लघुवित्तले नराम्रो गरेका पनि छैनन्। कमीकमजोरीलाई सुधार गरेर जानुपर्न भन्ने हो,’ उनले भनिन् ‘आगामी दिनमा कमिकम्जोरी नगर्नुहोला महिला दिदीबहिनीहरूले पनि नगर्नु।’ बैंकका कर्मचारी देख्दा तनिर्सन पर्ने अवस्था रहेको समेत बत्ताइन्।
पछिल्लो समय कोरोना महामारीपछि समयमै ऋण तिर्न नसकेर महिलाहरू आन्दोलित भएका थिए।नेपालमा ७७ जिल्लामै लघुवित्तका शाखा रहेका छन्। जसमा ३३ लाख महिला लघुवित्तमा आबद्ध छन्। लघुवित्तको ४ खर्व ५६ अब रुपैयाँ लगानी छ। त्यसमध्ये ७ प्रतिशत ऋणीले नियमित पैसा तिर्न सकेका छैनन्। कात्तिकसम्म ५ लाख ७७ हजार ऋणीको भाका नाघेको छ। लघुवित्तले ८७ प्रतिशत समुहमा लगानी गर्दै आएका छन् भने १३ प्रतिशत धितो कर्जामा लगानी गर्दै आएका छन्।