सामाजिक सुरक्षा कार्यविधि सार्वजनिक
०६ पौष २०७९
•
२ मिनेट पाठ
सामाजिक सुरक्षा कार्यविधि सार्वजनिक
सामाजिक सुरक्षा कोषले अनौपचारिक, स्वरोजगार र वैदेशिक क्षेत्रको सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि सार्वजनिक गरेको छ।




‘असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार भन्ने मूल नाराका साथ स्थापना गरिएको सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए।

उनले औपचारिक क्षेत्रका श्रमिकका लागि सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ कार्यान्वयनमा आए पनि अनौपचारिक र वैदेशिक रोजगारी क्षेत्रमा यो अहिले मात्र कार्यन्वयन भएको बताए।

श्रमिक र स्वरोजगार व्यक्तिका लागि सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९ र वैदेशिक रोजगारमा रहेका श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७९ हालै स्वीकृत भएको छ।

स्वीकृत कार्यविधि अनुसार अनौपचारिक क्षेत्रका श्रमिकले नेपाल सरकारले तोकेको न्युनतम आधारभूत पारिश्रमिकको २० दशमलव ३७ प्रतिशत रकम अर्थात् मासिक रूपमा न्यूनतम १ हजार ९ सय १२ उक्त कोषमा योगदान गरी यस योजनामा सहभागी हुन सक्नेछन्।

त्यस्तै वैदेशिक रोजगारी र विदेशमा स्वरोजगार नागरिकले कम्तीमा आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम (अर्थात् मासिक न्युनतम दुई हजार नौ सय पैंतीस रूपैयाँ) कोषमा योगदान गरी यो सुविधा लिन सक्ने निर्देशक ज्ञवालीले जानकारी गराए। अधिकतम ३ गुणासम्म कोषमा योगदान गरी कार्यविधि बमोजिम सुविधा प्राप्त गर्न सक्ने व्यवस्था रहेको उनले बताए।

कार्यविधिले नियमित रूपमा योगदान गर्ने योगदानकर्तालाई औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्त सुरक्षा योजना, आश्रित परिवार र वृद्ध अवस्था सुरक्षा योजनालगायतका कार्यक्रम सञ्चालनमा ल्याइएको सामाजिक सुरक्षा कोषले जनाएको छ।

सामाजिक सुरक्षा कोषमा आश्रित परिवार सुरक्षा योजनामा काजकिरिया खर्च २५ हजार, आश्रित श्रीमान/श्रीमती आजीवन पेन्सन ४० प्रतिशत र मासिक स्वरोजगारको हकमा औषत तलवको ४० प्रतिशत सुविधाहरू रहेको कोषका निर्देशक ज्ञवालीले बताए। 
अर्को समाचार
आफ्नै मन्त्रालयको कार्यविधि खण्डन गर्दै श्रममन्त्री
०७ चैत्र २०८०
•
३ मिनेट पाठ
आफ्नै मन्त्रालयको कार्यविधि खण्डन गर्दै श्रममन्त्री
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय आफैंले सार्वजनिक गरेको ई– ७ भिसामा कोरिया कामदार पठाउने निर्णय नभएको भन्दै मंगलबार विज्ञप्ति जारी गरेको छ। म्यानपावर कम्पनीले यस भिसामा कामदार पठाउने कार्यविधि सार्वजनिक गरी मन्त्रालयको वेबसाइटमा प्रकाशन भइसकेको थियो।  




मन्त्री डोलप्रसाद अर्यालले आपत्ति जनाएपछि मंगलबारै उक्त कार्यविधिलाई मन्त्रालयले वेबसाइटबाट हटाएको छ। यससम्बन्धी समाचारलाई ‘निराधार’ भन्दै मन्त्रीले आफ्नो बचाउ गर्न खोजे पनि सबै सञ्चारमाध्यमले मन्त्रालयकै वेबसाइट हेरेर समाचार बनाएका थिए।  

म्यानपावरले नेपाली कामदार कोरिया पठाउने कार्यविधि स्वीकृत भएपछि श्रममन्त्री अर्यालले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ई– ७ भिसामा दक्षिण कोरियामा कामदार म्यानपावरले पठाउने कुनै निर्णय नभएको बताएका थिए।

उनका पूर्ववर्ती शरतसिंह भण्डारीको पालामा नेपाली नागरिकलाई दक्षिण कोरियामा सीपयुक्त श्रमिकको रूपमा (ई– ७ भिसा प्रणालीमार्फत) म्यानपावरले श्रमिक पठाउने व्यवस्था गरेको थियो। अहिले उक्त व्यवस्थामा मन्त्रालयले कुनै सम्झौता तथा निर्णय नै नगरेको उनले दाबी गरे।  

‘ई– ७ भिसामा कोरिया पठाउने विषयमा मन्त्रालयको कुनै सम्बन्ध छैन,’ श्रममन्त्री अर्यालले भने, ‘सरकारले जीटुजीबाहेक अन्य विषयमा कुनै सम्झौता नभएकाले त्यसमा कुनै आधिकारिकता छैन।’ मन्त्रालयले ई–७ भिसाको कार्यविधि गत फागुन १७ स्वीकृत गरेको थियो।

अर्यालले श्रम मन्त्रीको पदभार फागुन २३ गते सम्हालेका थिए। उक्त स्वीकृत कार्यविधि मन्त्रालयले गत फागुन २९ गते वेबसाइटमा समेत प्रकाशित गरेको थियो। तर, दक्षिण कोरियाको ई–७ भिसामा म्यानपावरले नेपाली श्रमिक पठाउने कार्यविधि वेबसाइटमा समेत प्रकाशित भएको हुँदा त्यसबारे मन्त्रालयलाई केही जानकार नभएको श्रममन्त्री अर्यालले बताए।

‘ई–७ भिसा प्रणालीअन्तर्गत दक्षिण कोरियामा निश्चित सीपयुक्त नेपाली श्रमिक पठाउन ई–७ भिसा प्रणाली सञ्चालन मापदण्ड पूरा गरेका वैदेशिक रोजगारीको कार्य गर्न अनुमति प्राप्त नेपाली इजाजतपत्र प्राप्त संस्थाहरूले नेपाली श्रमिक पठाउन सक्नेछन्,’ कार्यविधिमा उल्लेख छ।

ई–७ भिसा इपिएसभन्दा फरक हो। कोरियाले निजी क्षेत्र (बिटुबी) मार्फत यो भिसामा श्रमिक लैजान्छ। इपिएस प्रणालीअन्तर्गत जानेले पाउने भिसाको प्रकृति ई– ९ हो। यो भनेको अदक्ष कामदार लैजाने हो। तर, ई– ७ अन्तर्गत भने दक्ष कामदार जानेछन्।

म्यानपावर व्यवसायीले ई– ७ भिसामा आफूहरूले श्रमिक पठाउन पाउनुपर्ने माग भने गर्दै आएका थिए। यसरी मन्त्रालयले नै उक्त स्वीकृत कार्यविधि मन्त्रालयको वेबसाइटमा आएसँगै सामाजिक सञ्जालमा छरपस्ट भएपछि भ्रामक समाचार फैलाएको आरोप श्रममन्त्री अर्यालले लगाएका थिए।

प्रकाशित कार्यविधि अनुसार म्यानपावरले पठाउने भनिए पनि अहिले त्यस विषयमा कुनै निर्णय नभएको र उक्त विषयमा छनबिन गर्न समिति गठन गरेको मन्त्री अर्यालले बताए। त्यसैगरी, जापान र इजरायलमा पनि म्यानपावरमार्फत श्रमिक लैजाने भन्ने विषयमा मन्त्रालयले कुनै निर्णय नगरेको उनले बताए।

‘म्यानपावरमार्फत श्रमिक पठाउने विषयमा कसरी निर्णय भयो यस विषयमा छलफल तथा छानबिन गर्न समिति गठन गरेको छ,’ उनले भने, ‘समितिको कार्यदलले अध्ययन गरेको प्रतिवेदनबाट आउने निष्कर्षले उक्त विषयमा स्पष्ट हुनेछ।’

कार्यविधिअनुसार ई–७ भिसा प्रणालीमार्फत दक्षिण कोरियामा पठाउने कार्यमा सहजीकरण, भाषा तथा आवश्यक पर्ने सीप प्रशिक्षण सञ्चालन गर्न इच्छुक नेपाली संस्था कानुनबमोजिम दर्ता भई सञ्चालनमा रहेको हुनुपर्ने व्यवस्था गरिएको छ।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस