उदयपुर सिमेन्ट उद्योग खुल्दै बन्द हुँदै
२६ मंसिर २०७९
•
३ मिनेट पाठ
उदयपुर सिमेन्ट उद्योग खुल्दै बन्द हुँदै
पछिल्लो समय कोइला अभाव लगायत विभिन्न कारणले बन्द हुँदै खुल्दै गरेको पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) फेरि बन्द भएको छ। कोइला अभाव तथा मेसिन उपकरणमा आउने समस्याले पटकपटक बन्द हुँदै खुल्दै गर्ने उद्योग अघिल्लो साता सुरु भएकोमा फेरि बन्द भएको छ।




दक्षिण एसियाकै राम्रो र नेपालको उत्कृष्ट मानिएको गैंडा छाप सिमेन्ट उत्पादक उसिउलि चालु आर्थिकवर्ष सुरु भएयता कोइला अभाव झेल्दै आएको छ। त्योसँगै मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको चुनावले बन्द भएर गत ९ गते किल्न फाइरिङपछि उत्पादन थालेको उद्योगमा किल्नको इटा खसेपछि ५ दिनयता बन्द भएको बताइएको छ।

उद्योगमा कार्यरत मजदुरहरूका अनुसार पछिल्लो समय धेरै पटक उद्योग बन्द हुँदै खुल्दै गर्ने गरेको छ। कहिले कोइला नभएर, कहिले मेसिन उपकरण बिग्रेर र कहिले अन्य ससाना कारणले उद्योग बन्द हुँदै खुल्दै गरिरहेको उनीहरू बताउँछन्।

दैनिक ८ सय मेट्रिक टन क्लिंकर उत्पादन क्षमताको उद्योग बन्द हुँदा दैनिक लाखौँ रूपैयाँ घाटा हुने गरेको छ भने बन्द हुँदै चलाउँदै गर्दा अझ बढी घाटा हुने मजदुरहरू बताउँछन्।

उनीहरूका अनुसार एकपटक किल्न फाइरिङ गर्दा कम्तीमा ३ देखि ५ लाख हाराहारी खर्च हुन्छ। फाइरिङ गर्दा धेरै खर्च लाग्ने भएकाले ससाना मर्मतसंभार सबै गरेपछि मात्र फायर गर्नसके व्ययभार कम हुन्छ। सामान्य कारणले पनि रोकिने उद्योग चलेको देखाउन पटकपटक फायर गर्नुपर्दा उल्टै घाटा हुने गरेको नाम नबताउने शर्तमा एक कर्मचारीले बताए। उनका अनुसार चालु आर्थिक वर्ष सुरु भए (साउनदेखि)  यता आधा दर्जन पटकभन्दा बढी उद्योग बन्द भइसकेको छ।

साउन आर्थिक वर्ष सुरु र भदौमा केही समय चले पनि दसैँ, तिहार, छठले असोज र कात्तिकमा नचलेको उद्योग मंसिरमा चुनावको बहानाले बन्दको बन्दै भयो। साउन, भदौदेखि नै कोइला अभाव झेल्न बाध्य उद्योगले चाडबाडले पनि कात्तिकसम्म बन्दजस्तै भयो।

साउनमा १४ दिन नचलेको उद्योग भदौमा १० दिन, असोजमा १६ दिन, कात्तिकमा २४ दिन र मंसिर ९ गतेसम्म रोकिएको बताइएको छ। मंसिरमा भने कोइला अभाव र चुनावले बन्द रहेको उद्योग ९ गते फाईरिङ गरेर उत्पादन थालेकोमा ५ दिन चलेपछि १५ गते इटा खसेकाले पुनः बन्द हुन पुगेको हो।

अहिले इटा झरेको किल्नमा मर्मत कार्य भइरहेको जनाइएको छ। किल्नमा इटा लगाउँदा २० मिटर बांगो भएर इटा झरेको प्रारम्भिक अनुमान छ। यकिन कारणबारे भने अझै जानकारी भएको छैन। महाप्रबन्धक (जिएम) गोपीकृष्ण न्यौपानेले वर्षौंअघिको पुरानो किल्न मर्मत गरिराख्नु साटो पुरै फेर्दा राम्रो हुने भन्दै केही समयअघि सो बारे प्रक्रिया अघि बढाउने जानकारी दिएका थिए। त्यही बेला सरकारले सञ्चालक समितिको अध्यक्ष नयाँ नियुक्ति गरेपछि त्यो काम गर्ने जिम्मा नयाँ व्यवस्थापन समिति (बोर्ड) लाई दिएको उनको भनाइ थियो।

जिएम न्यौपानेले नव नियुक्त अध्यक्ष केशव बस्नेत र आपूm बोर्ड बैठक राखेर नयाँ किल्न फेर्ने तथा अन्य पुराना थुप्रै मेसिन उपकरणको पूर्ण मर्मत वा नयाँ खरिद गर्ने भन्ने टुंगो लगाएर खरिद प्रक्रिया अघि बढाउन आवश्यक बजेट अर्थमन्त्रालयमा मागेको जनाएका थिए। उनका अनुसार बजेट अभावले फेर्नैपर्ने अवस्थामा पुगेका थुप्रै पुराना मेसिन उपकरण खरिद गर्न सरकारसँग बजेट मागेको बताएका थिए।

नयाँ किल्न फेर्न सके उद्योग राम्ररी चल्ने प्राविधिकहरूको सुझाव अनुसार गर्न खोजेको तर बजेट अभावले नसकेको उद्योगको भनाइ छ। नयाँ किल्न फेर्न कम्तीमा ४ करोड चाहिने बताइएको छ। नयाँ फेर्न नसकेसम्म पुरानैबाट काम चलाउन नियमित मर्मत सम्भार गर्नुपर्ने तर त्यसो गर्दा खर्च र समय लाग्नुका साथै उद्योग नियमित सञ्चालन हुन नसक्ने समस्या आइरहने प्राविधिक बताउँछन्।

१५ गतेदेखि नै उद्योग बन्द भए पनि त्यसबारे आधिकारिक जानकारी भने दिइएको छैन। घटना पुष्टि गर्न जिएम न्यौपानेसँग सम्पर्क गर्दा हुन सकेन। प्रवक्ता लक्ष्मण पोखरेल र उद्योगले सार्वजनिक सम्पर्क मोबाईल नं. पनि ‘स्वीच अफ’ भएकाले आधिकारिक जानकारी लिन नसकिएको हो। 
अर्को समाचार
उदयपुर सिमेन्ट उद्योग खुल्दै बन्द हुँदै
२० मंसिर २०७९
•
३ मिनेट पाठ
उदयपुर सिमेन्ट उद्योग खुल्दै बन्द हुँदै
उद्योग प्रवेशद्वार। तस्विरः महेश्वर
पछिल्लो समय कोइला अभावलगायत बिभिन्न कारणले बन्द हुँदै खुल्दै गरेको पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) फेरि बन्द भएको छ। कोइला अभाव तथा मेसिन उपकरणमा आउने समस्याले पटक पटक बन्द हुँदै खुल्दै गर्ने उद्योग साता दिनदेखि सुचारु भएकोमा फेरि बन्द भएको हो।




दक्षिण एसियाकै राम्रो र नेपालको उत्कृष्ट मानिएको गैंडा छाप सिमेन्ट उत्पादक उसिउलि चालु आर्थिकवर्ष सुरु भएयता कोइला अभाव झेल्दै आएको छ। त्योसँगै मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको चुनावले बन्द भएर गत ९ गते किल्न फाईरिङपछि उत्पादन थालेको उद्योगमा किल्नको इँटा खसेपछि ५ दिनयता बन्द भएको बताइएको छ। 

उद्योगमा कार्यरत मजदुरहरुका अनुसार पछिल्लो समय धेरै चोटि उद्योग बन्द हुँदै खुल्दै गर्ने गरेको छ। कहिले कोइला नभएर, कहिले मेसिन उपकरण बिग्रेर र कहिले अन्य ससाना कारणले उद्योग बन्द हुँदै खुल्दै  गरिरहेको उनीहरू बताउँछन्। दैनिक ८ सय मेट्रिक टन क्लिंकर उत्पादन क्षमताको उद्योग बन्द हुँदा दैनिक लाखौँ रुपैँया घाटा हुने गरेको छ भने बन्द हुँदै चलाउँदै गर्दा अझ बढी घाटा हुने मजदुरहरू बताउँछन्। 

उनीहरुका अनुसार एक पटक किल्न फाईरिङ गर्दा कम्तीमा ३ देखि ५ लाख हाराहारी खर्च हुन्छ। फाईरिङ गर्दा धेरै खर्च लाग्ने भएकाले ससाना मर्मतसंभार सबै गरेपछि मात्र फायर गर्न सके व्ययभार कम हुन्छ। तर, सामान्य कारणले पनि रोकिने उद्योग चलेको देखाउन पटक पटक फायर गर्नुपर्दा उल्टै घाटा हुने गरेको नाम नबताउने सर्तमा एक कर्मचारीले बताए। उनका अनुसार चालु आर्थिक वर्ष सुरु भए (साउनदेखि) यता आधा दर्जन पटकभन्दा बढी उद्योग बन्द भइसकेको छ। 

साउन आर्थिक वर्ष सुरुवात, भदौमा केही समय चले पनि दसैँ, तिहार, छठले असोज र कात्तिकमा नचलेको उद्योग मंसिरमा चुनावको बहानाले बन्दको बन्दै भयो। साउन, भदौदेखि नै कोइला अभाव झेल्न बाध्य उद्योगले चाडबाडले पनि कात्तिकसम्म बन्दजस्तै भयो। साउनमा १४ दिन नचलेको उद्योग भदौंमा १० दिन, असोजमा १६ दिन, कात्तिकमा २४ दिन र मंसिर ९ गतेसम्म रोकिएको बताइएको छ। मंसिरमा भने कोइला अभाव र चुनावले बन्द रहेको उद्योग ९ गते फाईरिङ गरेर उत्पादन थालेकोमा ५ दिन चलेपछि १५ गते इँटा खसेपछि पुनः बन्द हुन पुगेको हो। 

अहिले इँटा झरेको किल्नमा मर्मत कार्य भइरहेको जनाइएको छ। किल्नमा इँटा लगाउँदा २० मिटर बाङ्गो भएर इँटा झरेको प्रारम्भिक अनुमान छ। तर, यकिन कारणबारे भने आधिकारिक  जानकारी भएको छैन। महाप्रबन्धक ९जिएम० गोपीकृष्ण न्यौपानेले वर्षौँअघिको पुरानो किल्न मर्मत गरिराख्नु साटो पुरै फेर्दा राम्रो हुने भन्दै केही समयअघि सो बारे प्रक्रिया अघि बढाउने जानकारी दिएका थिए। त्यही बेला सरकारले सञ्चालक समितिको अध्यक्ष नयाँ नियुक्ति गरेपछि त्यो काम गर्ने जिम्मा नयाँ व्यवस्थापन समिति (बोर्ड) लाई दिएको उनको भनाई थियो। 

जिएम न्यौपानेले नव नियुक्त अध्यक्ष केशव बस्नेत र आफू बोर्ड बैठक राखेर नयाँ किल्न फेर्ने तथा अन्य पुराना थुप्रै मेसिन उपकरणहरूको पूर्ण मर्मत या नयाँ खरिद गर्ने भन्ने टुङ्गो लगाएर खरिद प्रक्रिया अघि बढाउन आवश्यक बजेट अर्थ मन्त्रालयमा मागेको जनाएका थिए। उनका अनुसार बजेट अभावले फेर्नुपर्ने अवस्थामा पुगेका थुप्रै पुराना मेसिन उपकरणहरू खरिद गर्न सरकारसँग बजेट मागेको बताएका थिए। 

नयाँ किल्न फेर्न सके उद्योग राम्ररी चल्ने प्राविधिकहरूको सुझाव अनुसार गर्न खोजेको तर, बजेट अभावले नसकेको उद्योगको भनाई छ। नयाँ किल्न फेर्न कम्तीमा ४ करोड चाहिने बताइएको छ। नयाँ फेर्न नसकेसम्म पुरानैबाट काम चलाउन नियमित मर्मत सम्भार गर्नुपर्ने तर, त्यसो गर्दा खर्च र समय लाग्नुका साथै उद्योग नियमित सञ्चालन हुन नसक्ने समस्या आर्ईरिरहने प्राविधिक बताउँछन्।  

१५ गतेदेखि नै उद्योग बन्द भए पनि त्यसबारे आधिकारिक जानकारी भने दिइएको छैन। घट्ना पुष्टि गर्न जिएम न्यौपानेसँग सम्पर्क गर्दा हुन सकेन। प्रवक्ता लक्ष्मण पोखरेल र उद्योगले सार्वजनिक सम्पर्क मोबाइल नं। पनि ‘स्विच अफ’ भएकाले आधिकारिक जानकारी लिन नसकिएको हो। 
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस