चितवनमा धान उत्पादनमा वृद्धि
१८ मंसिर २०७९
•
१ मिनेट पाठ
चितवनमा धान उत्पादनमा वृद्धि
जिल्लामा यस वर्ष वर्षे धानको उत्पादन बढेको छ। कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार जिल्लाभर यस वर्ष धान उत्पादन ११ हजार चार सय ८६ मेट्रिक टन बढेको हो।




यस वर्ष २२ हजार नौ सय ७२ हेक्टर क्षेत्रफलमा ९६ हजार चार सय ८२ मेट्रिक टन धान उत्पादन भएको ज्ञान केन्द्रका सूचना अधिकारी मीनबहादुर पुनले बताए। उनका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा सोही क्षेत्रफलमा ८४ हजार नौ सय ९६ मेट्रिक टन धान उत्पादन भएको थियो।

उनका अनुसार गत आवमा प्रतिहेक्टर तीन दशमलव सात मेट्रिक टन धान उत्पादन भएको थियो। यस वर्ष उत्पादन बढेर चार दशमलव दुई पुगेको छ। आव २०७७/७८ मा तीन दशमलव ७९ प्रतिहेक्टर धान उत्पादन भएको थियो।

रोगहरूको प्रकोपमा कमी, कृषकमा व्यवस्थापन र सचेतनाका कारण उत्पादन बढेको केन्द्रले जनाएको छ। उनका अनुसार धान ब्लक कार्यक्रम र कृषकले रासायनिक मलको अभावमा पनि वैकल्पिक माध्यमबाट मलखाद व्यवस्थापन गरेकाले पनि उत्पादन बढेको हो।

जिल्लाका सबै स्थानमा धानखेती हुने भए पनि पूर्वी चितवन, पश्चिम चितवन र माडीलाई पकेट क्षेत्रका रूपमा लिने गरिन्छ। चितवनमा सावा मन्सुली, वार, सावित्री, मोती, गोरखनाथ, जिरामसिना जस्ता जातका धान लगाइने गरिन्छ। रासस
अर्को समाचार
साउन पहिलो हप्तामै ९२ प्रतिशत रोपाइँ
०८ साउन २०७७
•
२ मिनेट पाठ
साउन पहिलो हप्तामै ९२ प्रतिशत रोपाइँ
साउनको पहिलो हप्तामै गत वर्षको यो समयको तुलनामा १८ प्रतिशत बढि रोपाइँ सकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार साउनको ६ गतेसम्ममा कुल रोपाइँ योग्य जमिनको ९१. ६८ प्रतिशत रोपाइँ सकिएको हो । गएको वर्ष साउनको पहिलो हप्ता ६३.७९ प्रतिशत मात्र रोपाइँ सकिएको थियो ।




देशभर कुल १३ लाख ७१ हजार सात सय ६ हेक्टर रोपाइँ योग्य जमिन मध्ये गत मंगलबारसम्म १२ लाख ५७ हजार ६ सय ८ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको मन्त्रालयको तथ्यांक छ । यो समयमा सबै भन्दा बढि धान उत्पादन हुने तराईमा ९४.१७ प्रतिशत रोपाइँ सकिएको छ । तराईमा धान रोपाइँ हुने कुल नौ लाख ७७ हजार चार सय १४ हेक्टर जमिन मध्येका नौ लाख २० हजार तीन सय ८२ हेक्टरमा रोपाइँ सकिएको छ । गत वर्षको यो समयको तुलनामा २४ प्रतिशत बढि रोपाइँ भएको हो । गत वर्ष यो समयमा ६० प्रतिशत मात्र रोपाइँ सकिएको थियो ।

मन्त्रालयका अनुसार मध्य पहाडमा यो अवधिमा ८५.२३ प्रतिशत रोपाइँ सकिएको छ । मध्य पहाडमा रोपाइँ हुने कुल तीन लाख ४३ हजार ९९ हेक्टर मध्येमा दुई लाख ९४ हजार नौ सय ८५ हेक्टरमा रोपाइँ सकिएको छ । त्यस्तै ४८ हजार एक सय ९३ हेक्टर धान उत्पादन हुने उच्च पहाडी क्षेत्रमा जम्मा ८७.६५ प्रतिशत अर्थात ४२ हजार दुई सय ४१ हेक्टर भूभागमा रोपाइँ सकिएको छ ।  

प्रदेशगत तथ्यांकलाई हेर्दा सबैभन्दा बढी प्रदेश नं २ मा ९६.७७ प्रतिशत रोपाइँ योग्य भुभागमा रोपाइँ सकिएको छ । त्यस्तै कर्णाली प्रदेशमा ९६.२३ प्रतिशत रोपाइँ योग्य भूभागमा रोपाइँ भएको छ । सुदुर पश्चिम प्रदेशमा कुल रोपाइँ योग्य भूभागको ९५.४९ प्रतिशत रोपाइँ भएको छ । मन्त्रालयको तथ्यांक अनुसार प्रदेश नं ५ मा ९५.१४ प्रतिशत र गण्डकी प्रदेशमा कुल रोपाइँ योग्य भूभागको ९१.११ प्रतिशत रोपाइँ भएको छ । यो अवधिमा सबैभन्दा कम वाग्मती प्रदेशमा ८२.२२ प्रतिशत र प्रदेश नं १ मा कुल रोपाइँयोग्य जमिनको ८२.४१ प्रतिशत रोपाइँ भएको मन्त्रालयको तथ्यांक छ ।

यो अवधिमा सबैभन्दा धेरै धान उत्पादन हुने प्रदेश २ र ५ का अधिकांश जिल्लमा शत प्रतिशत धान रोपाइँ सकिएको छ । मन्त्रालयको तथ्यांक अनुसार प्रदेश २ का बारा, पर्सा, सप्तरीले शत प्रतिशत रोपाइँ सकाएका छन्, बाँकी जिल्लाको तथ्यांक पनि राम्रो छ । प्रदेश नं २ मा गत वर्ष यो अवधिमा ५० प्रतिशत मात्र रोपाइँ सकिएको थियो । प्रदेश नै ५ का तराइँका जिल्लामा ९७ प्रतिशत रोपाइँ सकिएको छ ।

गत वर्ष यो अवधिमा ६० प्रतिशत मात्र रोपाइँ भएको थियो । प्रदेश ५ का बर्दिया, रुपन्देही, नवलपरासीमा शत प्रतिशत रोपाइँ सकिएको छ ।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस