सरकारले चालु आर्थिक वर्षको चार महिनामा पूर्वाधारलक्षित पुँजीगत बजेटको ७ प्रतिशत मात्रै खर्च गरेको छ। सरकारले चालु आवको ४ महिनाको अवधिमा पनि न्यून मात्रामा मात्रै विकास गरेको हो। सरकारले चालु आर्थिक वर्षको लागि तीन खर्ब ८० अर्ब पुँजीगत बजेट विनियोजन गरेको थियो।
सरकारले अहिलेसम्म पुँजीगत खर्चतर्फ २६ अर्ब ५७ करोड रूपैयाँ मात्रै खर्च गरेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार मंसिर ६ गतेसम्मको तथ्यांक अनुसार पुँजीगत बजेटको ७.०४ प्रतिशत मात्रै खर्च भएको देखाएको छ।
पुँजीगत बजेटको सबैभन्दा धेरै हिस्सा खर्च गर्ने सरकारी निकाय सडक विभागले पनि चालु आर्थिक वर्षको चार महिनाको अवधिमा पर्याप्त पुँजीगत खर्च नभएको जनाएको छ। सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले चालु आर्थिक वर्षको चार महिनाको अवधिमा उत्साहजनक रूपमा पुँजीगत खर्च नभएको बताए।
‘यो अवधिको खासै पुँजीगत खर्च भएको छैन’ उनले भने, ‘जुन आयोजनामा खर्च गर्नुपर्ने हो। सो आयोजनामा बजेट छैन। अहिले निर्माणाधीन नागढुंगा सुरुङमार्गमा मुआब्जा र भ्याट तिर्नसमेत बजेटको अभाव देखिएको छ।’
महानिर्देशक थापाले निर्माण व्यवसायीले पनि पैसा अभाव देखाउँदै काम नगर्ने चेतावनी दिँदै आइरहेका छन्। ‘विदेशी कम्पनीले निर्माण गर्दै आइरहेको आयोजनामा काउन्टर पार्टको रूपमा राख्ने रकमको पनि अभाव हुँदै आइरहेको छ,’ उनले भने, ‘नेपालीले स्रोतको रूपमा राख्ने पैसाको पनि अभाव भइरहेको छ।
यी आयोजनामा ९२ प्रतिशत विदेशी र ८ प्रतिशत मात्रै स्वदेशी हुने भएकाले पनि समस्या भइरहेको छ।’ विभागका अनुसार अर्थ मन्त्रालयले पनि दोस्रो त्रैमासिकको पनि स्रोतको फुकुवा नगराएको कारणले पनि समस्या भइरहेको जनाएको छ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह सरकारले मूल्यवृद्धि र तरलताको अभावको कारणले पनि चालु आर्थिक वर्षको चार महिनामा पुँजीगत खर्च हुन नसकेको बताए। ‘अहिले वित्तीय संकटको कारणले पनि निर्माण व्यवसायीले निर्माण सामग्री खरिद गर्न सक्ने अवस्थामा छैनन।
अर्काेतर्फ बैंक तथा वित्तीय सस्थाले पनि सरल रूपमा कर्जा लगानी गर्न सक्ने हैसियतमा पनि छैनन्। त्यसैले पनि अहिलेको संकट देखा परेको हो,’ उनले भने, ‘गत कात्तिकदेखि वर्षायाम सकिए पनि पूर्वाधार निर्माणको कामले गति लिन सकेको छैन। यस्तै अवस्था रहिरहने हो भने चालु आवमा पनि सोचेजस्तो पुँजीगत खर्च हुने देखिदैन।’
पुँजीगत बजेट खर्च नहुनु भनेको विकास निर्माणका कामको गति कम हुनु हो। सरकारी निकायहरूले बहु वर्षे आयोजनामा पर्याप्त मात्रामा बजेट खर्च गर्न सकेको छैनन्। राष्ट्रिय गौरवमा सूचीकृत आयोजनाको अवस्था पनि उस्तै छ। विकासे अड्डाको रूपमा चिनिने सडक विभागले पनि चालु आर्थिक वर्षमा पर्याप्त मात्रामा पुँजीगत बजेट खर्च गर्न सकेको छैन।
सरकारले चालु आर्थिक वर्षको चार महिनामा चालु, पुँजीगत र वित्तीय व्यवस्थापनतर्फ गरेर १७ खर्ब ९३ अर्ब रूपैयाँ बजेट विनियोजन गरेको थियो। चालु आवको चार महिनाको अवधिमा भने तीन खर्ब ५६ अर्ब रूपैयाँ खर्च भएको छ। सरकारले यो चालु आवको चार महिनाको अवधिमा १९.८७ प्रतिशत खर्च गरेको हो। सरकारले नियमित (चालु खर्च) खर्चतर्फको शीर्षकमा चार महिनाको अवधिमा २ खर्ब ८६ अर्ब रूपैयाँ खर्च गरेको छ।
त्यसैगरी वित्तीय व्यवस्थापनतर्फ ४३ अर्ब ४१ करोड रूपैयाँ खर्च भएको छ। सरकारले चालु आर्थिक वर्षमा १७ खर्ब ९३ अर्ब खर्च गर्ने लक्ष्य राखेको छ। अहिले कुल लक्ष्यको १९.८७ प्रतिशत मात्रै खर्च भएको छ। सरकारी निकायहरू खर्च गर्नमा मात्र होइन, राजस्व संकलनमा पनि चुकेको छ।
सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ५८ अर्ब रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। यो चार महिनामा सरकारले सबै शीर्षकमा गरी २ खर्ब ९८ अर्ब रूपैयाँ राजस्व संकलन गरेको छ। यो वार्षिक लक्ष्यको २०.७४ प्रतिशत हो। सरकारले अहिलेसम्म २ खर्ब ९८ अर्ब रूपैयाँ कर राजस्व उठाएको छ। चालु आर्थिक वर्षमा कर राजस्व शीर्षकमा १२ खर्ब ९५ अर्ब रूपैयाँ संकलन गर्ने लक्ष्य छ।
अहिलेसम्म यो शीर्षकमा भने २ खर्ब ५२ अर्ब रूपैयाँ अर्थात् लक्ष्यको १९.५ प्रतिशत मात्रै संकलन गरेको छ। सरकारले गैरकरतर्फ चालु आवमा एक खर्ब ७ अर्ब रूपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ। चार महिनाको अवधिमा भने लक्ष्यको २०.९१ प्रतिशत अर्थात् २२ अर्ब ५३ करोड रूपैयाँ मात्रै संकलन गरेको छ। सरकारले चालु आर्थिक वर्षमा अनुदान शीर्षकमा ५५ अर्ब ४५ करोड रूपैयाँ प्राप्त हुने लक्ष्य राखेको थियो। चार महिनामा लक्ष्यको ६.१६ प्रतिशत प्रतिशत अनुदान आएको छ। यस अवधिमा तीन अब ४१ करोड रूपैयाँ अनुदान आएको छ।