११ महिनामा भित्रिए साढे १० लाख पर्यटक, भारतीयको संख्या उच्च
०१ पौष २०८२
•
२ मिनेट पाठ
११ महिनामा भित्रिए साढे १० लाख पर्यटक, भारतीयको संख्या उच्च
सन् २०२५ को ११ महिनामा साढे १० लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्।




नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०२५ को जनवरीदेखि नोभेम्बरसम्म (२०८१ पुस १७ देखि २०८२ मंसिर १४ गतेसम्म) को अवधिमा १० लाख ६० हजार २६९ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन्।

पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्माका अनुसार यो अवधिमा विभिन्न १० देशबाट उल्लेख्य संख्यामा पर्यटक आएका छन्।

कुन देशबाट कति ?

नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै छिमेकी मुलुक भारतका नागरिक छन्। ११ महिनाको अवधिमा भारतबाट २ लाख ६२ हजार ३४५ जना पर्यटक नेपाल आएका छन्।

यसैगरी, अमेरिकाबाट १ लाख ५ हजार २३९, चीनबाट ८६ हजार ८००, बेलायत (युके) बाट ५४ हजार ४५० र बंगलादेशबाट ५० हजार ९४० जना पर्यटक आएका छन्।

यस्तै, अस्ट्रेलियाबाट ४४ हजार ३७७, श्रीलंकाबाट ३६ हजार ९६८, जर्मनीबाट २८ हजार ९७५ र थाइल्यान्डबाट २५ हजार ८२४ जना पर्यटक नेपाल भित्रिएका छन्।

तथ्यांकमा उल्लेख गरिएका प्रमुख १० देशमध्ये सबैभन्दा कम फ्रान्सबाट २३ हजार ५०२ जना पर्यटक आएको देखिन्छ।

पर्यटन आगमनको यो तथ्यांक अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.४ प्रतिशतले बढी हो। सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजार ५२० जना पर्यटक आएका थिए।

मासिक तुलना गर्दा, सन् २०२५ को नोभेम्बर महिनामा मात्रै १ लाख १६ हजार ५५३ जना पर्यटक नेपाल आएका छन्। जुन सन् २०२४ को नोभेम्बर (१ लाख १४ हजार ४९६) को तुलनामा १.८ प्रतिशतले बढी हो।

‘जेनजी आन्दोलन’ का बाबजुद सुधार

बोर्डका प्रवक्ता शर्माले विभिन्न देशमा आयोजित पर्यटन मेलामा नेपालको सहभागिता र प्रवर्द्धनात्मक कार्यक्रमले पर्यटक आगमनमा वृद्धि भएको बताए।

उनले भने, ‘जेनजी आन्दोलनका कारण आगमनमा केही असर परेको भए पनि हामीले नेपालका महत्त्वपूर्ण गन्तव्यहरूबारे सामाजिक सञ्जालमार्फत प्रचारप्रसारलाई तीव्रता दिएका छौं, जसले गर्दा संख्यामा वृद्धि भइरहेको छ।’

पर्यटन बोर्डले कूटनीतिक नियोगहरूसँगको समन्वय र डिजिटल मार्केटिङलाई प्राथमिकता दिएको छ।

आन्दोलन अगावै बोर्डले कूटनीतिक नियोगका प्रतिनिधिलाई पर्यटकीय स्थलको अवलोकन गराउनुका साथै प्रवर्द्धनबारे छलफल गरेको शर्माले जानकारी दिए।

बोर्डले हाल ८ वटा प्रमुख पर्यटकीय गन्तव्यहरू (काठमाडौं दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, बौद्ध स्तुपा, ठमेल, स्वयम्भू, पोखरा लेकसाइड र चितवनलगायत) बाट विशेष दिनहरूमा सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण (लाइभ) गर्दै आएको छ।

साथै, विभिन्न एयरलाइन्सहरूसँग सहकार्य गर्दै र मुख्य गन्तव्यहरूमा होर्डिङ बोर्डहरू राखेर प्रचारप्रसारको काम भइरहेको बोर्डले जनाएको छ।
अर्को समाचार
पर्यटक आगमनः खस्कियो भारतीयको आगमन
१७ असोज २०८१
•
३ मिनेट पाठ
पर्यटक आगमनः खस्कियो भारतीयको आगमन
यो सेप्टेम्बरमा नेपालमा हवाई यात्रामार्फत ९६ हजार ३ सय ५ जना विदेशी पर्यटक भित्रिए। पर्यटन बोर्डका अनुसार सन् २०२४ को सेप्टेम्बर महिनामा भित्रिएको विदेशी पर्यटकको यो संख्या अहिलेसम्मकै बढी हो। अघिल्ला वर्षका सेप्टेम्बर महिनाको आगमनलाई पछाडि पार्दै यो पटक नयाँ रेकर्ड कायम गरेको पर्यटन बोर्डको भनाई छ।  




सन् २०२३ मा नेपालमा सेप्टेम्बरमा ९१ हजार १२ जना पर्यटक भित्रिएका थिए। पोहोरको तुलनामा यो सेप्टेम्बरमा झन्डै ६ प्रतिशत बढी विदेशी नेपाल भित्रिएको पर्यटन बोर्डको भनाई छ। नेपालमा सबैभन्दा बढी विदेशी पर्यटक भित्रिएको २०१९ मा हो। सन् २०१९ मा नेपालमा सबैगरि ११ लाख ९७ हजार विदेशी पर्यटक भित्रिएका थिए । २०१९ को सेप्टेम्बरमा नेपालमा ९२ हजार ६ सय ४ जना विदेशी पाहुना भित्रिएका थिए।  

पर्यटन बोर्डका निर्देशक मणि लामिछाने भन्छन, ‘सरकारले नेपाल भित्रिएका विदेशी पर्यटकको तथ्यांक राख्न थालेदेखि सेप्टेम्बरमा भित्रिएका पाहुनाको आकार यो पटक सर्वाधिक हो। सेप्टेम्बरको मात्र तथ्यांक हेर्दा यो पटक रेकर्ड ब्रेक भएको छ।’

बोर्डका अनुसार कोरोना भाइरस संक्रमणका कारण अघिल्ला वर्षको आगमन प्रभावित भएको थियो। सन् २०२२ को सेप्टेम्बरमा भने नेपालमा ५८ हजार ३ सय १४ जना विदेशी पाहुना भित्रिएका थिए। त्यो संख्या २०२१ को सेप्टेम्बरमा ९ हजार ९ सय ७ थियो। २०२० सेप्टेम्बरमा ५८४ जना मात्र विदेशी पाहुना नेपाल भित्रिएका थिए।  

‘यो पटक यूरोपियन र अमेरिकी पाहुना बढेका छन। भारतीय र चिनियाँ पाहुना घटिरहँदा पनि आगमनको आकार निकै नै बढेको छ,’ उनले भने, ‘अमेरिकी र यूरोपियन मुलका पाहुना भित्रिँदा त्यसको लाभ समग्र नेपाली अर्थतन्त्रलाई हुन्छ।’ 
यो सेप्टेम्बरमा नेपाल भित्रिएका यूरोपियन मुलका पाहुनाको संख्या १७ हजार १ सय ४ छ। यो संख्या अघिल्लो सेप्टेम्बरमा १५ हजार २ सय ७६ थियो। अघिल्लो सेप्टेम्बरमा भन्दा यो पटक १२ प्रतिशत बढी यूरोपियन पाहुना भित्रिएको उनले बताए।

तथ्यांक अनुसार अमेरिकी पाहुनाको संख्या पनि यो पटक बढेको छ। यो सेप्टेम्बरमा नेपालमा ११ हजार ५ सय ४९ जना अमेरिकी मूलका पाहुना भित्रिए। जबकी यो संख्या अघिल्लो सेप्टेम्बरमा ८ हजार ४ सय ७३ थियो। अघिल्लो सेप्टेम्बरको तुलनामा यो सेप्टेम्बरमा ३६ प्रतिशत बढी अमेरिकी मूलका पाहुना नेपाल भित्रिएको पनि लामिछानेले बताए।  

नेपालमा यो वर्ष अहिलेसम्म (जनवरी–सेप्टेम्बर) मा ८ लाख १६ हजार विदेशी पर्यटक भित्रिएका छन्। नौ महिना अवधिमा नेपालमा ८ लाख १६ हजार ६ सय ३९ जना विदेशी भित्रिएका छन्। नेपालमा सन् २०२४ को जनवरीमा ७९ हजार १ सय विदेशी पाहुना भित्रिएका थिए। त्यो संख्या फेब्रुअरीमा ९७ हजार ४ सय २६ थियो। मार्चको आगमन संख्या १ लाख २८ हजार १ सय ६७ थियो।  

अप्रिलको आगमन भने १ लाख ११ हजार ३ सय ७६ रहेकोमा मे महिनामा ९० हजार २ सय ११ जना विदेशी पाहुना नेपाल भित्रिएका थिए। जुन महिनामा नेपाल भित्रिने विदेशी पाहुनाको संख्या ७६ हजार ७ सय ३६ थियो। जुलाईको आगमन ६४ हजार ५ सय ९९ हुँदा अगष्टको आगमन भने ७२ हजार ७ सय १९ रहेको थियो। सेप्टेम्बरमा ९६ हजार ३ सय ५ जना विदेशी नेपाल भित्रिए। सरकारले यो आर्थिक वर्ष १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ।

भारतीयको आगमनमा गिरावट

भारतीय पाहुना आगमनमा भने यो पटक ठूलो गिरावट आएको छ। त्यस्तै चिनियाँ पाहुनाको आगमन पनि पोहोरको तुलनामा घटेको बोर्डका निर्देशक लामिछानेले बताए। लामिछानेका अनुसार २०२३ को सेप्टेम्बरमा २८ हजार ६ सय ९४ जना भारतीय पर्यटक नेपाल भित्रिएका थिए। तर, त्यो आगमनमा २० प्रतिशत कम हुने गरि यो सेप्टेम्बर २२ हजार ९ सय ८४ जना भारतीय पाहुना भित्रिएको उनले बताए।  

‘नेपालमा भएका घटनाक्रम, हवाई र सडक दुर्घटनाले गर्दा भारतीय पाहुनाको आगमन खस्केको हो,’ उनले भने, ‘भारतीय पर्यटकको आगमनमा निकै सुधार भईरहेको थियो। तर, यो पटक खस्कियो।’ गत अगष्टमा भन्दा पनि अहिले भारतीय पाहुना घटेका छन। गत अगष्टमा नेपालमा २५ हजार ८ सय ३२ जना भारतीय पाहुना आएका थिए। त्यो संख्या घटेर अहिले २२ हजार ९ सय ८४ मा झरेको छ।  

त्यस्तै चिनियाँ पाहुनाको आगमन पनि प्रभावित छ। चिनियाँको आगमन २०२३ को सेप्टेम्बरमा ८ हजार १ सय ७४ थियो। तर, अगष्टमा केही घटेर ८ हजार ४२ मा झरेको छ। ‘चिनियाँको भन्दा पनि भारतीयको आगमन बढी प्रभावित छ। भारतीय पाहुनाको आगमनमा छोटो समयमै सुधार हुन्छ भने गिरावट हुँदा पनि धेरै लामो समय लाग्दैन। सानातिना घटनाबाट प्रभावित हुन्छ,’ लामिछानेले भने।
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५४ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस