इनड्राइभप्रति ड्राइभरको विश्वास र भरोसा बढाउन ०.०१ प्रतिशत कमिसन क्याम्पेन
०४ चैत्र २०८२
•
६ मिनेट पाठ
इनड्राइभप्रति ड्राइभरको विश्वास र भरोसा बढाउन ०.०१ प्रतिशत कमिसन क्याम्पेन
नेपालमा विभिन्न राइड सेरिङ कम्पनीहरूले सेवा दिइरहेका छन्। सार्वजनिक यातायात सेवा व्यवस्थित हुन नसकेको अवस्थामा पछिल्लो समय ‘इनड्राइभ’ले यात्रुहरूलाई सेवा दिँदै आएको छ। यात्रुहरू माझ लोकप्रिय ‘इनड्राइभ’ ले विभिन्न समयमा यात्रु तथा ड्राइभर लक्षित विभिन्न योजना ल्याउने गरेको छ। ‘इनड्राइभ’ ले ड्राइभरलाई लक्ष्य गरेर ०.०१ प्रतिशत कमिसन क्याम्पेन (अभियान) सञ्चालन गरिरहेको छ। ०.०१ प्रतिशत कमिसन क्याम्पेन के हो? यो अभियानबाट इनड्राइभका ड्राइभर पार्टनर्सले कसरी फाइदा लिन सक्छन्? ‘इनड्राइभ’ ले ड्राइभर, यात्रुको सुरक्षामा कसरी काम गरिरहेको छ? भावी योजना के छन्? र यस अभियानको उद्देश्य के हो भन्ने विषयमा  केन्द्रित रही इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुश्री सुनिता जिमी राईसँग नागरिककर्मी दिलीप पौडेलले गरेको कुराकानीको सम्पादित अंशः




इनड्राइभले सञ्चालन गरेको ०.०१ प्रतिशत कमिसन क्याम्पेन र नेपालमा यसलाई सुरु गर्नुको मुख्य उद्देश्य के हो?

इनड्राइभको ०.०१ प्रतिशत कमिसन क्याम्पेन ‘ड्राइभर–फस्र्ट’ अवधारणामा आधारित पहल हो। यस क्याम्पेनअन्तर्गत प्रत्येक राइडमा ड्राइभर पार्टनरबाट०.०१ प्रतिशत मात्र सेवा शुल्क लिइन्छ। यसको मुख्य उद्देश्य ड्राइभर पार्टनरहरूको आम्दानी वृद्धि गर्नु हो। यसले गर्दा इनड्राइभमा आबद्ध चालकहरूले आफ्नो कमाइको ठूलो हिस्सा आफैंसँग राख्न सक्नुहुन्छ।

यो क्याम्पेनले इनड्राइभका ड्राइभर पार्टनर्सको आम्दानी र प्रेरणामा कस्तो प्रभाव पार्ने अपेक्षा गरिएको छ?

इनड्राइभका लागि ड्राइभर पार्टनरहरू हाम्रो सेवाको केन्द्रमा हुनुहुन्छ। यो क्याम्पेन उहाँहरूको आम्दानी वृद्धि गर्ने उद्देश्यले ल्याइएको हो। यसले उहाँहरूमा थप उत्साह र सकारात्मक सन्देश प्रवाह गरेको छ। न्यून  सेवा शुल्क संरचनाका कारण दैनिक काम गर्दा उहाँहरू अझ बढी प्रेरित हुनु भएको छ। किनभने आफ्नो आम्दानीको अत्यन्त न्यून हिस्सा मात्र सेवा शुल्कका रूपमा तिर्नुपर्ने हुन्छ। यसले इनड्राइभ प्लेटफर्मप्रति उहाँहरूको विश्वास समेत मजबुत बनाएको छ।

इनड्राइभले ०.०१ प्रतिशत सेवा शुल्क लागु गर्दा कम्पनीको दीर्घकालीन दिगोपन  कसरी सुनिश्चित हुन्छ?

यो अभियान विशेषगरी ड्राइभर पार्टनरलाई लक्षित गरेर ल्याइएको हो। यसले उहाँहरूमा प्रेरणा र सकारात्मक संलग्नता बढाएको छ। यस्ता पहलहरू हामीले समय–समयमा सञ्चालन गर्दै आएका छौं, जसले इनड्राइभप्रतिको विश्वास र भरोसा मजबुत बनाउँछ।

हामी यसलाई नाफा आर्जनसँग जोडेर होइन, कम्पनीको जिम्मेवारीका रूपमा हेर्छौं, जहाँ प्राथमिकता समाजलाई गुणस्तरीय सेवा प्रदान गर्नु हो। दीर्घकालीन रूपमा विश्वास निर्माण भएपछि व्यवसायमा स्थायित्व र दिगोपन सुनिश्चित गर्न यसले महत्त्वपूर्ण भूमिका खेल्छ।

यो पहल इनड्राइभको रोजाइको स्वतन्त्रता भन्ने मूल अवधारणासँग कसरी जोडिएको छ?

इनड्राइभको रोजाइको स्वतन्त्रता अवधारणाअनुसार हाम्रो प्लेटफर्ममा ड्राइभर र यात्रु दुवैले आफ्ना सर्तअनुसार निर्णय लिन सक्नुहुन्छ। यात्रुले आफ्नो गन्तव्यका लागि आफूलाई उपयुक्त लागेको ड्राइभर र मूल्य छनोट गर्न सक्नुहुन्छ भने ड्राइभरले पनि आफूलाई उचित लागेको राइड स्वीकार वा अस्वीकार गर्ने स्वतन्त्रता पाउनुहुन्छ। यसरी दुवै पक्षलाई पारदर्शी र लचिलो विकल्प प्रदान गर्दै पारस्परिक सहमतिमा आधारित राइड सुनिश्चित गर्ने व्यवस्था इनड्राइभमा छ। यसले हाम्रो ‘रोजाइको स्वतन्त्रता’ भन्ने मूल अवधारणालाई प्रत्यक्ष रूपमा प्रतिविम्बित गर्छ।

राइड–सेयरिङ कम्पनी बजारमा धेरै छन्। प्रतिस्पर्धा छ। अहिले चलाएको अभियानले कस्तो प्रभाव र परिवर्तन ल्याउला?

बजारको अवस्थाअनुसार इनड्राइभले समय–समयमा विभिन्न अभियान सञ्चालन गर्दै आएको छ । त्यस्ता अभियानले व्यावसायिक प्रतिस्पर्धा मात्र नभएर सामाजिक जिम्मेवारीलाई पनि सुदृढ बनाएको छ। अहिले सञ्चालन भएको अभियानले यातायात क्षेत्रमा सकारात्मक उदाहरण स्थापित गर्ने, ड्राइभर–केन्द्रित दृष्टिकोणलाई प्रवद्र्धन गर्ने तथा स्वच्छ र निष्पक्ष प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने अपेक्षा छ। साथै यसले समग्र राइड–सेयरिङ इकोसिस्टममा विश्वास र सन्तुलन बढाउन पनि योगदान पु¥याउनेछ।

नेपालमा रहेका पार्टनर ड्राइभरहरूलाई निरन्तर सहयोग र सशक्त बनाउन इनड्राइभले भविष्यमा के–कस्ता योजना बनाएको छ?

हाल इनड्राइभले पार्टनर ड्राइभरहरूका लागि विभिन्न क्याम्पेनसँगै सुरक्षा, ट्राफिक सचेतना, मानसिक स्वास्थ्य र वित्तीय साक्षरता सम्बन्धी तालिमहरू सञ्चालन गर्दै आएको छ। साथै उहाँहरूको क्षमता विकास गर्दै आम्दानी वृद्धि गर्ने उपायबारे पनि जानकारी प्रदान गरिन्छ। यससँगै सुरक्षित यात्रा अभ्यास, बिमा दाबी प्रक्रिया तथा एप प्रयोगसम्बन्धी ज्ञानलाई थप सुदृढ बनाउने हाम्रो लक्ष्य छ। आगामी दिनमा पनि सुरक्षा र वित्तीय सशक्तीकरणलाई प्राथमिकतामा राख्दै ड्राइभर–केन्द्रित कार्यक्रमहरू विस्तार गर्ने योजना रहेको छ।

इनड्राइभले रोजगारी वृद्धि र सुरक्षा प्राथमिकतालाई कसरी ध्यान दिनेभएको छ?

हाल इनड्राइभले दिगोपना र निरन्तरतालाई ध्यानमा राख्दै विशेषगरी विद्यार्थी लक्षित रोजगारीका अवसरहरू विस्तार गरेको छ। अध्ययनका लागि बाहिरबाट आउने विद्यार्थीहरूले पढाइसँगै इनड्राइभमार्फत आम्दानी पनि गर्न सक्ने वातावरण सिर्जना गरिएको छ। साधन नभएका तर लाइसेन्स भएका ड्राइभरहरूलाई विभिन्न साझेदारसँग जोडेर बाइक वा ट्याक्सी सञ्चालन गर्ने अवसर प्रदान गर्दै आयआर्जनको बाटो खुला गरिएको छ। यससँगै सुरक्षित सञ्चालन अभ्यास र ड्राइभर–केन्द्रित पहलमार्फत रोजगारी सिर्जनासँगै सुरक्षालाई पनि समान रूपमा प्राथमिकता दिइएको छ।

इन्ड्राइभका प्रयोगकर्ता र राइडरको रेस्पोन्स कस्तो पाउनुभएको छ?

हामीले प्रयोगकर्ता र ड्राइभर पार्टनर दुवैबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरेका छौं र प्लेटफर्मलाई व्यापक रूपमा रुचाइएको छ। इनड्राइभको ‘रोजाइको स्वतन्त्रता’ अवधारणाअनुसार यात्रु र ड्राइभर दुवैले आफ्ना सर्तअनुसार राइड तय गर्न सक्ने सुविधा पाउनुहुन्छ। एपमार्फत सजिलै दर्ता भई ड्राइभरले अनलाइनबाट आवश्यक कागजात पेश गरेर सेवा सुरु गर्न सक्नुहुन्छ भने यात्रुले आफ्नो गन्तव्यका लागि आफूलाई उपयुक्त लागेको मूल्यमा यात्रा गर्न सक्नुहुन्छ। यही लचिलो र पारदर्शी प्रणालीले सकारात्मक अनुभव र विश्वास निर्माण गर्न सहयोग गरेको छ।

इनड्राइभले सेवा विस्तारमा के योजना बनाएको छ?

इनड्राइभ हाल काठमाडौं, भरतपुर र पोखरा लगायत तीन प्रमुख सहरमा सञ्चालन भइरहेको छ। आगामी दिनमा देशका अन्य प्रमुख सहरहरूमा सेवा विस्तार गर्ने योजना रहेको छ।

राइड–सेयरिङमा कानुनी र नीतिगत झन्झटहरू के छन्? स्थायी सरकार पनि आउँदैछ। कस्ता नीतिगत व्यवस्था भए सेवा विस्तार, रोजगारी सिर्जना र यो क्षेत्र अझै व्यवस्थित गर्न सहयोग पुग्छ?

राइड–सेयरिङ क्षेत्रलाई दीर्घकालीन रूपमा व्यवस्थित गर्न स्पष्ट र स्थिर नियामक मार्गदर्शन आवश्यक देखिन्छ। नीति निर्माण गर्दा विज्ञ तथा सरोकारवालासँगको परामर्शलाई प्राथमिकता दिनु महत्त्वपूर्ण हुन्छ। यस्तो स्पष्ट नीतिगत व्यवस्था भएमा देशमै रोजगारीका अवसर सिर्जना गर्न, युवालाई स्वदेशमै आयआर्जनका विकल्प प्रदान गर्न तथा गिग इकोनोमीको विकासलाई थप गति दिन सहयोग पुग्नेछ। साथै यसले सेवा विस्तार र समग्र क्षेत्रलाई व्यवस्थित तथा विश्वसनीय बनाउन पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ।
अर्को समाचार
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
१४ मिनेट अघि
•
१ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुस्ताङ। मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 




मुक्तिनाथ विकास समिति कोषमा चालु आव २०८३/०८४ को पहिलो चार महिनामा रसिद र दान पेटिकामार्फत उक्त रकम सङ्कलन भएको सङ्कलन भएको हो।

समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार चालु आवको पहिलो चार महिनामा रसिद र दान पेटिकामा समेत गरी नेपाली रु २६ लाख ५९ हजार ५५७ र भारु  ११ लाख ७९ हजार ५४७ कोषमा जम्मा भएको थियो। उनका अनुसार भक्तजनले स्वेच्छिक रुपमा रु १०० भन्दा बढी चन्दा दिन चाहेमा रसिद काटेर उक्त सहयोग सङ्कलन गरिँदै आएको छ।

त्यस्तै १०० भन्दा कम दिन चाहना राख्नेलाई चन्दा बाकसमा स्वेच्छिक रुपमा दान गर्न सक्ने व्यवस्था  गरिएको छ। चालु वर्षको साउनदेखि कात्तिकसम्म भक्तजनले रसिदमार्फत प्रदान गरेको रु १७ लाख ५८ हजार ५६२ र भारु तीन लाख ९२ हजार ६८७ सङ्कलन भएको छ। मन्दिरमा नेपाली र भारतीयबाहेक १० राष्ट्रका मुद्रा रसिदमार्फत सहयोग र दान पेटिकामा जम्मा भएको छ।

व्यवस्थापक भुसालका अनुसार चालु आवको यस अवधिमा अमेरिकी डलर ८०२, अष्ट्रेलियन डलर २७०, थाइभाट ४४०, युएइ दिराम १०२५, क्यानेडियन डलर ७०, मलेसियन रिङ्गेट १२३, बेलायती पाउण्ड २१, ओमन रियल पाँच, युरो एक र युआन १३० भेटी सङ्कलन भएको छ।

समितिका अनुसार, गत आर्थिक २०८२/०८३ सम्म कोषमा रु ११ करोड ७६ लाख ३३ हजार १९१ मौज्दात छ। उक्त चन्दा रकम कोषको कृषि विकास बैंक, नेपाल बैंक माछापुच्छ्रे बैंक, प्रभु बैंक र साङ्ग्रिला बैंकमा रहेको खातामा जम्मा हुने गरेको छ।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
यो पनि पढौँ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस