झापा, मोरङ, सुनसरी तथा इलाममा रबरको नर्सरी स्थापना गर्न एनआरएनएको सुझाव
१३ साउन २०८३
•
२ मिनेट पाठ
झापा, मोरङ, सुनसरी तथा इलाममा रबरको नर्सरी स्थापना गर्न एनआरएनएको सुझाव
गैरआवासीय नेपाली संघ (एनआरएनए)को प्रतिनिधिमण्डलले  कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग भेट गरी कृषि क्षेत्रको आधुनिकीकरण, ज्ञान तथा प्रविधि हस्तान्तरण, विषयगत विज्ञहरूको परिचालन तथा रबरमा आधारित बहुविविध कृषि–वन प्रणाली विकासका विषयमा छलफल गरेको छ।




भेटका क्रममा संघका उपाध्यक्ष तथा ज्ञान, सीप तथा प्रविधि हस्तान्तरण विभाग प्रमुख डा. ज्ञानेन्द्र रेग्मीले आगामी विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ मा कृषि क्षेत्रका लागि छुट्टै विषयगत सत्र आयोजना गरी विश्वभर रहेका नेपाली कृषि विज्ञ, अनुसन्धानकर्ता तथा सरोकारवालाबीच ज्ञान, प्रविधि र अनुभव आदानप्रदान गर्ने योजना रहेको जानकारी  दिए ।

सो अवसरमा डा रेग्मीले झापा, मोरङ, सुनसरी तथा इलामको दक्षिणी क्षेत्रमा रबरमा आधारित बहुविविध कृषि–वन प्रणाली  अन्तर्गत समुदायमा आधारित रबर नर्सरी तथा प्रदर्शन केन्द्र स्थापना गर्ने परियोजनाको अवधारणापत्र प्रस्तुत गरे। परियोजनामार्फत गुणस्तरीय बिरुवा उत्पादन, किसानको क्षमता अभिवृद्धि, रोजगारी सिर्जना, वातावरण संरक्षण तथा आगामी १० वर्षभित्र करिब २० हजार हेक्टर क्षेत्रमा व्यावसायिक रबर खेती विस्तार गर्ने दीर्घकालीन राष्ट्रिय मार्गचित्र कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो।

उपाध्यक्ष तथा गैरआवासीय नेपाली कल्याण विभाग प्रमुख एवं नागरिकता निरन्तरता समितिकी संयोजक रोजिना प्रधान राईले कृषि क्षेत्र एनआरएनएको प्राथमिकतामा रहेको उल्लेख गर्दै, विद्यमान नीति तथा कानुनी व्यवस्थाका कारण विदेशमा रहेका नेपाली कृषि विज्ञहरू नेपाल आएर काम गर्न व्यावहारिक कठिनाइ भोग्नुपरेको  बताइन् ।  

उपमहासचिव कृष्ण पोखरेलले विश्वभर रहेका नेपाली क्षेत्रगत विज्ञहरूको पहिचान गरी उनीहरूको ज्ञान, सीप र अनुभवलाई नेपालको कृषि आधुनिकीकरण, उत्पादन वृद्धि तथा दिगो विकास अभियानसँग जोड्नुपर्ने आवश्यकतामा जोड दिए ।

प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतले संघले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै कृषि विभाग नै स्थापना गरेको जानकारी दिए । उनले विश्वभर रहेका नेपाली कृषि विज्ञहरूको ज्ञान, सीप र अनुभवलाई नेपालको कृषि क्षेत्रसँग जोड्दै आधुनिक, व्यवसायिक र दिगो कृषि विकासमा योगदान पुर्‍याउने उद्देश्यका साथ विभागले विभिन्न कार्य योजना तयार गरिरहेको बताए ।

जवाफमा मन्त्री गीता चौधरीले कृषि क्षेत्रको विकासका लागि विषयगत नेपाली विज्ञहरूको पहिचान र परिचालन अत्यन्त आवश्यक रहेको बताउँदै एनआरएनएको विश्वव्यापी सञ्जालमार्फत यस्ता विज्ञहरूको विवरण संकलन गरी सरकारलाई नीतिगत योजना निर्माण तथा कार्यक्रम कार्यान्वयनमा सहयोग गर्न आग्रह गरिन्। उनले कृषि क्षेत्रमा प्रविधि हस्तान्तरण, नवप्रवर्तन, अनुसन्धान तथा अन्तर्राष्ट्रिय अनुभवलाई नेपालको आवश्यकता अनुसार उपयोग गर्न सरकार र एनआरएनएबीच थप सहकार्य आवश्यक रहेको उल्लेख  गरिन् ।

भेटमा कृषि क्षेत्रको दिगो विकास, जलवायु–मैत्री कृषि प्रणाली, लगानी प्रवर्द्धन तथा ज्ञान र प्रविधि हस्तान्तरणमार्फत नेपालको कृषि क्षेत्रलाई थप प्रतिस्पर्धी, आधुनिक र उत्पादनमुखी बनाउने विषयमा समेत विस्तृत छलफल भएको थियो।
अर्को समाचार
‘सहयात्रा–२०२६’ लाई भव्य बनाउने तयारी, रोड सो ग्रुपसहित विभिन्न संस्था साझेदार
२१ घण्टा अघि
•
२ मिनेट पाठ
‘सहयात्रा–२०२६’ लाई भव्य बनाउने तयारी, रोड सो ग्रुपसहित विभिन्न संस्था साझेदार
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ लाई भव्य र उपलब्धिमूलक बनाउने तयारी तीव्र पारिएको छ। मध्यपूर्वमा रहेका नेपालीहरूको एकता, श्रमिकका समस्या, सामाजिक सुरक्षा तथा नेपालको आर्थिक समृद्धिमा प्रवासी नेपालीको योगदानलाई केन्द्रमा राखेर आयोजना हुन लागेको सम्मेलनमा विभिन्न व्यावसायिक संस्था तथा व्यक्तिहरू साझेदारका रूपमा जोडिएका छन्।




सम्मेलनमा रोड सो ग्रुप नेपाल को–इभेन्ट पार्टनर बनेको छ। समूहका निर्देशक सागर गुरुङले प्रवासी नेपालीको साझा अभियानलाई सहयोग गर्ने उद्देश्यले सम्मेलनसँग सहकार्य गरिएको जनाउँदै आगामी दिनमा पनि एनआरएनएसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

एनआरएनए मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठले सम्मेलनलाई सफल बनाउन निजी क्षेत्रबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको बताएका छन्। उनका अनुसार व्यवसायी, उद्यमी, समाजसेवी तथा प्रवासी नेपालीबीचको सहकार्यले सम्मेलनलाई व्यवस्थित बनाउनुका साथै यसले उठाउने मुद्दालाई थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ।

रियल इस्टेट, हाउजिङ, केबलकार, जलविद्युत्, निर्माण, लगानी तथा औद्योगिक क्षेत्रमा सक्रिय रोड सो ग्रुपअन्तर्गत विभिन्न कम्पनी तथा व्यावसायिक परियोजनाहरू सञ्चालनमा छन्। समूहले आफ्नो व्यावसायिक अनुभव र स्रोतलाई प्रवासी नेपालीको सामाजिक तथा आर्थिक अभियानसँग जोड्ने उद्देश्यले सम्मेलनमा साझेदारी गरेको जनाएको छ।

सम्मेलनमा नेपालका सभामुख डीपी अर्याल प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ। श्रममन्त्री रामजी यादव, प्रमुख राजनीतिक दलका सांसद, एनआरएनएका संस्थापक तथा पूर्वअध्यक्ष, उद्योगी, व्यवसायी, पत्रकार र कलाकारहरूको समेत सहभागिता रहने बताइएको छ।

आयोजकका अनुसार सम्मेलनलाई औपचारिक जमघटमा मात्र सीमित नराखी मध्यपूर्वमा रहेका नेपालीका साझा समस्या, सम्भावना र नेपालको समृद्धिका विषयमा ठोस छलफल तथा सहकार्यको साझा मञ्च बनाउने लक्ष्य राखिएको छ।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३१ सेकेन्ड अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
यो पनि पढौँ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस