नेपाल-बेलायत आर्थिक साझेदारी फोरम २०२६ सम्पन्न, दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर
२१ असार २०८३
•
४ मिनेट पाठ
नेपाल-बेलायत आर्थिक साझेदारी फोरम २०२६ सम्पन्न, दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर
लन्डनस्थित नेपाली दूतावासले “व्यापार, लगानी, प्रविधि र आउटसोर्सिङमार्फत नेपाल–बेलायत आर्थिक साझेदारीको प्रवर्द्धन' भन्ने मूल नारासहित नेपाल–बेलायत आर्थिक साझेदारी फोरम २०२६ शुक्रबार दूतावास परिसरमा भव्य रूपमा आयोजना गरेको छ।




सम्मेलनमा  दुईवटा छुट्टाछुट्टै समझदारीपत्रमा हस्ताक्षर गरिएको छ। पहिलो सम्झौता बेलायतको वेस्ट लन्डन चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघ बीच तथा दोस्रो सम्झौता वेस्ट लन्डन चेम्बर अफ कमर्स र नेपाल–ब्रिटेन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीबीच सम्पन्न भयो। वेस्ट लन्डन चेम्बर अफ कमर्सका तर्फबाट सीईओ  एलेन राइड्स र डेपुटी चेयर डा. रेनु राजले हस्ताक्षर गरेका थिए भने नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डे र नेपाल–ब्रिटेन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष डा. रोशन राठीले काठमाडौंबाट भर्चुअल माध्यमबाट हस्ताक्षर गरेका थिए।

यी सम्झौताहरूको उद्देश्य द्विपक्षीय व्यापारिक सम्बन्धलाई सुदृढ बनाउने, व्यापार तथा लगानीका अवसरहरूको प्रवर्द्धन गर्ने, र दुवै देशका निजी क्षेत्रबीच सहकार्य तथा व्यापारिक सञ्जाल विस्तार गर्ने रहेको छ। दूतावासले दुई देशका निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याएर आपसी सहकार्यका सम्भावना पहिचान गर्न यस पहलको सुरुवात गरेको जनाएको छ।

कार्यक्रममा सहभागीहरूलाई स्वागत गर्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीले पछिल्ला वर्षहरूमा नेपाल–बेलायत आर्थिक सम्बन्धमा आएको तीव्रता उल्लेख गर्दै नेपाली बजारमा लगानी विस्तार गर्न व्यवसायी समुदायलाई आह्वान गरे। उनले दोहोरो कर हटाउने सम्बन्धी सम्झौताबारे  छलफल भइरहेको उल्लेख गर्दै यी समझदारीपत्रहरूले व्यापार र लगानीका नयाँ अवसरहरू खोल्ने विश्वास व्यक्त गरे।

परराष्ट्र मन्त्री  शिशिर खनालले आफ्नो भिडियो सन्देशमा नेपाल सरकारले अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन, वैदेशिक लगानी आकर्षण, पर्यटन विस्तार, प्रविधि हस्तान्तरण, रोजगारी सिर्जना तथा विश्वव्यापी मूल्य श्रृंखलामा नेपाललाई अझ सुदृढ रूपमा समेट्ने प्रतिबद्धता व्यक्त गरे। उनले जलविद्युत, नवीकरणीय ऊर्जा, पर्यटन, कृषि, पूर्वाधार, उत्पादन, सूचना प्रविधि तथा डिजिटल सेवाजस्ता प्राथमिक क्षेत्रमा बेलायती लगानी स्वागतयोग्य रहेको उल्लेख गरे।

नेपालका लागि ब्रिटिश सर्वदलीय संसदीय समूहकी अध्यक्ष तथा सांसद एलेक्स बेकरले नेपाललाई केवल विकास सहयोग प्राप्त गर्ने देशको रूपमा नभई आर्थिक साझेदारका रूपमा हेर्नुपर्ने बताइन्। उनले दुई देशबीचको सम्बन्ध केवल ऐतिहासिक आधारमा मात्र सीमित नरही व्यापार, लगानी, शिक्षा, प्रविधि र उद्यमशीलतामा आधारित व्यावहारिक सहकार्यमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे।

नेपालका लागि बेलायती राजदूत रोब फेनले लगानी, विशेषज्ञता र साझेदारीका विभिन्न पक्षहरूमा चर्चा गर्दै दुवै सरकारले दिगो वित्त, डिजिटलाइजेशन, स्थानीय नेतृत्व, व्यापार प्रवर्द्धन र जनस्तरको सम्बन्ध सुदृढीकरणमा सहकार्य गर्नुपर्नेमा जोड दिए। उनले आर्थिक गतिविधिलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता पनि औंल्याए।

राष्ट्रिय योजना आयोगका सदस्य डा. पुकार मल्लले भर्चुअल माध्यमबाट मन्तव्य दिंदै दिगो आर्थिक वृद्धि, लगानी प्रवर्द्धन र विश्वव्यापी साझेदारीका लागि नेपालको दृष्टिकोण प्रस्तुत गरे। उनले 'मल्टिप्लायर राष्ट्र' को अवधारणालाई अघि सार्दै नेपालको विकासलाई तीव्रता दिन कार्यान्वयनयोग्य प्रणाली, मापनयोग्य परिणाम र विश्वासिलो साझेदारी आवश्यक रहेको बताए।

कार्यक्रममा लगानी बोर्ड नेपालको कार्यालयबाट विस्तृत प्रस्तुति गरिएको थियो। साथै बेलायती अन्तर्राष्ट्रिय लगानी संस्था, यूके एक्सपोर्ट फाइनान्स, व्यापार तथा व्यवसाय विभाग लगायत विभिन्न सरकारी निकायका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

फोरममा व्यापार, लगानी र डिजिटल अर्थतन्त्रसम्बन्धी रणनीतिक छलफलहरू सञ्चालन गरिएका थिए। बजार पहुँच, लगानी सहजता, कृत्रिम बुद्धिमत्ता, प्रविधि नवप्रवर्तन, आउटसोर्सिङ, व्यावसायिक सेवा र व्यापारिक सहकार्यका विषयमा गहन विमर्श भएको थियो। सहभागीहरूले नीतिगत स्पष्टता, संस्थागत सहकार्य, दक्ष जनशक्ति विकास र सरकार तथा निजी क्षेत्रबीच निरन्तर संवादको आवश्यकता औंल्याएका थिए।

फोरममा १५० भन्दा बढी नीति निर्माता, सांसद, व्यवसायी, लगानीकर्ता, प्रविधि विशेषज्ञ, चेम्बर प्रतिनिधि, उद्यमी तथा नेपाली डायस्पोराका सदस्यहरूको सहभागिता रहेको थियो।

फोरमको पूर्वसन्ध्यामा ब्रिटेन नेपाल चेम्बर अफ कमर्सले दूतावासमा रात्रिभोज कार्यक्रम आयोजना गरी व्यवसायी तथा लगानीकर्ताहरूबीच अन्तरक्रिया गराएको थियो।

आफ्नो समापन मन्तव्यमा कार्यवाहक राजदूत  विपिन दुवाडीले सबै वक्ता, सहभागी र आयोजकहरूलाई धन्यवाद दिँदै नेपाल–बेलायत आर्थिक सम्बन्धलाई थप मजबुत बनाउन दूतावास निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त ग रेका थिए।

कार्यक्रमको  अन्त्यमा नेटवर्किङ सत्र तथा व्यवसायीहरुबीच  भेटघाट आयोजना गरिएको थियो, जसले नयाँ साझेदारी र भविष्यका अवसरहरूको पहिचानमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ। कार्यक्रमको  सञ्चालन दूतावासका द्वितीय सचिव  संजोग राईले गरेका थिए।
अर्को समाचार
‘सहयात्रा–२०२६’ लाई भव्य बनाउने तयारी, रोड सो ग्रुपसहित विभिन्न संस्था साझेदार
२१ घण्टा अघि
•
२ मिनेट पाठ
‘सहयात्रा–२०२६’ लाई भव्य बनाउने तयारी, रोड सो ग्रुपसहित विभिन्न संस्था साझेदार
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ लाई भव्य र उपलब्धिमूलक बनाउने तयारी तीव्र पारिएको छ। मध्यपूर्वमा रहेका नेपालीहरूको एकता, श्रमिकका समस्या, सामाजिक सुरक्षा तथा नेपालको आर्थिक समृद्धिमा प्रवासी नेपालीको योगदानलाई केन्द्रमा राखेर आयोजना हुन लागेको सम्मेलनमा विभिन्न व्यावसायिक संस्था तथा व्यक्तिहरू साझेदारका रूपमा जोडिएका छन्।




सम्मेलनमा रोड सो ग्रुप नेपाल को–इभेन्ट पार्टनर बनेको छ। समूहका निर्देशक सागर गुरुङले प्रवासी नेपालीको साझा अभियानलाई सहयोग गर्ने उद्देश्यले सम्मेलनसँग सहकार्य गरिएको जनाउँदै आगामी दिनमा पनि एनआरएनएसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

एनआरएनए मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठले सम्मेलनलाई सफल बनाउन निजी क्षेत्रबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको बताएका छन्। उनका अनुसार व्यवसायी, उद्यमी, समाजसेवी तथा प्रवासी नेपालीबीचको सहकार्यले सम्मेलनलाई व्यवस्थित बनाउनुका साथै यसले उठाउने मुद्दालाई थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ।

रियल इस्टेट, हाउजिङ, केबलकार, जलविद्युत्, निर्माण, लगानी तथा औद्योगिक क्षेत्रमा सक्रिय रोड सो ग्रुपअन्तर्गत विभिन्न कम्पनी तथा व्यावसायिक परियोजनाहरू सञ्चालनमा छन्। समूहले आफ्नो व्यावसायिक अनुभव र स्रोतलाई प्रवासी नेपालीको सामाजिक तथा आर्थिक अभियानसँग जोड्ने उद्देश्यले सम्मेलनमा साझेदारी गरेको जनाएको छ।

सम्मेलनमा नेपालका सभामुख डीपी अर्याल प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ। श्रममन्त्री रामजी यादव, प्रमुख राजनीतिक दलका सांसद, एनआरएनएका संस्थापक तथा पूर्वअध्यक्ष, उद्योगी, व्यवसायी, पत्रकार र कलाकारहरूको समेत सहभागिता रहने बताइएको छ।

आयोजकका अनुसार सम्मेलनलाई औपचारिक जमघटमा मात्र सीमित नराखी मध्यपूर्वमा रहेका नेपालीका साझा समस्या, सम्भावना र नेपालको समृद्धिका विषयमा ठोस छलफल तथा सहकार्यको साझा मञ्च बनाउने लक्ष्य राखिएको छ।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
यो पनि पढौँ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस