नेपाल पत्रकार महासंघ जापान शाखाको पाँचौं अधिवेशन सम्पन्न
२० कार्तिक २०७९
•
१ मिनेट पाठ
नेपाल पत्रकार महासंघ जापान शाखाको पाँचौं अधिवेशन सम्पन्न
नेपाल पत्रकार महासंघ जापान शाखाको पाँचौं अधिवेशनले शान्त पहरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ। शाखाको आईतबार सम्पन्न अधिवेशनबाट १६ मत प्राप्त गरी पहरी अध्यक्षमा निर्वाचित भएका हुन्।




अध्यक्षका प्रत्यासीहरु पुर्ण बहादुर चलाउने, कवि किरण न्यौपाने र दिपक गौतमले क्रमशः ६, ११, १४ मत प्राप्त गरेका थिए। त्यसैगरी, अधिवेशनबाट उपाध्यक्षमा रविन्द्र श्रेष्ठ निर्वाचित भएका छन्। उपाध्यक्षमा विजेता श्रेष्ठले १८ मत पाउँदा उपविजेता गोकर्ण अधिकारीले १७ मत प्राप्त गरेका थिए भने विनोद कुमार सापकोटाले ११ मत पाएका थिए।

यसैगरी, महिला उपाध्यक्षमा ईन्दिरा खनाल निर्विरोध चयन भएकी छिन्। महिला उपाध्यक्षमा खनालको एकल उम्मेद्वारि परेको थियो। सचिवमा राजन गौतम निर्विरोध निर्वाचित हुँदा सह सचिव समावेशी तर्फ सजिना मोक्तान र सह सचिव खुल्ला तर्फ विश्वास आचार्य निर्विरोध निर्वाचित भएका छन्। कोषाध्यक्षमा अर्जुन लामिछाने निर्विरोध चयन भएका छन्।

यसैगरी, सदस्यहरुमा लक्ष्मि पौडेल, कृष्ण प्रसाद अधिकारी, विकास लम्साल, भुपेन्द्र केसी, विष्णु प्रसाद सापकोटा,दुबल सिंह, गुरुग प्रेमश र फुर्वा शेर्पा निर्वाचित भएका छन् भने जापानबाट केन्द्रीय प्रतिनिधिका लागि मनिषा चौलागाई र राजविन थापालाई सर्वसम्मत चयन गरिएको छ। नवनिर्वाचित पहरी फोनिज जापानका संस्थापक अध्यक्ष समेत हुन्। संचारकर्ममा निकै सक्रिय रहँदै आएका उनि जापानबाट सञ्चालित मातृसन्देश डटकमका प्रधान सम्पादक हुन्।
अर्को समाचार
पत्रकार महासंघ भक्तपुरको अधिवेशन सम्पन्न
२६ जेष्ठ २०८१
•
२ मिनेट पाठ
पत्रकार महासंघ भक्तपुरको अधिवेशन सम्पन्न
नेपाल पत्रकार महासंघ, भक्तपुर शाखाको नवौँ अधिवेशन तथा साधारणसभा सम्पन्न भएको छ ।प्रेस युनियन, भक्तपुरको बहिष्कारका बीच पनि शाखाको अधिवेशन सम्पन्न भएको हो।




साधारणसभाको आज उद्घाटन गर्दै सांसद दुर्लभ थापाले राजनीतिक दलभन्दा माथि उठेर नैतिकताका आधारमा पत्रकारिता गर्नुपर्ने बताए। उनले वास्तविक पत्रकार ओझेलमा परिरहेको वर्तमान अवस्थामा पत्रकारले सत्यतथ्य समाचार सम्प्रेषण गरी प्रतिस्पर्धामा आउनुपर्नेमा जोड दिए।  

लोकतान्त्रिक गणतन्त्रमा कुनै अप्ठ्यारो आएमा पत्रकारितामार्फत सुल्झाउनुपर्ने धारणा राख्दै सांसद थापाले हरेक समाचारमा सन्तुलन कायम गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य देवेन्द्र श्रेष्ठले दैनिक हजारौँको सङ्ख्यामा वैदेशिक रोजगारीमा जाने युवालाई रोक्न सञ्चारमाध्यमले सकारात्मक सन्देश प्रवाह गर्नसक्नुपर्ने बताए। जनतालाई सचेत गराउने वर्ग पत्रकार भएकाले पत्रकारिताको धर्म निर्वाह गर्दै सकारात्मक सोच आउने किसिमका समाचार सम्प्रेषण गर्नुपर्नेमा उनले जोड दिए।

राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष एवं पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाले पत्रकार महासङ्घ समस्याबाट नभाग्ने भन्दै आइपर्ने समस्या समाधान गर्दै अघि बढ्न तयार रहेको बताए । देशभरका करिब १३ हजार पत्रकारबाट शुद्धीकरण गरी सातरआठ हजार पुर्‍याउनु आफैँमा चुनौतीपूर्ण काम भएको उनले बताए ।

सांसद थापाले माथवरसिंह बस्नेतलाई वरिष्ठ पत्रकार सम्मान, पूर्णभक्त दुवाललाई स्व भगवान् राजकुमार महर्जन स्मृति पुरस्कार, चन्द्रकला क्षेत्री भगवतीलाई गृहस्थी महिला पत्रकारिता पुरस्कार र कृष्णप्रसाद नेपाललाई स्व मैयादेवी शिल्पकार स्मृति पुरस्कारबाट सम्मान गरेका थिए।

मध्यपुरथिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, भक्तपुर उद्योग वाणिज्य सङ्घका महासचिव नवीन प्रजापति, प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष माथवरसिंह बस्नेत, पत्रकार महासङ्घका केन्द्रीय प्रतिनिधि वविन शर्मा, ज्ञानप्रसाद पौडेल, ललिता शाह, उपत्यका प्रदेशका अध्यक्ष श्रीजन झा, काठमाडौँ शाखा अध्यक्ष सूर्य सुवेदी, ललितपुर शाखा अध्यक्ष सागर न्यौपानेलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले अधिवेशन र साधारणसभाको सफलताको शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा भक्तपुरको पत्रकारिता बुलेटिनको विशेष अतिथिबाट विमोचन भएको थियो ।
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस