प्रवासी नेपालीलाई गिजोल्दै नेपाली कांग्रेस
०८ साउन २०७८
•
४ मिनेट पाठ
प्रवासी नेपालीलाई गिजोल्दै नेपाली कांग्रेस
१४ औँ महाविधेशनको तयारीमा रहेको नेपाली कांग्रेसले विदेशमा रहेका नेपालीहरुको सद्धभावलाई खलबल्याउने प्रयास गरेको छ। विदेशमा रहेका नेपाली संघ संगठनमाथि ठाडो हस्तक्षेप गर्दै नेपाली कांग्रेसले प्रवासी नेपालीहरुलाई गुट, उपगुट र विभाजनको मार्गमा हिँड्न प्रेरित गरेको हाे। 




प्रवासी नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) को  अक्टोबरमा हुने १० औं महाधिवेशनलाई प्रभाव पार्ने उद्देश्यले नेपाली कांग्रेसका केन्द्रीय नेताहरु समेत जुम (भर्चुअल) मार्फत आयोजना हुने बैठकमा सहभागी भएर गैरआवासीय नेपाली संघको निर्वाचनमा लोकतान्त्रिक समूहलाई जिताउन लागि परेका छन्।

गैरआवासीय नेपाली संघको १८ वर्षको ऐतिहासमा नेपाली कांग्रेसका नेताहरु स्वयं उपस्थित भएर पार्टीको प्यानलै घोषणा गर्ने प्रचलनको सुरुवात गरेपछि गैरआवासीय नेपाली संघले आपत्ति जनाएको छ। आगामी हप्ता हुने गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको निर्वाचनमा उठेका कांग्रेस समर्थक समूहको उम्मेदवारी घोषणासभाका कांग्रेसका केन्द्रीय नेताहरु एनपी साउद, धनराज गुरुङ, सरोज थापालगायतले सम्बोधन गर्दै लोकतान्त्रिक उम्मेदवारहरुलाई विजयी गराउन उर्दी जारी गरेका थिए।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियामा नेपाली कांग्रेसका नेताहरुको सहभागितामा संघको नेतृत्वको लागि प्यानल नै घोषणा गरेपछि गैरआवासीय नेपाली संघले आपत्ति जनाएको थियो। अष्ट्रेलियामा नेपाली कांग्रेसले हस्तक्षेप गरेपछि संघका अध्यक्ष कुमार पन्तले तत्कालै एक पत्रमार्फत् सो कार्यक्रमको निन्दा गरेका थिए। पन्तले संघका सबै राष्ट्रिय समितिहरुलाई पत्र लेख्दै कुनै पनि राजनीतिक दलको तर्फबाट समूह बनाई राजनीतिक दलका प्रतिनिधिमार्फत् समर्थन वा घोषणा गराई निर्वाचनमा भाग लिन प्रतिबन्धित रहेको स्मरण गराएका थिए।  

संघले राजनीतिक दलको समूह बनाई राष्ट्रिय महाधिवेशनको निर्वाचनमा सहभागी भएको पाइएमा त्यस्ता समूहलाई मान्यता नदिने चेतावनी समेत दिएका थिए। संघको विधानले जातीय, धार्मिक र राजनीतिक दलमा संलग्न पदाधिकारीलाई एनआरएनएभित्र प्रवेश निषेध गरेको छ।  

पन्तले पत्र जारी गरेको दुई हप्ता नपुग्दै नेपाली कांग्रेसले संघको केन्द्रीय निर्वाचनसमेत प्रभाव पार्ने गरी पार्टीका तर्फबाट औपचारिक पत्र जारी गर्दै गैरआवासीय नेपाली संघको निर्वाचनमा ठाडो हस्तक्षप गरेको छ। नेपाली कांग्रेसको तर्फबाट महामन्त्री पूर्णबहादुर खड्काले विदेशस्थित पार्टीको भ्रातृ संस्था नेपाली जनसम्पर्क सम्पर्क समितिका सभापतिहरुलाई श्रावण ७ गते (२१ जुलाई) एक पत्र जारी गर्दै एनआरएनएको उद्देश्य र गैरआवासीय नेपाली साथीहरुको भावना अनुरुप संस्थालाई सफल र गतिशील बनाउन लोकतन्त्रवादीको नेतृत्व आवश्यक रहेको जिकिर गरेका छन्।  

पार्टीले पत्रमा विश्वभरिका लोकतन्त्रवादीहरुको नेतृत्व सुनिश्चित गर्नको लागि एकताबद्ध भएर संघको राष्ट्रिय निर्वाचनमा लोकतन्त्रवादी समूहलाई विजयी गराउन आब्हान गरेको छ। पार्टीले गैरआवासीय नेपाली संघको महाधिवेशनलाई विशेष महत्व दिएर आवश्यक समन्वय गरेको पत्रमा उल्लेख छ। नेपाली जनसम्पर्क समितिका प्रमुख नेताहरुले नेपाली कांग्रेसको पछिल्लो पत्रले प्रवासी नेपाललाई समेत विभाजन गर्ने भन्दै आपत्ति जनाएका छन्। नेपाली कांग्रेसका एक आमन्त्रित केन्द्रीय सदस्यका अनुसार पार्टीको पत्रलाई विदेशस्थित नेपाली जनसम्पर्क समितिका सभापतिहरुले समेत गलत भन्दै सो पत्रको अवज्ञा गर्ने चेतावनी दिएका छन्।  

उनले पार्टीका केही पदाधिकारीलाई गलत सल्लाह दिएका कारण सो पत्र जारी भएको बताउँदै पार्टीको पछिल्लो कदमले गैरआवासीय नेपालीबीच पार्टीको छवि धमिल्याउने खेल भएको बताए। 'गैरआवासीय नेपाली संघको निर्वाचनमा पार्टी हस्तक्षेप अस्वीकार्य छ,' उनले भने।

नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रतिष्ठानको अन्तर्राष्ट्रिय संयोजक गंगाधार गौतमले महामन्त्रीद्वारा जारी पत्र अस्पष्ट भएको बताए। उनले भने, 'पार्टी कार्यकर्तालाई तिक्तता मेटाएर मिलेर जाउ भन्न मिल्छ तर एनआरएनए निर्वाचनमा लोकतान्त्रिक गठबन्धन गर्न ह्वीप जारी गर्नु गलत हो।' उनले नेपाली कांग्रेसको परिपत्रले विदेशमा रहेका नेपालीहरुका बीचमा समेत बैमनस्यता उत्पन्न हुने बताए। उनले महामन्त्रीद्वारा जारी पत्रको बैधानिकता खोज्न केन्द्रीय समितिलाई समेत आग्रह गरे।

गैरआवासीय नेपाली संघको १० औं विश्व सम्मेलन आगामी अक्टोवर २३ देखि २५ सम्म काठमाडौंमा हुँदैछ। सो अधिवेशनले संघको नयाँ नेतृत्व चयन गर्ने छ। सो अधिवेशनको तयारीको लागि जुलाई ३१ तारिखभित्र संघका ५० भन्दा बढी राष्ट्रिय समितिको निर्वाचन सम्पन्न हुँदैछ।

अनलाइनमार्फत् हुने संघको निर्वाचनका लागि वर्तमान उपाध्यक्षद्वय डा. बद्री केसी र गत निर्वाचन अध्यक्ष पदका पराजित उम्मेदवार कुल आचार्यको नाम पुनः चर्चामा छ।

अर्को समाचार
‘सहयात्रा–२०२६’ लाई भव्य बनाउने तयारी, रोड सो ग्रुपसहित विभिन्न संस्था साझेदार
२३ घण्टा अघि
•
२ मिनेट पाठ
‘सहयात्रा–२०२६’ लाई भव्य बनाउने तयारी, रोड सो ग्रुपसहित विभिन्न संस्था साझेदार
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ लाई भव्य र उपलब्धिमूलक बनाउने तयारी तीव्र पारिएको छ। मध्यपूर्वमा रहेका नेपालीहरूको एकता, श्रमिकका समस्या, सामाजिक सुरक्षा तथा नेपालको आर्थिक समृद्धिमा प्रवासी नेपालीको योगदानलाई केन्द्रमा राखेर आयोजना हुन लागेको सम्मेलनमा विभिन्न व्यावसायिक संस्था तथा व्यक्तिहरू साझेदारका रूपमा जोडिएका छन्।




सम्मेलनमा रोड सो ग्रुप नेपाल को–इभेन्ट पार्टनर बनेको छ। समूहका निर्देशक सागर गुरुङले प्रवासी नेपालीको साझा अभियानलाई सहयोग गर्ने उद्देश्यले सम्मेलनसँग सहकार्य गरिएको जनाउँदै आगामी दिनमा पनि एनआरएनएसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

एनआरएनए मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठले सम्मेलनलाई सफल बनाउन निजी क्षेत्रबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको बताएका छन्। उनका अनुसार व्यवसायी, उद्यमी, समाजसेवी तथा प्रवासी नेपालीबीचको सहकार्यले सम्मेलनलाई व्यवस्थित बनाउनुका साथै यसले उठाउने मुद्दालाई थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ।

रियल इस्टेट, हाउजिङ, केबलकार, जलविद्युत्, निर्माण, लगानी तथा औद्योगिक क्षेत्रमा सक्रिय रोड सो ग्रुपअन्तर्गत विभिन्न कम्पनी तथा व्यावसायिक परियोजनाहरू सञ्चालनमा छन्। समूहले आफ्नो व्यावसायिक अनुभव र स्रोतलाई प्रवासी नेपालीको सामाजिक तथा आर्थिक अभियानसँग जोड्ने उद्देश्यले सम्मेलनमा साझेदारी गरेको जनाएको छ।

सम्मेलनमा नेपालका सभामुख डीपी अर्याल प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ। श्रममन्त्री रामजी यादव, प्रमुख राजनीतिक दलका सांसद, एनआरएनएका संस्थापक तथा पूर्वअध्यक्ष, उद्योगी, व्यवसायी, पत्रकार र कलाकारहरूको समेत सहभागिता रहने बताइएको छ।

आयोजकका अनुसार सम्मेलनलाई औपचारिक जमघटमा मात्र सीमित नराखी मध्यपूर्वमा रहेका नेपालीका साझा समस्या, सम्भावना र नेपालको समृद्धिका विषयमा ठोस छलफल तथा सहकार्यको साझा मञ्च बनाउने लक्ष्य राखिएको छ।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५० मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
यो पनि पढौँ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस