खोप ल्याउन जटिलता छः स्वास्थ्य मन्त्री तामाङ
२५ जेष्ठ २०७८
•
६ मिनेट पाठ
खोप ल्याउन जटिलता छः स्वास्थ्य मन्त्री तामाङ
स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले नेपालमा तत्काल खोप ल्याउन प्रशस्तै जटिलता भएको बताएका छन्। गैरआवासीय नेपाली संघले आयोजना गरेको एक भर्चुअल अन्तरक्रियामा सम्बोधन गर्दै मन्त्री तामाङले नेपाल सरकारको पहिलो प्राथमिकता खोप ल्याउनु नै भएको र त्यसका लागि विभिन्न मुलुकहरुसँग समन्वय भइरहेको भएपनि खोपको उपलब्धता लगायत अन्य विविध कारण खोप ल्याउन केही समय लाग्ने बताएका हुन्। यद्यपी बेलायत अमेरिका लगायतका मुलुकले कोभ्याक्स अन्तर्गत उपलब्ध गराउने भनेर व्यक्त प्रतिबद्धताले केही राहत मिल्ने उनले बताए। 




खोप खरीदका लागि सरकार प्रतिबद्ध रहेको र खरिदका लागि कुनै व्यवहारिक समस्या नभएपनि खोप निर्माण भइरहेका मुलुकहरु आफैँ महामारी नियन्त्रणमा केन्द्रित भएकोले समस्या परेको उनको भनाई छ।

अक्सिजन कन्सन्ट्रेटर, सिलिन्डर लगायतका अन्य अत्यावश्यक स्वास्थ्य सामाग्री नेपाल पठाउन विदेशस्थित नेपाली समुदायले देखाएको तदारुकताको प्रशंसा गर्दै मन्त्री तामाङले आगामी दिनमा खोप खरीद लगायतका अन्य विषयमा गैरआवासीय नेपाली संघसँग सहकार्य जारी राख्ने बताए। त्यसका लागि आफू रहेको देशबाट खोप ल्याउनका लागि पहल गर्न उनले गैरआवासीय नेपालीहरुलाई आग्रह समेत गरे। फरक प्रसंगमा मन्त्री तामाङले गैरआवासीय नेपालीहरुको नागरिकता लगायतका मागलाई सम्बोधन गर्न नेपाल सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।  

कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले पछिल्लो कठिन समयमा नेपालमा अक्सिजन कन्सन्ट्रेटर लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री पठाउन गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सोही किसिमको सहयोगका लागि आह्वान गरे। महामारीका समयमा देशमा उपलब्ध स्रोत साधन मात्रै पर्याप्त नहुने भएकोले पनि सबै नेपालीले आ आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताए। महामारीका समय नेपालीलाई बचाउने अभियानमा संलग्न सबैको योगदान स्वर्ण अक्षरमा लेखिने र यसको उच्च मूल्यांकन हुने उनको भनाई थियो।

यस्तै गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले मुलुक अप्ठ्यारोमा परेको बेला गैरआवासीय नेपालीहरुले देशलाई सघाउने संस्कार बसिसकेको बताए। नेपाल सरकारसँग सहकार्य गरेर खोप नेपालमा पठाउन तयार रहेको भन्दै उनले खोप खरिदका लागि सरकारलाई प्रस्ताव समेत गरेको बताए। अध्यक्ष पन्तले विदेशमा विचल्लीमा परेका नेपालीहरुको उद्वारको लागि नेपाल सरकारले नयाँ नीति बनाउनु पर्नेमा जोड दिए। उनले विश्व श्रमबजारमा रहेका नेपालीमा भोकमरीको समस्या आउन सक्ने बताउँदै नेपाल सरकारले तत्काल नेपाल फर्किनको लागि वातावरण बनाउनु पर्नेमा जोड दिए।  

गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले गैरआवासीय नेपालीहरुले नेपालको खुशी र दुःख दुवैमा साथमा दिएको बताए। डा. महतोले नेपालको महामारीको लडाँईसँग लड्नका लागि अरुको अनुदान र सहयोगको मात्रै भर पर्नुपरेको भन्दै त्यस्तो अवस्थाको अन्त्य गरेर नेपाललाई 'माग्ने होइन दिने' देशका रुपमा परिणत गर्नुपर्नेमा जोड दिए।  

एनआरएनए फाउण्डेसनका अध्यक्ष तथा संघका पूर्वअध्यक्ष जीवा लामिछानेले फाउण्डेसनले नेपालमा ७ वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापनाको काम अघि बढाएको जानकारी दिए। उनले पहिलो चरणमा ४ वटा अक्सिजन प्लान्ट र बाँकी ३ वटा प्लान्ट दोस्रो चरणमा स्थापना गर्ने गरि कामअघि बढेको बताए। उनले दाताहरुको इच्छा अनुरुप नेपालमा अक्सिजन प्लान्ट स्थापनाको लागि नेपाल सरकारलाई सहयोगको लागि आग्रह गरे।  

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीले चीनमा रहेका नेपालीहरुको सहयोगमा स्वास्थ्य सामाग्री नेपाल पठाइएको र अन्य चरणमा क्रमशःसामाग्री पठाउने तयारी भइरहेको बताए। उनले गैरआवासीय नेपालीहरुले पठाएको अक्सिजन कन्सन्ट्रटेरले मानिसहरुको ज्यान जोगाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि अन्तिम विकल्प खोप  मात्रै भएको भन्दै उनले खोप नेपाल पठाउन संघले हरसम्भव पहल जारी राखेको र त्यसमा नेपाल सरकारले पनि आफूहरुसँग सहकार्य गर्नुपर्ने उल्लेख गरे।

तत्कालका लागि स्वास्थ्य सामग्री मात्रै नभई खोप नेपाल पठाउन आफूहरुले गर्न सकिने सबै खाले पहल थाल्न ढिलो गर्नु नहुने डा. केसीको भनाई थियो। संघका महासचिव डा. हेम राज शर्माले कोभिड–१९ को विश्वव्यापी संक्रमणपछि गैरआवासीय नेपाली संघले २ सय ५० जना चिकित्सकहरु परिचालन गरेको जानकारी दिए। महासचिव शर्माले ५० देशमा २५ सय स्वयंसेवक परिचालन गरेर करिब २ लाख नेपालीहरुलाई प्रत्यक्ष सहयोग गरेको जानकारी दिए। 

उनले नेपालमा कोरोना भाइरसको दोस्रो लहर आएपछि गैरआवासीय नेपाली संघले नेपाल सरकारको आग्रहमा नेपालमा अक्सिजन पठाउन सुरु गरिएको  बताए। नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ अभियान अन्तर्गत विभिन्न मुलुकमा रहेका नेपालीहरुको सहयोगमा अक्सिजन कन्सन्ट्रेटर लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल पठाउन सफल भएको र आगामी दिनमा पनि त्यसको निरन्तरताका लागि संघ प्रयत्नरत रहेको उनको भनाई थियो।

गैरआवासीय नेपाली संघको सक्रियतामा विदेशस्थित कुटनीतिक नियोग र संघ-संस्थाहरुको सहयोगमा पठाएका अक्सिजन कन्सनट्रेटर नेपाल सरकारलाई औपचारिक रुपमा हस्तान्तरण भइसकेको भन्दै सबै गैरआवासीय नेपालीलाई उनले महामारीकै कहरमाझ भएपनि मुलुकप्रतिको जिम्मेवारी पूरा गर्ने यस अवसरलाई सदुपयोग गर्न आग्रह गरे।

गैरआवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङले बेलायतमा रहेका नेपाली समुदायले एनआरएनएलाई विश्वास गरेर दिनुभएको आर्थिक सहयोगबाट प्राप्त कन्सरट्रेटर दुई हप्ताभित्रमा नेपाल सरकार समक्ष पुर्‍याउन सफल भएको भन्दै सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गरिन्।  

उनले बेलायतका ९३ वटा संघसंस्था र ४४ जना व्यक्तिबाट अक्सिजन कन्सनट्रेटर किन्नको लागि २ करोड ५० लाख रुपैयाँको प्रतिबद्धता आएको जानकारी दिइन्।  

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अष्ट्रेलियका अध्यक्ष केशव कंडेलले नेपालमा अब अक्सिजन कन्सरट्रेटर अभाव नहुने बताउँदै थप सहयोगको लागि सरकारले नयाँ क्षेत्र खोज्नुपर्ने बताए। उनले विदेशमा संकलन भएको सहयोग जहाँको लागि भनेर संकलन भएको हो त्यही स्थानसम्म पुर्याउन नेपाल सरकारलाई आग्रह गरे।  

कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् क्यानाडाका अध्यक्ष चिरञ्जीवी घिमिरेले गैरआवासीय नेपाली समुदायको सहयोगमा ७५ वटा अक्सिजन कन्सनट्रेटर नेपालमा पठाएको जानकारी दिए। कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जर्मनीका अध्यक्ष हरि न्यौपानेले स्वास्थ्य सामग्रीको वितरण प्रभावकारी हुनु पर्नेमा जोड दिए।

यस्तै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीनका अध्यक्ष प्रदिप न्यौपानेले महामारीसँग लड्न जस्तोसुकै सहयोगका लागि तयार भएको बताए। विश्वका ८३  मुलुकस्थित गैरआवासीय नेपालीहरुको समन्वयमा नेपालमा स्वास्थ्य सामाग्री पठाउने कार्यमा चीनस्थित नेपालीहरु सहयोगका लागि तयार रहेको बताए।

यसैबीच सोही अवसरमा नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ अभियान अन्तर्गत गैरआवासीय नेपाली संघका विभिन्न देशमा रहेका नेपालीहरुको सहयोगमा खरिद गरिएका ४८३ वटा अक्सिजन कन्सन्ट्रेटर नेपाल सरकारलाई औपचारिक रुपमा हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा संघका विभिन्न देशका राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष तथा पदाधिकारीहरु, संघसंस्थाका प्रतिनिधिहरु, पत्रकार, बेलायतस्थित स्थानिय निर्वाचनमा निर्वाचित काउन्सिलरहरु लगायतको उपस्थिति थियो। 
अर्को समाचार
सबै नागरिकलाई खोप उपलब्ध हुन्छ: स्वास्थ्य मन्त्री तामाङ
२६ जेष्ठ २०७८
•
१ मिनेट पाठ
सबै नागरिकलाई खोप उपलब्ध हुन्छ: स्वास्थ्य मन्त्री तामाङ
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले सबै नागरिकका लागि कोरोनाविरुद्धको खोप सुनिश्चित गरिने भएकाले त्यस समयसम्म सुरक्षित रहन आग्रह गरेका छन्। चन्द्रागिरि नगरपालिकामा नगरस्तरीय सामुदायिक भवनमा जडित अक्सिजन प्लान्टको उद्घाटन र अनुगमनपछि मन्त्री तामाङले खोपको सुनिश्चितता नहुन्जेलसम्म सम्पूर्ण नागरिकलाई सुरक्षित रहन आग्रह गरे।




वाग्मती प्रदेशसभा सदस्य रमा आलेले आगामी दिनमा अस्पताललाई आवश्यक उपकरण र भौतिक संरचनाका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। नगरपालिका वडा नं ८ का अध्यक्ष सन्तोष खड्काले अब नगरपालिकावासीले अक्सिजन अभावमा ज्यान गुमाउनुपर्ने अवस्था नआउने जनाए।

चन्द्रागिरि नगरपालिकाको नगरस्तरीय सामुदायिक अस्पतालमा दैनिक ४० देखि ४८ ठूला अक्सिजन उत्पादन गर्नसक्ने प्लान्ट जडान भएको छ। ७४ लाखको लगानीमा निर्माण गरिएको अक्सिजन प्लान्ट मुनडप्स कम्पनीले जडान गरेको हो। विनारसायन प्राकृतिक हावाबाट नै अक्सिजन उत्पादन हुने प्लान्ट नयाँ प्रविधिको रहेको कम्पनीको दाबी छ। रासस
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २२ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस