हमासको कब्जामा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गर्न कतारस्थित नेपाली राजदूतलाई पत्र दिइएको छ।
मंगलबार गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य सुरेश भट्टले कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेललाई पत्र बुझाएका हुन् ।
'नेपालले कुशल कूटनीति प्रदर्शन गर्न नसक्दा यति लामो समयसम्म जोशीको अवस्था अझैसम्म अज्ञात नै रहनु अत्यन्तै दुःखद् छ । यस कारण जारी हमास–इजरायल युद्ध रोक्न कतारले मध्यस्थकर्ताको भूमिकासमेत निर्वाह गरिरहेको परिप्रेक्षमा दूतावासमार्फत कतार सरकारसमक्ष औपचारिक रुपमा नै कूटनीतिक रूपमा प्रस्ताव गरी नेपाली विद्यार्थी विपिन जोशीलाई हमासको कब्जाबाट मुक्त गरी नेपाल झिकाउन महत्त्वपूर्ण तथा अर्थपूर्ण भूमिका निर्वाह गरिदिनुहुन विनम्र अनुरोध गर्दछु,' भट्टले पत्रमा लेखेका छन्।
परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका भनिएका नेपाली युवा विपिन जोशीको बारेमा अझै कुनै जानकारी नआएको बताएकी छिन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले जोशीको बारेमा अझै कुनै जानकारी नआएको र चौतर्फी अनुरोध गरिएको जानकारी गराएकी हुन् ।
उनले भनिन,'हामीले सक्दो प्रयास गरेका छौँ। प्रधानमन्त्री, सभामुख पनि उहाँको रिहाइको लागि लाग्नु भएको छ। मैले कतार र संयुक्त अरब इमिरेट्सका मन्त्रीसँग भेट गरेर अनुरोध गरेको छु ।'
उनले दुई हप्ता अघि थाइलाण्डका एउटा विदेशी नागरिकको शव हमासले हस्तान्तरण गर्यो भन्ने खबर आए पनि जोशीको बारेमा कुनै जानकारी नआएको बताएकी हुन्।
'दुई जना विदेशी नागरिक हराइरहेको भन्ने कुरा आएको छ। दुई हप्ता अघि थाइलाण्डका एउटा विदेशी नागरिकको शव हमासले हस्तान्तरण गर्यो भन्ने आएको छ,' उनले भनिन्, 'तर विपिन जोशीको बारेमा अझै केही आएको छैन। हामी सबै जनाले भगवानसँग प्रार्थना गरौँ। हाम्रो छोरा विपिन जोशी अहिले पनि सकुशल छन् र कुनै दिन नेपाल फर्किन्छन्। हामीले कुरा उठाइरहेका छौँ।'
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...