नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले भूतपूर्व गोर्खा सैनिकहरूको समान पेन्सनको विषय ब्रिटिस मन्त्रीहरूसँग उठाउने बताएका छन्।
नेपाली दूतावासद्वारा शुक्रबार आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै नेता कोइरालाले नेपाल सरकारले संविधानको व्यवस्था अनुसार गैर आवासीय नागरिकता प्रदान गर्न सुरु गरेता पनि त्यो कागजको खोस्टो भएको भन्दै आलोचना भै रहेको छ। यसमा सुधार गर्नु पर्ने जरुरी रहेको भन्दै उनले नेपालमा सुशासन नभएका कारण यो समस्या आएको बताए।
उनले बेलायत नेपालको सबै भन्दा पुरानो मित्र भएकाले नेपालको वस्तु स्थिति क्षेत्रीय तथा विश्व रंगमंचमा उठाउन आग्रह गर्नु पर्ने बताए। उनले जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नु परिरहेको समस्यामा सहयोग गर्न पनि बेलायतलाई आग्रह गर्नु पर्ने जनाए। नेता कोइरालाले संसदले संक्रमणकालिन न्यायसम्बन्धी विधेयक पारित गरेको भएता पनि आयोगमा कस्ता पदाधिकारीहरू नियुक्ति गरिन्छन् भनेर अन्तर्राष्ट्रिय समुदायले हेरिरहेको बताए।
उनले नेपाललाई कसरी अगाडि बढाउने भन्ने बारे प्रवासी नेपालीहरूमा चिन्ता रहेको भन्दै आफूसँग रहेको सीप र श्रोत नेपालको विकासमा लगाउन आग्रह गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि कार्यवाहक नेपाली राजदूत बिपिन दुवाडीले बेलायतको नेपाली डायस्पोरा बलियो, शिक्षित र गौरव गर्न लायकको भएको बताए। उनले यहाँ बसोबास गरिरहेका नेपालीहरू नेपालको कुनै पनि विषयमा योगदान गर्न इच्छुक रहेको आफूले पाएको जनाए। उनले बेलायतमा बस्ने सबै नेपाली नेपालका मानार्थ राजदूत हुन् भन्दै आफूसँग रहेको ज्ञान, सीप र पहुँच राज्यको हितमा सदुपयोग गर्न आग्रह पनि गरे।
नेता कोइराला एक साता लामो भ्रमणमा बिहीबार बेलायत आइपुगेका हुन्। बिहीबार राति लन्डन हिथ्रो विमानस्थलमा उनलाई बेलायतस्थित नेपाली कांग्रेसका कार्यकर्ता तथा शुभेच्छुकहरूले स्वागत गरेका थिए।
आइतबार उनले जनसम्पर्क समिति बेलायत तथा सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युकेद्वारा आयोजित कार्यक्रमहरूलाई सम्बोधन गर्ने छन् भने सोमबार (१३ जनवरी) बेलुका बेलायती संसद्को एक कक्षमा गर्न आयोजना गर्न लागिएको एक बैठकमा भाग लिने छन्।
बेलायतका उद्योग व्यापार राज्य मन्त्री ग्यारेथ थोमस तथा परराष्ट्र सहायक मन्त्री क्याथराईन वेष्टद्वारा आयोजित उक्त बैठकमा बेलायतस्थित नेपाली समुदायका अगुवाहरूलाई पनि आमन्त्रण गरिएको छ।
नेपाली कांग्रेस रोल्पाले अमेरिकालगायतका देशमा कांग्रेसको लेटर प्याड दुरुपयोग भइरहेको भन्दै त्यस्ता गतिविधि नगर्न चेतावनी दिएको छ। जिल्ला सभापति किशोरकुमार आचार्यद्वारा बुधबार जारी एक विज्ञप्तिमा माओवादीले दुख दिएका कारण जीवन रक्षाका लागि विदेश आउनुपरेको भन्दै कांग्रेसको लेटर प्याड दुरुपयोग भएको भनिएको छ।
विज्ञप्तिमा कांग्रेस जिल्ला कार्यसमिति रोल्पा र अन्य तहहरूसमेतको नक्कली लेटर प्याड, छाप र हस्ताक्षर प्रयोग गरिएको उल्लेख छ। ती लेटरप्याडमा विभिन्न व्यक्तिहरूले आफू कांग्रेसको साधारण सदस्य, क्रियाशील सदस्य भई पार्टीका गतिविधिहरूमा सक्रिय भएका कारण द्वन्द्व प्रभावित भएको, माओवादी पार्टीका कार्यकर्ताले दुःख दिएको, धम्की दिएकोले नेपालमा बस्न नसकी जीवन रक्षाका लागि अमेरिकालगायतका देशमा आउनुपरेको भनी गलत सिफारिस बनाई सम्बन्धित देशमा पेस गरेको र गर्ने प्रक्रियामा रहेको बुझिएको विज्ञप्तिमा उल्लेख छ। ‘सो सम्बन्धमा नेपाली कांग्रेस रोल्पाको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
यस्ता गलत, भ्रामक र कानुन विपरीतका कामबारे सम्बन्धित देशमा रहेका कांग्रेसका जनसम्पर्क समितिको सहयोग र सम्बद्ध सबैसँग सहकार्य गरी सत्य तथ्य पत्ता लगाउने पनि विज्ञप्तिमा उल्लेख छ। ‘सो सम्बन्धमा सबै देशका नेपालस्थित राजदूतावास समेतमा पार्टीका तर्फबाट कूटनीतिक पहल गरी आवश्यक प्रक्रिया अगाडि बढाउने भएकाले त्यस्ता गलत क्रियाकलाप नगर्न नगराउन सम्बद्ध सबैलाई यसै विज्ञप्तिमार्फत सूचित गराइएको छ,’ विज्ञप्तिमा भनिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...