क्यानडास्थित नेपाली दूतावासले अध्ययनका लागि आउने नेपाली विद्यार्थीहरूलाई आवश्यक सुझाव दिएको छ। निकट भविष्यमै नयाँ शैक्षिक शत्रको शुरुवात हुन लागेको सन्दर्भमा दूतावासले एक सूचना जारी गर्दै नेपाली विद्यार्थीहरूको क्यानडा बसाइ र अध्ययन सहज एवं समस्या रहित बनाउनका लागि भन्दै ७ बुँदे सुझाव दिदैँ सचेत गराएको हो।
अहिले विश्वभरबाट क्यानडा आउने विद्यार्थीको संख्या बढिरहेकोले डेरा र रोजगारी पाउने अवसर कठिन हुँदै गएकोबारे दूतावासले स्मरण गराएको छ। त्यसैले क्यानडा जानुअघि बस्ने ठाउँको यकिन गर्न सुझाव दिएको छ। यसअघि पनि दूतावासले वैशाखमा विज्ञप्ति जारी गर्दै क्यानडामा विद्यार्थीले आउनेवित्तिकै रोजगारी पाइन्छ भन्ने भ्रममा नपर्न भनेको थियो।
यस्तै, दूतावासले जारी गरेका सूचना ( वेबसाइट, फेसबुक पेजमा उपलब्ध छन् ) लाई ध्यान दिने, अध्ययन गर्ने कलेज रहेको सहर, खर्च र विषयका बारेमा पूर्ण जानकारी लिन सुझाव दिइएको छ। केही कलेजहरूले अतरंजित प्रचारप्रसार गर्ने भएकोले त्यसमा भरपर्दा समस्यामा पर्ने भएकोले पर्याप्त जानकारी लिन दूतावासले सुझाएको हो।
नयाँ विद्यार्थीलाई स्थानीय हावापानी, जीवनशैली, भान्साको कामको तौरतरिका सबै जानकारी लिएर आउन भन्दै दूतावासले अभिभावकलाई पनि अध्ययन, आवास र खानेबस्ने खर्चको उचित प्रबन्ध मिलाएर मात्रै पठाउन सुझाव दिएको छ।
यस्तै, क्यानडा जानुअघि नै त्यहाँ रहेका आफन्त, साथीभाइहरु, पूर्वविद्यार्थीका सामाजिक सञ्जालका ग्रुप, सम्बन्धित सहरका एनआरएनएलगायत प्रवासी नेपालीका संघसंस्थाका साथ रोजगारीका सम्भावनाका बारेमा पनि जानकारी लिनु दूतावसाले सुझाव दिएको छ।
भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करले क्यानाडाली समकक्षीसँग कुराकानी गरेर दुवै देशले सम्बन्ध सुधार गर्न प्रयास गरिरहेको बताए।
आइतबार रातिको टेलिफोन वार्ता, मार्चमा मार्क कार्नी क्यानाडाका प्रधानमन्त्री बनेपछि ओटावा र नयाँदिल्लीबीचको उच्चस्तरीय कूटनीतिक सम्पर्क हो। सन् २०२३ मा क्यानाडाली सिखको हत्यामा भारतको संलग्नता रहेको आरोपपछि दुवै देशको सम्बन्ध तनावपूर्ण भएको थियो। भारतले यो आरोप अस्वीकार गरेको छ।
जयशङ्करले नवनियुक्त विदेशमन्त्री अनिता आनन्दसँग ‘भारत–क्यानाडा सम्बन्धका सम्भावनाबारे छलफल गरेको’ र ‘उनको कार्यकाल सफल होस्’ भनी शुभकामना दिए।
आनन्दले एक्समा लेखे, ‘म क्यानाडा–भारत सम्बन्धलाई बलियो बनाउन, आर्थिक सहयोग गहिरो बनाउन र साझा प्राथमिकता अगाडि बढाउन इच्छुक छु।’ उनका अभिभावक भारतका थिए।
क्यानाडा भारतबाहिर सबैभन्दा ठूलो सिख समुदायको देश हो, जहाँ ‘खालिस्तान’ कार्यकर्ता छन्। खालिस्तान धार्मिक अल्पसंख्यकका लागि भारतबाट अलग स्वतन्त्र राज्य बनाउने सीमान्तकृत पृथकतावादी आन्दोलन हो।
ओटावाले सन् २०२३ मा भ्यानकुभरमा ४५ वर्षीय क्यानाडाली नागरिक हरदीप सिंह निज्जरको हत्या र अन्य सिख कार्यकर्तालाई लक्षित गरेको आरोप भारतमाथि लगाएको थियो। निज्जर खालिस्तानका प्रमुख अभियानकर्ता थिए।
भारतले यी आरोप बारम्बार खारेज गरेको छ। यसले दुवै देशको कूटनीतिक सम्बन्धमा गहिरो सङ्कट ल्याएको थियो र गत वर्ष दुवैले वरिष्ठ कूटनीतिज्ञ निष्कासित गरेका थिए।
खालिस्तान आन्दोलन भारतको सन् १९४७ को स्वतन्त्रतादेखि सुरु भएको हो, जसलाई एक प्रधानमन्त्रीको हत्या र यात्रु जेटको बम विस्फोटको दोषी ठहराइएको छ। यो भारत र ठूलो सिख जनसंख्या भएका पश्चिमी देशबीचको विवादास्पद मुद्दा हो। भारतमा प्रतिबन्धित खालिस्तान आन्दोलनविरुद्ध नयाँदिल्लीले कडा कारबाही माग्छ र मुख्य नेताहरूलाई ‘आतङ्कवाद’ को आरोप लगाएको छ।
क्यानाडाले अर्को महिना जी–७ शिखर सम्मेलन आयोजना गर्दैछ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सन् २०१९ देखिका शिखर सम्मेलनमा आमन्त्रित गरिएको छ। सन् २०१९ मा फ्रान्सले उनलाई बियारिट्जमा बोलाएको थियो। क्यानाडामा उनलाई निम्तो दिइएको छ कि छैन भन्ने विवरण छैन। एएफपी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...