‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नारासहित लन्डनस्थित केम्प्टन पार्क रेसकोर्सको खुल्ला मैदानमा १४ औं नेपाली मेला सम्पन्न भएको छ।
मेलामा विभिन्न संघसंस्थाहरुका २९ समूहले आआफ्नो कला संस्कृतिको परिचय झल्किने झाँकीहरू प्रस्तुत गरेका थिए।
तमुधिं युकेको आयोजनामा लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा आइतबार सम्पन्न मेलामा नेपाली व्यापार व्यवसायलाई प्रवर्धन गर्ने उद्देश्यले मेलामा नेपाली खाना, हस्तकला र खाद्य सामाग्री जस्ता विभिन्न नेपाली उत्पादनसहितको करिब तीन दर्जन भन्दा बढी विक्री स्टलहरु राखिएका थिए।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न मेलामा परम्परागत झाँकी, नृत्यलगायतका सांस्कृतिक प्रस्तुति साथै नेपालबाट आएका नेपाली कलाकारहरुले पनि साङ्गीतिक प्रस्तुति दिए।
मेलामा सहभागी झाँकीहरूलाई प्रोत्साहन स्वरूप उत्कृष्ट झाँकी प्रदर्शन गर्ने पहिलो समूहलाई ५ सय, दोस्रोलाई तीन सय र तृतीय हुनेलाई २ सय पाउण्ड प्रदान गरियो।
यस्तै सान्त्वना पुरस्कार स्वरूप तीन समूहलाई २ सय पाउण्डका दरले पुरस्कृत गरिएको थियो।
झाँकी र सांस्कृतिक नृत्यमा उत्कृष्ट हुने पहिलो टिमलाई ११ सय पाउण्ड नगदसहित एम्बासडर कप तथा तीन सय पाउण्डसहित एनआरएनए कप र ट्रफी, रनरअपलाई ७ सय पाउण्ड एवं तृतीय हुने टिमलाई ५ सय पाउण्ड प्रदान गरिएको थियो।
नेपाली मेलामा २०२३ तथा १४ औं नेपाली मेलाको एम्बासिडोर कप किरात राई यायोख्खा युकेले जितेको छ। नेपाली मेलामा घानद्रुक समाज युके उपविजेता बन्न तथा दोस्रो स्थान सुरक्षित गर्न सफल भए भने पास पुच गुठी युकेले तेस्रो स्थान सुरक्षित गर्न सफल भयो।
यस वर्षको ‘तमुधि युके प्रिसिडेन्ट च्याइस’ पुरस्कारद्वारा पास पुच गुठी युके पुरस्कृत भएको छ। झाँकीमा तामाङ समाज युके, चार भन्ज्याङ तमु समाज युके र स्याङ्जा समाज युकेले शान्तवना पुरस्कार प्राप्त गरेका छन् भने नृत्यतर्फ तमु समाज युके, किरात याक्थुम चुम्लुङ्ग र पास पुच गुठीले शान्तवना पुरस्कार पाए।
मेलामा नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाको सांसद खम बहादुर (खमबिर) गर्बुजा, बंगलादेश, भारत, र पाकिस्तानका राजदुतहरु, एनआरएन अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष कुल आचार्य, सगरमाथा आरोही हरि बुढामगर र दिया पुन लगायत विभिन्न देशका कूटनीतिक नियोगका पदाधिकारीहरु, नेपाली राजदूतावासका उपनियोग प्रमुख रोशन खनाल, दूतावासका अन्य काउन्सिलरहरु, एनआरएन युकेका अध्यक्ष हितकाजी गुरुङ लगायत बेलायतस्थित विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो।
कार्यक्रममा स्थानीय तथा नेपालबाट आएका कलाकारहरुले आआफ्नो प्रस्तुति दिएका थिए।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ लाई भव्य र उपलब्धिमूलक बनाउने तयारी तीव्र पारिएको छ। मध्यपूर्वमा रहेका नेपालीहरूको एकता, श्रमिकका समस्या, सामाजिक सुरक्षा तथा नेपालको आर्थिक समृद्धिमा प्रवासी नेपालीको योगदानलाई केन्द्रमा राखेर आयोजना हुन लागेको सम्मेलनमा विभिन्न व्यावसायिक संस्था तथा व्यक्तिहरू साझेदारका रूपमा जोडिएका छन्।
सम्मेलनमा रोड सो ग्रुप नेपाल को–इभेन्ट पार्टनर बनेको छ। समूहका निर्देशक सागर गुरुङले प्रवासी नेपालीको साझा अभियानलाई सहयोग गर्ने उद्देश्यले सम्मेलनसँग सहकार्य गरिएको जनाउँदै आगामी दिनमा पनि एनआरएनएसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
एनआरएनए मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठले सम्मेलनलाई सफल बनाउन निजी क्षेत्रबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको बताएका छन्। उनका अनुसार व्यवसायी, उद्यमी, समाजसेवी तथा प्रवासी नेपालीबीचको सहकार्यले सम्मेलनलाई व्यवस्थित बनाउनुका साथै यसले उठाउने मुद्दालाई थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ।
रियल इस्टेट, हाउजिङ, केबलकार, जलविद्युत्, निर्माण, लगानी तथा औद्योगिक क्षेत्रमा सक्रिय रोड सो ग्रुपअन्तर्गत विभिन्न कम्पनी तथा व्यावसायिक परियोजनाहरू सञ्चालनमा छन्। समूहले आफ्नो व्यावसायिक अनुभव र स्रोतलाई प्रवासी नेपालीको सामाजिक तथा आर्थिक अभियानसँग जोड्ने उद्देश्यले सम्मेलनमा साझेदारी गरेको जनाएको छ।
सम्मेलनमा नेपालका सभामुख डीपी अर्याल प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ। श्रममन्त्री रामजी यादव, प्रमुख राजनीतिक दलका सांसद, एनआरएनएका संस्थापक तथा पूर्वअध्यक्ष, उद्योगी, व्यवसायी, पत्रकार र कलाकारहरूको समेत सहभागिता रहने बताइएको छ।
आयोजकका अनुसार सम्मेलनलाई औपचारिक जमघटमा मात्र सीमित नराखी मध्यपूर्वमा रहेका नेपालीका साझा समस्या, सम्भावना र नेपालको समृद्धिका विषयमा ठोस छलफल तथा सहकार्यको साझा मञ्च बनाउने लक्ष्य राखिएको छ।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...