हाम्रो स्वाभिमान ट्रष्ट युके कार्यसमिति घोषणा
१० असार २०८०
•
३ मिनेट पाठ
हाम्रो स्वाभिमान ट्रष्ट युके कार्यसमिति घोषणा
आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले प्रवासमा बसोबास गरिरहेका नेपालीहरुलाई आफ्नो भाषा, संस्कृति र पहिचान जोगाउन आग्रह गरेका छन्।




नवौं विश्व योग दिवसको अवसरमा बिहीबार लन्डनको ह्यारोमा आयोजित समारोहलाई सम्बोधन गर्दै पतंजली योगपीठ ट्रष्टका महासचिव आचार्य बालकृष्णले संसारभरि जहाँ रहे पनि आफ्नो पहिचान जोगाउन क्रियाशील रहन आग्रह गरे।

बिरुवा उखेले पछि फेरी हुर्कन गाह्रो हुन्छ, प्रवाह टुट्यो भने फेरी जोडिंदैन, त्यसैले जहाँ रहे पनि आफ्नो पहिचान न बिर्सौं भनेर हाम्रो स्वाभिमान अभियान शुरु गरिएको हो,उनले भने।   उनले जुनसुकै जातजाति, भाषाभाषी भए पनि सबै नेपालीलाई जोडेर अगाडि बढ्नु पर्ने आवश्यकता रहेको बताए। आचार्य बालकृष्णले योगले  शारीरिक र मानसिक रुपमा निरोगी बनाउने मात्रै नभै समाजमा शान्ति र सद्भाव बढाउने भएकाले नियमित रुपमा योग गर्न आग्रह पनि गरे।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले आफ्नो भाषा र संस्कृति जोगाउनु नै आफ्नो पहिचान जोगाउने मन्त्र भएको बताए ।  संसारभरिका नेपालीहरुलाई सामाजिक र सांस्कृतिक रुपमा जोड्ने हाम्रो स्वाभिमान ट्रष्टको अवधारणा सह्राहनीय रहेको बताउंदै राजदूत आचार्यले  एक तपोभूमि, ज्ञान भूमि र ध्यान भूमिको रुपमा रहेको नेपाललाई आध्यात्मिक रुपमा अगाडि बढाउन योगको महत्वपूर्ण भूमिका रहेकोमा जोड दिए।

बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा सूर्य सुवेदीले अहिले पूर्वीय सभ्यताको पुनर्जागरण हुन लागेको र यसमा पतंजली योगपीठ तथा आचार्य बालकृष्णको योगदान सह्राहनीय रहेको बताए। उनले यसबाट पूर्वीय सभ्यता अभ्यास गर्नेहरुलाई मात्रै नभएर पुरै मानव समुदायलाई फाइदा पुग्ने बताए।  उनले नेपाली पहिचान र संस्कृति जोगाउन हाम्रो स्वाभिमान ट्रष्ट अरु क्रियाशील रहोस् भन्ने शुभकामना पनि दिए।

गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुल आचार्यले बिरामी भएर उपचार गर्नु भन्दा कसरी स्वस्थ रहने महत्वपूर्ण हुने बताए ।आज नेपाल र भारत मात्रै हैन, सारा संसारले योग गरिरहेको छ। ऋषिहरुले तपस्या गरेको पवित्र भूमि नेपाललाई योग र ध्यानको केन्द्र बनाउन सहकार्य गर्न उनले आग्रह पनि गरे।

उक्त समारोहमा पतंजली योगपीठ ट्रष्टकी ट्रष्टी सुनिता पोद्दारले हाम्रो स्वाभिमान ट्रष्ट युकेको पहिलो कार्यसमितिको घोषणा गरेकी थिइन।  जस अनुसार अध्यक्ष रोहित गुरुङ्ग, उपाध्यक्ष इन्दिरा ९सपना० खनिया, महासचिव अर्जुन कटुवाल, सचिव अजिता सिम्खडा र  कोषाध्यक्ष महेश गिरी रहेका छन्।  त्यस्तै सदस्यहरुमा  निरुषा भट्टराई पाण्डे, निलहरि घिमिरे, खेम बसेल, मेजर (सेवानिवृत्त) पदम लिम्बु, मेग गुरुङ्ग र कृष्ण खरेल रहेका छन्।

कार्यक्रममा सहभागीहरुले पतंजली योगपीठकी साध्वी देवदिती, साध्वी देववाणी र लन्डनस्थित प्रशिक्षकहरुको साथमा  योग तथा प्राणायामको अभ्यास गरेका थिए। निरुषा भट्टराई पाण्डेले संचालन गरेको कार्यक्रममा एनआरएनए युकेका अध्यक्ष सुनिल बाबु खड्काले शुभकामना दिएका थिए भने  अर्जुन कटुवालले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यसमितिका  अध्यक्ष रोहित गुरुङले सबैलाई धन्यवाद दिए।कार्यक्रममा सेन्ट जेम्स स्कुलकी छात्रा समृद्धि पोखरेलले संस्कृतका श्लोकहरु वाचन गरेकी थिइन भने कृतिका आचार्यले नृत्य प्रस्तुत गरेकी थिइन।

बिहीबार नै आचार्य बालकृष्णले लन्डनस्थित नेपाली दूतावासको भ्रमण गरेर राजदूत आचार्यसंग भेटवार्ता गरेका थिए।
अर्को समाचार
‘सहयात्रा–२०२६’ लाई भव्य बनाउने तयारी, रोड सो ग्रुपसहित विभिन्न संस्था साझेदार
११ मंसिर २०८३
•
२ मिनेट पाठ
‘सहयात्रा–२०२६’ लाई भव्य बनाउने तयारी, रोड सो ग्रुपसहित विभिन्न संस्था साझेदार
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ लाई भव्य र उपलब्धिमूलक बनाउने तयारी तीव्र पारिएको छ। मध्यपूर्वमा रहेका नेपालीहरूको एकता, श्रमिकका समस्या, सामाजिक सुरक्षा तथा नेपालको आर्थिक समृद्धिमा प्रवासी नेपालीको योगदानलाई केन्द्रमा राखेर आयोजना हुन लागेको सम्मेलनमा विभिन्न व्यावसायिक संस्था तथा व्यक्तिहरू साझेदारका रूपमा जोडिएका छन्।




सम्मेलनमा रोड सो ग्रुप नेपाल को–इभेन्ट पार्टनर बनेको छ। समूहका निर्देशक सागर गुरुङले प्रवासी नेपालीको साझा अभियानलाई सहयोग गर्ने उद्देश्यले सम्मेलनसँग सहकार्य गरिएको जनाउँदै आगामी दिनमा पनि एनआरएनएसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

एनआरएनए मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठले सम्मेलनलाई सफल बनाउन निजी क्षेत्रबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको बताएका छन्। उनका अनुसार व्यवसायी, उद्यमी, समाजसेवी तथा प्रवासी नेपालीबीचको सहकार्यले सम्मेलनलाई व्यवस्थित बनाउनुका साथै यसले उठाउने मुद्दालाई थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ।

रियल इस्टेट, हाउजिङ, केबलकार, जलविद्युत्, निर्माण, लगानी तथा औद्योगिक क्षेत्रमा सक्रिय रोड सो ग्रुपअन्तर्गत विभिन्न कम्पनी तथा व्यावसायिक परियोजनाहरू सञ्चालनमा छन्। समूहले आफ्नो व्यावसायिक अनुभव र स्रोतलाई प्रवासी नेपालीको सामाजिक तथा आर्थिक अभियानसँग जोड्ने उद्देश्यले सम्मेलनमा साझेदारी गरेको जनाएको छ।

सम्मेलनमा नेपालका सभामुख डीपी अर्याल प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ। श्रममन्त्री रामजी यादव, प्रमुख राजनीतिक दलका सांसद, एनआरएनएका संस्थापक तथा पूर्वअध्यक्ष, उद्योगी, व्यवसायी, पत्रकार र कलाकारहरूको समेत सहभागिता रहने बताइएको छ।

आयोजकका अनुसार सम्मेलनलाई औपचारिक जमघटमा मात्र सीमित नराखी मध्यपूर्वमा रहेका नेपालीका साझा समस्या, सम्भावना र नेपालको समृद्धिका विषयमा ठोस छलफल तथा सहकार्यको साझा मञ्च बनाउने लक्ष्य राखिएको छ।
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
यो पनि पढौँ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस