कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान
३१ साउन २०८३
•
२ मिनेट पाठ
कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान
कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई उत्पादन अभियान’अन्तर्गत विशेष पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरी गत आर्थिक वर्षमा रु पाँच करोड ५० लाख अनुदान उपलब्ध गराइएको छ।




कार्यक्रमबाट जिल्लाका ३७३ किसान लाभान्वित भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ।

किसानलाई स्थानीयस्तरमै व्यवसाय सञ्चालन गर्न सहज बनाउँदै आयआर्जनमा वृद्धि गर्ने तथा बढीभन्दा बढी किसानलाई उत्पादनमा जोड्ने उद्देश्यले विशेष पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरिएको केन्द्रका प्रमुख चन्द्रकान्त पन्तले जानकारी दिए।

प्रमुख पन्तका अनुसार बाख्रा, भैँसी, बङ्गुर र मत्स्यपालनतर्फका फार्म, समूह तथा सहकारीमार्फत अनुदान दिइएको हो।

कार्यक्रमअन्तर्गत चुरे गाउँपालिकाका ६७ बाख्रा फार्मलाई रु ४० लाख, मोहन्याल गाउँपालिकाका १० बाख्रा फार्म, तीन समूह र एक सहकारीलाई रु ४० लाख, गौरीगङ्गा नगरपालिकाका २२ बाख्रा फार्मलाई रु ४० लाख तथा सोही नगरपालिकाका थप २० बाख्रा फार्मलाई रु ४० लाख अनुदान उपलब्ध दिइएको छ।

त्यसैगरी घोडाघोडी नगरपालिकाका चार बङ्गुर फार्मलाई रु ४० लाख, लम्कीचुहा नगरपालिकाका १३ भैँसी फार्मलाई रु ५० लाख, टीकापुर नगरपालिकाका सात भैँसी फार्मलाई रु ५० लाख, जानकी गाउँपालिकाका तीन भैँसी फार्मलाई रु ४० लाख, भजनी नगरपालिकाका चार भैँसी फार्मलाई रु ४० लाख र धनगढी उपमहानगरपालिकाका २२ भैँसी फार्मलाई रु ५० लाख अनुदान दिइएको छ।

बर्दगोरिया गाउँपालिकाका तीन मत्स्य फार्मलाई रु ४० लाख, जोशीपुर गाउँपालिकाका तीन बाख्रा फार्मलाई रु ४० लाख तथा कैलारी गाउँपालिकाका दुई बङ्गुर फार्म, दुई समूह र एक सहकारीलाई रु ४० लाख अनुदान उपलब्ध गराइएको केन्द्रले जनाएको छ।

‘एक स्थानीय तह दुई उत्पादन’ अभियानअन्तर्गत एउटा कार्यक्रम भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र अर्को कार्यक्रम कृषि ज्ञान केन्द्रमार्फत सञ्चालन हुने प्रमुख पन्तले बताए।

यसैगरी कार्यालयले एकल महिला, कमैया, सीमान्तकृत समुदाय, अपाङ्गता भएका व्यक्ति तथा विपन्न वर्गलाई लक्षित गरी आयआर्जनमा सुधार ल्याउने उद्देश्यले बाख्रा तथा बङ्गुरपालनका लागि २१ समूहलाई प्रतिग्रुप रु एक लाख ७८ हजारका दरले अनुदान उपलब्ध गराएको छ।

सामुदायिक पशु व्यवस्थापनअन्तर्गत कैलालीका तीन गौशालाको थप व्यवस्थापनका लागि रु नौ लाख ५० हजार उपलब्ध गराइएको छ।

साथै, हलगोरु तथा राँगा पाल्दै आएका जिल्लाका ५५१ किसानलाई प्रतिकिसान रु दुई हजार ७०० का दरले रु १४ लाख ८७ हजार प्रोत्साहन रकम उपलब्ध गराइएको केन्द्रले जनाएको छ।

यसबाट स्थानीयस्तरमा पशुपालन तथा मत्स्यपालन व्यवसायको विस्तारसँगै उत्पादन र किसानको आयआर्जन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
अर्को समाचार
कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान
३१ साउन २०८३
•
२ मिनेट पाठ
कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान
कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई उत्पादन अभियान’ अन्तर्गत विशेष पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरी गत आर्थिक वर्षमा रु पाँच करोड ५० लाख अनुदान उपलब्ध गराइएको छ। 




कार्यक्रमबाट जिल्लाका ३७३ किसान लाभान्वित भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ। 

किसानलाई स्थानीयस्तरमै व्यवसाय सञ्चालन गर्न सहज बनाउँदै आयआर्जनमा वृद्धि गर्ने तथा बढीभन्दा बढी किसानलाई उत्पादनमा जोड्ने उद्देश्यले विशेष पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरिएको केन्द्रका प्रमुख चन्द्रकान्त पन्तले बताए। 

प्रमुख पन्तका अनुसार बाख्रा, भैँसी, बङ्गुर र मत्स्यपालनतर्फका फार्म, समूह तथा सहकारीमार्फत अनुदान दिइएको हो। कार्यक्रमअन्तर्गत चुरे गाउँपालिकाका ६७ बाख्रा फार्मलाई रु ४० लाख, मोहन्याल गाउँपालिकाका १० बाख्रा फार्म, तीन समूह र एक सहकारीलाई रु ४० लाख, गौरीगङ्गा नगरपालिकाका २२ बाख्रा फार्मलाई रु ४० लाख तथा सोही नगरपालिकाका थप २० बाख्रा फार्मलाई रु ४० लाख अनुदान उपलब्ध दिइएको छ। 

त्यसैगरी, घोडाघोडी नगरपालिकाका चार बङ्गुर फार्मलाई रु ४० लाख, लम्कीचुहा नगरपालिकाका १३ भैँसी फार्मलाई रु ५० लाख, टीकापुर नगरपालिकाका सात भैँसी फार्मलाई रु ५० लाख, जानकी गाउँपालिकाका तीन भैँसी फार्मलाई रु ४० लाख, भजनी नगरपालिकाका चार भैँसी फार्मलाई रु ४० लाख र धनगढी उपमहानगरपालिकाका २२ भैँसी फार्मलाई रु ५० लाख अनुदान दिइएको छ। 

बर्दगोरिया गाउँपालिकाका तीन मत्स्य फार्मलाई रु ४० लाख, जोशीपुर गाउँपालिकाका तीन बाख्रा फार्मलाई रु ४० लाख तथा कैलारी गाउँपालिकाका दुई बङ्गुर फार्म, दुई समूह र एक सहकारीलाई रु ४० लाख अनुदान उपलब्ध गराइएको केन्द्रले जनाएको छ। 

‘एक स्थानीय तह दुई उत्पादन’ अभियानअन्तर्गत एउटा कार्यक्रम भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र अर्को कार्यक्रम कृषि ज्ञान केन्द्रमार्फत सञ्चालन हुने प्रमुख पन्तले बताए। 

यसैगरी, कार्यालयले एकल महिला, कमैया, सीमान्तकृत समुदाय, अपाङ्गता भएका व्यक्ति तथा विपन्न वर्गलाई लक्षित गरी आयआर्जनमा सुधार ल्याउने उद्देश्यले बाख्रा तथा बङ्गुरपालनका लागि २१ समूहलाई प्रतिग्रुप रु एक लाख ७८ हजारका दरले अनुदान उपलब्ध गराएको छ। 

सामुदायिक पशु व्यवस्थापनअन्तर्गत कैलालीका तीन गौशालाको थप व्यवस्थापनका लागि रु नौ लाख ५० हजार उपलब्ध गराइएको छ। साथै, हलगोरु तथा राँगा पाल्दै आएका जिल्लाका ५५१ किसानलाई प्रतिकिसान रु दुई हजार ७०० का दरले रु १४ लाख ८७ हजार प्रोत्साहन रकम उपलब्ध गराइएको केन्द्रले जनाएको छ। 

यसबाट स्थानीयस्तरमा पशुपालन तथा मत्स्यपालन व्यवसायको विस्तारसँगै उत्पादन र किसानको आयआर्जन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस