‘स्वस्थ युवा समृद्ध नेपाल’
२८ जेष्ठ २०७७
•
३ मिनेट पाठ
‘स्वस्थ युवा समृद्ध नेपाल’
डा. अरुण शाही




साथीभाइको लहलहै, अनुभवका लागि धेरै युवा अहिले धूमपानप्रति आकर्षित भइरहेका छन् । गत मे ३१ तारिखका दिन विश्व धूमपानरहित दिवस मनाइयो । यसमा जनचेतना अभियान, युवालाई कसरी सुर्तीजन्य पदार्थको विज्ञापन तथा मार्केटिङबाट बचाएर सुर्तीजन्य पदार्थ खानका लागि हतोत्साही गर्ने भन्ने नाराका साथ सम्पन्न भयो ।

डा. अरुण शाही
प्रत्येक वर्ष विश्व स्वास्थ्य संगठनले यो दिन सुर्तीजन्य पदार्थविरुद्ध जागरण अभियान चलाउँदै, यसबाट हुने स्वास्थ्यसम्बन्धी हानिकारक र सम्भावित रोगका बारेमा जानकारी गराउँदै विश्वभरका सरकारलाई सुर्तीजन्य पदार्थको विरुद्धमा राष्ट्रिय योजना बनाई यसको बेचबिखन तथा प्रयोग गर्न हतोत्साहित गर्ने कानुनलाई प्रभावकारी बनाउन घचघच्याउने गर्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार सुर्तीजन्य पदार्थको सेवन गर्नाले प्रत्येक वर्ष विश्वमा ८० लाख मानिसको अकालमा मृत्यु हुने गर्छ । यो संख्या आगामी वर्षहरूमा यसको सेवनमा कमी नगरे अझ बढ्ने खतरा छ । विश्व स्वास्थ्य संगठनको सन् २०१८ को तथ्यांक अनुसार प्रत्येक दिन नेपालमा सुर्तीजन्य पदार्थको सेवनले ७५ जनाको मृत्यु भएको पाइएको थियो । समग्रमा हेर्दा नेपालमा महिलाभन्दा पुरुषले बढी मात्रामा सुर्तीजन्य पदार्थको सेवन गर्छन् । यसले धेरै मानिसको अकालमा मृत्यु हुने गरेको देखिन्छ ।

सुर्तीजन्य पदार्थको सेवनले धेरै थरीका क्यान्सर (जिब्रो, फोक्सो, मुख, घाँटी आदिको), मुटुरोग, स्ट्रोक, फोक्सोसम्बन्धी रोग तथा अन्य स्वास्थ्य समस्या हुन्छ ।

यो वर्ष विश्व स्वास्थ्य संगठनले युवालाई सशक्त बनाई विश्वका ठूला प्रख्यात सुर्तीजन्य पदार्थ बेच्ने कम्पनीका विज्ञापन तथा मार्केटिङमा नफसी कुनै पनि सुर्तीजन्य पदार्थ तथा यसका उत्पादन (सिगरेट, भेपिङ डिभाइस) स्वास्थ्यका लागि अति हानिकारक रहेको तथ्य बुझाउने, यसको प्रयोगलाई हतोत्साही पार्ने मुख्य उद्देश्य लिएको छ ।

यसका लागि समाजमा अग्रणी भूमिका खेल्ने सञ्चारमाध्यम, शिक्षक, अभिभावकलाई प्रयोग गरेर युवालाई यसको सेवनबाट टाढा राख्नुपर्ने सन्देश दिन खोजेको छ ।  

विश्व स्वास्थ्य संगठनका अनुसार सुर्तीजन्य पदार्थ बनाउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीले निम्न तरिका (विज्ञापन)बाट युवालाई आकर्षित गर्न खोज्नेछन् ।

१) स्वाद (फ्लेभर्स) : चेरी, स्ट्रबेरी, चकलेट लगायत विभिन्न स्वादमा सुर्तीजन्य पदार्थ बेच्नु ।

२) ढाँचा (डिजाइन) : स्टिक्स, क्यान्डी, हुक्का जस्ता आकर्षक देखिने सजिलैसँग बोक्न तथा लुकाउन मिल्ने आकारमा बनाउनु ।

३) नभएको कुरा : सुर्ती उत्पादक कम्पनीले कहिल्यै नभएको अनुसन्धान तथा खोज, जस्तैः भेपिङ डिभाइसलाई लिन सकिन्छ, योभन्दा चुरोट नै सफा तथा स्वास्थ्यका लागि कम हानिकारक छ भनेर देखाउँछन् । यी कुरामा पनि सत्यता छैन ।

४) व्यापारिक कुरा :  समाजका चर्चित व्यक्तिहरू, जस्तै : सेलिब्रेटीलाई आफ्नो उत्पादनको विज्ञापन गराउने गर्छन् ।

५) सहज बिक्री स्थान : चुरोट तथा सुर्तीजन्य पदार्थलाई मीठो, गुलियो स्न्याक्स पाइने स्थानको नजिकै बिक्रीलाई राख्ने गरिन्छ । जसमा युवाको सहज पहुँच हुन्छ ।

६) चलचित्र : चलचित्रमा कलाकारले चुरोट तथा सुर्तीजन्य पदार्थ सेवन गरिरहेको अथवा टेलिभिजनमा देखाएर युवालाई आकर्षित गर्ने प्रोपोगान्डा पनि गरिन्छ ।

अहिलेसम्मको खोज तथा अनुसन्धानका अनुसार धेरैजसोले किशोरावस्थाबाट यसको सेवन सुरु गर्छन् । जति सानो उमेरमा सुर्तीजन्य पदार्थ सेवन गर्न सुरु गर्यो, त्यति नै यसको गहिरो लत बस्ने सम्भावना रहन्छ । यही कारणले गर्दा युवाहरू चुरोट तथा सुर्तीजन्य पदार्थको सेवनबाट टाढै बस्नु स्वास्थ्यको लागि राम्रो हुन्छ ।

युवाहरू स्वास्थ हुनु भनेको देशको भविष्य स्वास्थ्य हुनु हो । युवाहरूलाई चुरोट तथा सुर्तीजन्य पदार्थको लतबाट जोगाउन यी कम्पनीको विज्ञापन र मार्केटिङ प्रोपोगान्डाको भण्डाफोर गर्न जरुरी छ ।
अर्को समाचार
चन्द्रागिरि बन्यो जुवा खाल, चारलाख ४३ हजार नगदसहित सोह्रजना पक्राउ
२१ कार्तिक २०७८
•
१ मिनेट पाठ
चन्द्रागिरि बन्यो जुवा खाल, चारलाख ४३ हजार नगदसहित सोह्रजना पक्राउ
नेपाल प्रहरीले रु चार लाख ४३ हजार ५०३ नगदसहित १६ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरि नगरपालिका–१४ पुरानो नैकापस्थित शङ्कर थापाको घरबाट जुवा खेलिरहेको अवस्थामा १६ जनालाई शनिबार राति पक्राउ गरेको हो।




पक्राउ पर्नेमा चन्द्रागिरिका ५२ वर्षीय पुष्कर थापा, ४६ वर्षीय पूर्णबहादुर बस्नेत, ४१ वर्षीय सुदर्शन विडारी, ४६ वर्षीय लव कार्की, ४४ वर्षीय सुदामा केसी, ३१ वर्षीय विजय बुढाथोकी, ५० वर्षीय रवीन्द्र थापा, ४३ वर्षीय राजन खत्री, ३६ वर्षीय विश्वासजङ्ग कार्की, ४० वर्षीय सन्जु थापा, ३८ वर्षीय नीरञ्जन शाह ठकुरी र ४४ वर्षीय अष्टमान महर्जन रहेका छन्।

यस्तै, चन्द्रागिरिकै ४१ वर्षीय शङ्कर थापा, नीरञ्जन केसी, ४७ वर्षीय गणेश रसाइली र ३६ वर्षीय कृष्णबहादुर मगर रहेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले पैसाको ठूलो हारजित हुनेगरी जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जानकारी दिए।  

पक्राउ परेकासँग प्रहरीले नगद, २० बुक तास र विभिन्न रङ्गका क्वाइन बरामद गरेको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले बताए। रासस
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस