आहा त्यो रारा !
१२ वैशाख २०८१
•
६ मिनेट पाठ
आहा त्यो रारा !
भौगोलिक रूपमा दुर्गम कर्णाली जस्तै मुगुको रारा ताल पनि अत्यन्तै विकट छ। मुगुको भिरालो जमिन त्यति खेतीयोग्य पनि छैन। हुन त जौं, गहुँ, आलु, फापर, कोदोलगायतको खेती गर्ने गरिन्छ। तर अहिले कतिपय खेती गर्नै छाडिएको छ।




मुगुका गाउँहरूमा गतवर्ष भदौमा छरेको जौं बैशाखको पहिलो हप्तासम्म पनि काट्ने बेला भएको थिएन्। अझै हरियो अवस्थामै देखिन्थ्यो। त्यहाँ बाली पाक्न ठ्याक्कै एक वर्ष लाग्छ।  ४ वटा स्थानीय तह रहेको मुगुको सदरमुकाम गमगढी सबैको माझमा नै अवस्थित छ।

रारा छेउबाट चंखेली हिमालमा हिउँ टलक्क देखिन्थ्यो। रारा तालबाट ३ घण्टाभन्दा बढीको दूरीमा अवस्थित उक्त हिमाल रारा झै सधै हासिरहेको छ। एक रुपैयाँको नोटमा राखिएको चंखेली हिमाललाई स्थानीयहरू गौरवकै रूपमा लिन्छन्।

मुगु सदरमुकाम गमगढीको सल्लेरीसम्म अहिले मोटरबाटो पुगेको छ। बाहरिबाट रारा घुम्न आउने धेरैलाई बाटोले दुःख पनि दिने गरेको छ। रारा तालको छेउमा पुग्ने जो कोहीँलाई बाटोमा पाइएको दुःखलाई राराको दृश्यले भुलेर पठाउने गरेको छ। अझै सडकको अवस्था सुधार भएको भए त्यहाँबाट अन्यत्र आवत जाउत गर्न कम्तीमा सहज हुने थियो ? 

अहिले सडक पनि उस्तै कठिन छ,भने भाडा पनि त्यत्तिकै महँगो छ। उसो त कर्णालीलाई दुर्गम भएकै कारण राज्यले ठगेको छ। रारा तालको पूरा आकृति हेर्ने हो भने समुद्री सतहदेखि करिब ४ हजार मिटर उँचाइमा रहेको मुर्मा टप उपयुक्त स्थल मानिन्छ। यो स्थानबाट मौसम सफा भएको समयमा मध्य र सुदूरपश्चिमाञ्चलका ६ वटा जिल्लाका भूभागहरु देख्न सकिन्छ,भने राराको सबै भाग नियाल्न सकिन्छ।

यो तालमा विश्वमै कहीँ नपाइने स्नो ट्राउट माछा पाइन्छ। तालको छेउमै रारा राष्ट्रिय निकुञ्जको कार्यालय छ,भने सँगै सुरक्षा व्यवस्थाको लागि नेपाली सेनाको ब्यारेक पनि छ। ब्यारेक नजिकै रहेका दुई वटा होटलमा बास बस्ने सुविधा छ।

मुगु जिल्लामा सडक सञ्जालले छोएपछि रारा आन्तरिक पर्यटकको विशेष रोजाइमा पर्न थालेको हो। रारामा घोडाबाट घुम्ने रहर गरेकाहरुका लागि सल्लेरीबाट राराताल सम्म पुग्न घोडसवारु पाइने गरेका छन्। सल्लेरीमा बास बस्नेहका लागि भने केही होटल पनि छन्।

विशेष गरी रारा यात्राको लागी भदौ देखि कार्तिकसम्म र चैत्रदेखि असारसम्म आन्तरीक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गर्छ। यो समयमा ऋतु परिवर्तन हुने भएकाले अत्याधिक चिसो नहुने,मौसम उचित हुने र वातावरण पनि सुन्दर हुने भएकाले यो समय पर्यटकको रोजाईमा पर्ने गर्दछ। सुन्दर हिमाली फाटहरुमा मनलोभ्याउने फरक रंग र आकृतिका फुलहरुले पर्यटक तान्ने गरेको छ। बाटोमा देखिने काठका पुराना घरहरुले पनि मन लोभ्याउने गरेको छ। 

नयाँ वर्षमा नयाँ ठाउँ घुम्ने इच्छा राखि कालीकोटबाट गएका हामी दुईजना पत्रकार ललित बिष्ट र किरण अधिकारीसँगै कालीकोटका मेडिकल ब्यवसायी तुलाराम बिष्ट,उनका छोरा भिजन बिष्ट,जिल्ला अस्पताल कालीकोटका डाक्टर शुभनारायण  ठाकुरसँगै दाङका डाक्टर सहितको टोली राराको लागि वैशाख १ गते कालिकोटबाट गाडीको यात्रा तय भयो। 

बाटोमा रमाउँदै साझ पख मुगु र जुम्लाको सिमाना भुलभुले लेकको एक होटलमा बास बस्ने निधोसँगै होटलमा झर्र्यौ, होटेल सञ्चालक एक महिला थिइन् । उनीसँग पिउने तातो पानी माग्दा उनीले हाम्रो टिमलाई पानी दिदैँ खषभाषमा ‘लय खाव’ भनिन् त्यो उनको खष लवज सुन्दा डाक्टरहरु ट्वाल परे।

हल्का बुझिने त्यो भाषाको अर्थ लिनुस् खानुस् भन्ने हो। पानी पिएपछि आगोको अगेना नजिक बसेका हामीहरुलाई पोलेको लोकल आलुले स्वागत गरिन्। विस्तारै आलुखाई सक्काएपछि उनले खाना पस्कन सुरु गरिन्।

स्थानीय च्याँङग्राको मासुसँगै अर्गानिक मार्सी चामलको भात, लोकल आलुको तरकारीको स्वादसँगै हाम्रो साझँको भोजन भयो। खाना खाएर सबै जनालाई जाव पाण (घरको माथिल्लो तला) का कोठामा सुत भन्दै कोठा देखाएपछि सबै जना आफ्नो कोठामा सुते।

भुलभुलेको लेकबाट चिरबिर चराको आवाज र हिउँको चिसो सिरेटोसँगै बिहान ५ बजे टोलीका सबै जना उठे चिसो धेरै भएकाले सबैले बिहानको तातो पानी पिउँदै बिहानको नित्यकर्म सके ।

हिमाली जडिबुटी युक्त चियाको स्वाद लिई होटेलबाट बिदा हुदै सबैले आफ्नो झोला गाडीमा राखेर रारातालको लागि बैशाख २ गते बिहानै हाम्रो दोस्रो दिनको यात्रा सुरु भयो।

भुलभुले लेखबाट भिरालो सडकसँगै सात मोडहुदै रारा जाने मुलबाटोबाट सल्लेरी पुग्दा हाम्रो गाडीको यात्रा सकियो। गाडीको यात्रा सकिएसँगै रारा राष्ट्रिय निकुञ्जको गेटले हाम्रो स्वागत गर्‍याे।

वैशाख २ गते दिनमा अलि मधुरो घाम लागेको थियो। अग्ला कोर्णधारी बनस्पतिले भरिपुर्ण सल्लेरी चौर घुम्दै रारा तालको छेउमा रहेको मिलि चौरमा पुग्दा रारा ताल देखिन सुरु भयो। हामी सल्लेरीबाट रारा निकुञ्ज हुदैँ रारा ताल पुग्यौं, पहिलो पटक रारा पुग्दा बाटोमा पाइएको जति दुःख एकै छिनमा बिर्सियौ एक किसिमले मन हलुंगो भयो। 

रारा तालको सुन्दरताको दृश्य अवलोकन गर्दै कोही तस्बिर खिचाउन ब्यस्त भए,भने कोही घोडावलासँग घोडसवारको लागि मुल्य मोलमोलाई गर्दैँ थिए। सामान्य घोडामा चढेर फोटो खिचेको एक सय र घोडसवारको पाँच सय सम्म घोडावालाले लिने रहेछन्। हामी राराको दृश्य अवलोकन गर्दैँ डुङंगा चढ्ने ठाउँसम्म हिडेर पुग्यौं। त्याँ पुग्दा अन्य आन्तरिक तथा वाहृय पर्यटकसँग घुलमिल हुदैँ कुराकानी भयो।

रारा पुगेका दाङका डाक्टरले लगेको साइकलमा चढेर रारा अवलोन गर्दैँ फोटो खिच्न सुरु गरेपछि सबैले साइकल चढ्ने रहर पुरा गर्दै फोटो खिचेर सकिएपछि रारा ताल घुम्न डुङगा चढ्ने ठाउँ सम्म पुग्यौं। डुङगा चढेपछि रारा पुगेको अनुभुति सुरु भयो।

बिहान ७ बजे देखि १२ बजे सम्म मात्र डुङगा चढेर वारपार र घुम्न पाइने रहेछ।  हामीले डुङगा चढ्दा  बिहानको ११ बजेको थियो। ११ बजे देखि १२ बजेसम्म डुङगा चढेर रारा घुम्न सुरु भयो। डुङगामा घुम्दै रारामा एक फन्को मारेपछि हावा चल्न सुरु भएपछि हाम्रो यात्रा पनि तालको छेउमा आएर रोकियो।

रारा छेउमा धेरै घोडावालहरु लाइनमा थिए। सबै जनाले एकएक घोडामा चढेपछि सल्लेरीको रमाइलो घोडेयात्रा सुरु भयो। करिव ३० मिनेटको रमाइलो घोडेयात्रापछि सल्लेरी पुगेर एक होटलमा खाना खाएर केही समयको आराम पछि कालीकोटको यात्रा तय भयो।

बाटोमा विस्तारै गाडीमा सवार भएपछि कोर्णधारी वनको सुन्दर दृश्य खिच्दै,बाटोमा फुलेका गुराँस,हिमालमा रहेको हिउँ,हिमाली फुलसँगै रमाउदै,खष सभ्यताको राजधानी सिंजाँमा पुगियो।

पहिले बाइसे–चौबिसे राज्य हुँदा राजाहरुले राजगरेको दरबार भएको ठाउँमा हाल कनकासुन्दरी मन्दिर रहेछ। वरिपरी सिंजाँ नदी र बिचको अग्लो थुम्कोमा रहेको कनकासुन्दरीको मन्दिर र सिंजाँ उपत्यकाको मनोरम दृश्यले सबैको मन लोभ्यायो।  

सिंजा उपत्यकाको ईतिहास सुन्दै स्याउँ फुलेर सेताम्य भएका बगैँचाका फाटहरु नियाल्दै कालीकोट र जुम्लाको सिमाना नाग्म बजार पुगियो। अति कठिन बाटोको यात्राले थकित हामीहरुले बाटोमा खाजा खादैँ २ गते राती ११ बजे कालीकोटको सदरमुकाम मान्म बजार पुगियो। 

यो दुई दिनको रारा यात्राले केही सिकाई थप्दै रारा पुग्ने पर्यटकको लागि सडक कठिनाई भए पनि राराको सुन्दर दृश्यले फेरी पुग्न उत्साहा थपेको महसुस भएको छ। राराको सौन्दर्यता, कर्णालीको जनजीवन र खस राज्यको एैतिहासिक पृष्ठभुमिको बारेमा बृह्त ज्ञान हासिल गर्ने हाम्रो उपलब्धिमुलक रारा यात्रा रह्यो।  

अर्को समाचार
जाउलाखेललाई हराउँदै थ्रीस्टार आहा ! रारा गोल्डकपको फाइनलमा
१७ माघ २०८०
•
३ मिनेट पाठ
जाउलाखेललाई हराउँदै थ्रीस्टार आहा ! रारा गोल्डकपको फाइनलमा
जाउलाखेलविरुद्ध गोल गरेपछि खुसी मनाउँदै थ्रीस्टारका खेलाडीहरू। तस्बिर: उमेश पुन/नागरिक
थ्रीस्टार क्लब पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपको उपाधि नजिक पुगेको छ। पोखरा रंगशालामा बुधबार भएको प्रतिष्पर्धात्मक खेलमा जाउलाखेल युथ क्लबलाई १–० गोल अन्तरले हराउँदै थ्रीस्टार आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा पुगेको हो।




थ्रीस्टारका लागि वैकल्पिक खेलाडी दीपेश घलेले निर्णायक गोल गरे। ६६ औं मिनेटमा आदित्य शाक्यको ठाउँमा मैदान प्रवेश गरेका दीपेशले खेलको ७८ औं मिनेटमा गोल गर्दै थ्रीस्टारलाई विजयी बनाए। उनले दीपेश आलेले दिएको पासलाई खेर नफाली जाली चुमाएका थिए।

जितसँगै थ्रीस्टार आठौं पटक आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा पुगेको छ। यसअघि सात पटक फाइनलमा पुगेको थ्रीस्टारले पाँच पटक उपाधि जितिसकेको छ। चौथो पटक सहभागिता जनाएको जाउलाखेल भने सेमिफाइनलबाटै घर फर्किएको छ।

सुरुवातदेखि आक्रामक रणनीति अप्नाएको थ्रीस्टारले गोलकालागि भने निकै सङ्घर्ष गर्‍यो। जाउलाखेलविरुद्ध एकपछि अर्को आक्रमण बुनेको थ्रीस्टारले ८, १०, ३१, ३४ र ५२ औं मिनेटमा गोल गर्ने अवसर खेर फाल्यो।

खेलको आठौं मिनेटमै थ्रीस्टारले गोल गर्न पाएपनि सदुपयोग गर्न सकेन। डी–बक्स भित्र थ्रीस्टारका आशिष् चापागाईंले गोल गर्ने अवसर पाएका थिए तर प्रहार गर्न ढिलाइ गर्दा विपक्षी डिफेन्डरले क्लियर गरिदिए।

लगत्तै १० औं मिनेटमा दीपेश आले मगरले हानेको प्रहार पनि पोष्ट भन्दा माथिबाट बाहिरियो। ३१ औं मिनेटमा पेनाल्टी एरियामा नै आशिषले पाएको अवसर खेर फाले। उनले हानेको प्रहार फ्रेममा परेन। ३४ औं मिनेटमा दीपेश आले मगरको क्रसमा आशिष् चापागाईंले बल नियन्त्रणमा लिएर गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरियो।

दोस्रो हाफको सुरुवातमा थप आक्रामक बनेको थ्रीस्टारले ५२ औं मिनेटमा पेनाल्टी एरिया नजिकै पाएको फ्रि किकलाई सदुपयोग गर्न सकेन। आशिष् चापागाईंले गरेको फ्रि किक प्रहारले गोलपोष्टको दिशा लिन सकेन।

एक गोलको अग्रता बनाएपछि भने थ्रीस्टार रक्षात्मक बन्यो। जाउलाखेललाई गोल गर्नबाट रोक्ने रणनीति अप्नाएको थ्रीस्टार त्यसमा सफल हुँदै विजयी भयो।

पहिलो हाफ पर्ख र हेरको रणनीति अप्नाएको जाउलाखेलले पनि गोल गर्ने अवसर पाएको थियो तर सदुपयोग गर्न नसक्दा पराजय बेहोर्नुपर्‍यो। खेलको २३, २९, ३८, ५६ र ७८ औं मिनेटमा जाउलाखेलले गोलको अवसर सिर्जना गरेको थियो। 

खेलको तेईसौं मिनेटमा सुनिल खड्काले गरेको कडा प्रहार गोल पोष्टभन्दा माथिबाट बाहिरियो। २५ औं मिनेटमा हिसुब थपलियाले गरेको कर्नर प्रहार विपक्षी गोलरक्षकले मुश्किलले पञ्च गरेर बचाए। ३८ औं मिनेटमा हिसुबको क्रसमा सुनिल खड्काको प्रहार फितलो हुँदा बलले जाली चुम्न पाएन। फ्रेममा परेपनि फितलो हुँदा थ्रीस्टारका गोल रक्षक अभिषेक बरालले सजिलै नियन्त्रणमा लिए।

५६ औं मिनेटमा विशाल तामाङले पेनाल्टी एरियामा दिएको क्रसमा हिसुबले नियन्त्रणमा लिन नसक्दा अवसर गुम्यो। ७८ औं मिनेटमा हिसुबले गरेको प्रहार विपक्षी गोलकिपरसँग ठोक्किँदै रिबाउण्ड भएर आएको बललाई प्रदीप बुढाथोकीले पुनः प्रहार गरेपनि फ्रेममा परेन।

एक गोलले पछि परेपछि रणनीति बदलेर आक्रामक बनेको जाउलाखेलले एकपछि अर्को आक्रमण बुन्यो। उसले ८५ औं र ९० औं मिनेटमा गोलको अवसर पाएको थियो तर सदुपयोग गर्न सकेन। दुवै प्रहारमा विपक्षी गोलरक्षक अभिषेक बराल बाधक बने।

बुधबारको विजेता थ्रीस्टारले अब चर्चब्वाईज युनाइटेड क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी बिचको विजेतासँग शनिबार खेल्नेछ। चर्चब्वाईज र त्रिभुवन आर्मीबिच बिहीबार दिउँसो प्रतिष्पर्धा हुनेछ।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५० मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
यो पनि पढौँ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस