जनकपुरधाम धनुषाको हंसपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार प्रदिप यादव निर्वाचित भएका छन्। उनी आफ्नो प्रतिस्पर्धीभन्दा १ हजार ५९४ मत बढी पाएर विजयी भएका हुन्।
उपमेयरमा एमालेकी उम्मेदवार सुनिता सिंह बुढाथोकी निर्वाचित भएकी छिन्। उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार निर्मला कोइरालालाई ६७९ मतान्तरले पराजित गरेकी हुन्।
धनुषामा जम्मा १८ वटा पालिका रहेको छ। जसमध्ये १० पालिकाको अन्तिम परिणाम आइसकेको छ। छ पालिकामा नेपाली कांग्रेस, तीन पालिकामा (जसपा) र दुई पालिकामा एमालेका उम्मेदवार विजयी भएका छन्। बाँकी ८ वटा पालकिाको...
धनुषाको सहिदनगर नगरपालिका मेयर पदमा (जसपा) का उम्मेदवार दिनेश प्रसाद यादव विजयी भएका छन्। उनी नेपाली कांग्रेसका उम्मेदवार सुधीर गोइत भन्दा १६ सय ३८ मत बढी ल्याएर विजयी भएको हुन्।
पच्चीस वटा वडा रहेको जनकपुरधाम उपमहानगरपालिकामा १ देखि ६ नम्बर वाडासम्मको मतगनणा सम्पन भएर नतिजा सर्वजानिक भैइसकेको छ। चार वटा वडा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।
जनकपुरधाम धनुषाको सहिदनगर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजय भएका हुन्। वडा नम्बर २ मा वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका सतेन्द्र चौरबार यादव निर्वाचित भएको हो।