वीरेन्दनगर–४ का अध्यक्ष भूपेन्द्र खत्री र वडा नं. ९ का अध्यक्ष सुरेश मानन्धरले जनप्रतिनिधि हुँदा पाएको सरकारी सुविधावापतको तलब भत्ता गरिब, जेहेन्दार तथा आश्रित बालवालिकाको शिक्षामा खर्चिएका छन्।
नमुना गाउँ निर्माणका लागि भन्दै सुर्खेतका स्थानीय तहसँग साझेदारी कार्यक्रम सञ्चालन गरेर दुई करोड रुपैयाँ बढी ठगी गरेको प्रमाणका आधारमा नमुना समाजका अध्यक्षसहित १६ जना पदाधिकारी र कर्मचारीलाई कारवाही ग...
वीरेन्द्रनगर–९ को चाँदनीचौकी, अलायाचौरलगायतका क्षेत्र उपत्यकाभित्रै पर्छन्। तर, यातायातका हिसाबले सुर्खेत उपत्यकाको तल्लो क्षेत्र अझै दुर्गम मध्येको एक हो।
जिल्ला अदालत सुर्खेतले बलात्कार पीडित राउटे समुदायका युवतीको पहिचानसहित अनलाइनमा समाचार र फेसबुकमा स्टाटस लेख्ने एक पत्रकारलाई पाँच महिना कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको छ।
पहिलो चरण अन्तर्गत टनेल निर्माण सम्पन्न गरेको आयोजनाले दोस्रो चरण अन्र्तगत सिभिल स्टक्चरका कामहरू गरिरहेको छ। आयोजनाका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) पवन अधिकारीले तेस्रो चरणका कामहरू केही दिनभित्रै...
एक महिनाअघि युवतीको गाउँ लिप्रु पुगेर चन्द्रले सुन्तलीलाई भगाएर विवाह गरे। प्रेम गरेर उपल्लो जातकी युवती भगाएर घर ल्याएपछि सामाजिक परम्परा अनुसार धनन्जय कामीले धुमधामका साथ बुहारी भित्र्याए।
कर्णाली प्रदेश सरकारले सशस्त्र द्वन्द्व र प्रदेश प्राप्तिको आन्दोलनका घाइते तथा अपांगता भएका व्यक्तिहरूको तीनवटा अस्पतालबाट निःशुल्क उपचार सुरु गरेको छ।