सरकारको बागडोर समालेका मन्त्री र कर्मचारीको मिलेमतोमा पछिल्लो समय भ्रष्टाचार गर्न दुईवटा सजिलो माध्यम बनाइएको छ– जिटुजी र मन्त्रिपरिषद्को नीतिगत निर्णय।
चालु आर्थिक वर्षमा सरकारले चार खर्ब आठ अर्ब रुपैयाँ विकास बजेट गर्ने लक्ष्य राखेको छ। वर्षको आधा समय बित्यो। खर्च भने ५२ अर्ब रुपैयाँ मात्र भएको छ। यसले बलियो सरकारको कमजोर विकास खर्च देखाउँछ।
सरकारले कर्मचारीतन्त्रमा व्याप्त कमिसन जालो च्यात्दै आर्थिक पारदर्शिता कायम गर्न बिल रकम भुक्तानी सिधै सम्बन्धित पार्टीको बैंकखातामार्फत गर्ने लेखा प्रणाली लागू गरेको छ । कार्यालय प्रमुख र लेखा प्रमुख...