संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले कोरोना बीमा बापत प्राप्त रकम र आफ्नो पारिश्रमिकबाट ताप्लेजुङका एक हजार पाँच सय ७६ जनाको कोरोना बीमा गरिदिएका छन्।
कार्यरत तीनजना सञ्चारकर्मीमा कोरोना संक्रमण देखिएपछि ताप्लेजुङको फुङ्लिङबाट प्रसारण हुने रेडियो तमोर १०२ मेघाहर्जको नियमित प्रसारण मंसिर १५ सम्मलाई बन्द गरिएको छ।
ताप्लेजुङमा १० नयाँ कोरोना संक्रमित थपिएका छन्। ११ संक्रमितसहित ४४ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा १० नयाँ र यसअघि संक्रमित १ जना गरी ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ।