साढे ३ महिनायताको लकडाउनका कारण मानिस आउ–जाउ शून्य हुँदा पर्यटकीय जिल्ला इलामको होटल र यातायात व्यवसायमा गम्भीर असर पुगेको छ । बैंकबाट ऋण काढेर लगानी गरिएका होटल र सवारी साधन ठप्प हुँदा व्यवसायीलाई कर...
इलामस्थित स्वास्थ्य कार्यालय र सँगै रहेको इलाम अस्पतालमा कोरोना फैलिएको छ। आइतबार एकै दिन स्वास्थ्य कार्यालयसँग सम्बन्धित ३ जना र अस्पतालका १ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो।
माई नगरपालिकामा ४ दिनअघि शिक्षकको हत्या गर्ने आरोपी पक्राउ परेका छन्। माई नगरपालिका–१, बिहीबारेका ४६ वर्षीय शिक्षक पुष्पलाल राईको हत्याका आरोपी त्यहींका ४५ वर्षे पदम राई पक्राउ परेका हुन्।
इलामको चौथो जिल्लासभाले दिगो विकास प्रयासका लागि ३१ बुँदे विशेष प्रस्ताव पारित गरेको छ। कोभिड–१९ को महामारीका बेला सरकारले तोकेको मापदण्डमा रहेर कृषि उत्पादन, बजारीकरण गर्नेदेखि यो वर्षभर गरिने भौतिक...
किसानको भरपर्दाे आम्दानी बनिरहेको अकबरे (खुर्सानी) तेस्रो मुलुकसमेत निर्यात हुन थालेको छ। सयौं किसानको व्यावसायिक उत्पादन भइसकेको अकबरे नेपाल र भारतपछि अमेरिका, हङकङलगायत देशमा निर्यात सुरु भएको हो।
‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पछ्याउँदै गाउँ–गाउँमा ‘सिंहदरबार’ पुर्याउने लक्ष्यले गठित स्थानीय तह ३ वर्ष बित्दा पनि भौतिक पूर्वाधार निर्माणमै केन्द्रित देखिएका छन् ।