गोरखाको आरुघाट गाउँपालिका नेपाली कांग्रेसले जितेको छ। अध्यक्षमा राजु गुरुङ र उपाध्यक्षमा कल्पना नेपाली बिजयी भएका हुन् । गुरुङले ५५५६ मत ल्याए भने नेपालीले ५६३१ मत ल्याइन्।
गोरखाको अजिरकोट गाउँपालिका माओवादी केन्द्रले जितेको छ। माओवादी केन्द्रको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार रहेका दिपक देवकोटाले ३७८७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसक...
नेपाली कांग्रेसबाट उपप्रमुख पदकी उम्मेदवार इन्द्र गुरुङलाई हराउँदै उनले ३५३२ मत ल्याएर विजयी भईन। गुरुङले ३३६१ मत ल्याएको अजिरकोट गाउँपालिकाका मूख्य निर्वाचन अधिकृत कमलराज भण्डारीले बताए।
नेकपा माओवादी केन्द्रले १४ वटा वडा जितेको छ। नेपाली कांग्रेसले १० वटा वडामा विजयी हाँसिल गरेको छ भने एमाले ३ र जनता समाजवादी पार्टी एउटा वडामा बिजयी भएको छ।
गोरखा नगरपालिकाको वडा नम्बर १ र २ को मतगणना सकिँदा मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ। कांग्रेसले मेयरमा १ हजार ५६ मतल्याएको छ भने उप मेयरमा १ हजार ८० मतप्राप्त गरेको छ।
गोरखा नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस बिजयी भएको छ। वडा अध्यक्ष हिक्मतबहादुर कुँवर दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा निर्वाचित भएका हुन्। उनले ४९२ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्द्ध...