निःशुल्क शिक्षाको संविधानत मर्मलाई ख्याल नगरी निजी विद्यालयले तोकिएबमोजिम शुल्क उठाउन पाउने प्रावधानमा कुनै नियन्त्रण राख्न खोजिएको देखिँदैन। संविधानमा व्यवस्था भएझैँ अनिवार्य तथा निःशुल्क शिक्षाको आभ...
आजको विश्व राजनीतिक विषम मोडमा उभिएको छ। कैयौँ शताब्दीदेखि लोकतन्त्रका निम्ति संघर्षरत मानवीय प्रयासबाट प्राप्त गरिएको राजनीतिक शासन पद्धतिले आशानुरूपको परिणत दिन नसकेको घामझैँ छर्लङ्ग छ।
नागरिकलाई आफ्नो अधिकार र कर्तव्यको ज्ञान दिँदै लोकतान्त्रिक मूल्य मान्यता र संवैधानिक कानुन पालना गर्न सिकाउँदै राजनीतिक सहभागिता र मानवीयकरण गराउने काम नागरिक शिक्षाले गर्ने हो।