अन्तरिक्ष अन्वेषणका क्रममा तत्कालीन शक्ति राष्ट्रहरू अमेरिका र सोभियत संघले धेरै क्षति बेहोरे, दर्जनौँ यान ध्वस्त भए। वर्षौँको असफलता र हन्डरपछि अन्तरिक्ष यान बने, ब्रह्माण्डको खोजी सुरु भयो।
निको नहुने अर्बुद रोगको इलाजमा गरिबले आफ्नो घरबार धरौटी राखेर अस्पतालको बिल भुक्तानी गर्ने, पछि बिरामी पनि सन्चो नहुने अनि पूरा परिवार सडकमा आउने परिस्थितिमा पुनर्जागरणको आवश्यकता देखियो। त्यस्तै अवस्...