सोह्र दिन एकछाक चोखो भोजन गरौँ, तर विचारलाई पनि निर्मल राखौँ। श्रृंगार गरौँ, तर बोलीलाई पनि सुन्दर बनाऔँ। दीप बालौँ, तर कसैको आशा निभ्न नदिऔँ। समृद्धिको कामना गरौँ, तर अरूको दुःख माथि आफ्नो वैभवको महल...
भाद्र शुक्ल तृतीयाको सङ्घारमा फेरि एकपटक सहरका गल्लीदेखि गाउँका मझेरीसम्म रातो रङको लहर छाएको छ। रातो सारी, पोते, हरियो धागो, छमछमी बज्ने चुरा र सिन्दूरले सजिएका अनुहारहरूमा तीजको चमक प्रस्टै देखिन्छ।