एक आमनेपालीको सपना के हुन सक्छ? राम्रो, सुखद, हाँसो, खुसी, नाचगान, धनधान्य...। सपना जे देखेको भए पनि विपनामा वास्तविक धरातल फरक हुन सक्छ। सपना सपनै हो, विपना विपनै।
देशको अवस्था देखेर कहिलेकाहीँ त दिक्क लागेर आउँछ। के गर्ने? आफूले केही गर्न सक्ने होइन। केही गरुँ भने क्षमता/दक्षताको नाउँमा आफूसित फुट्या कौडी छैन। दिमागमा बुद्धि छैन।
यसैसाता जनवरी २८ का दिन बिहारको राजधानी पटनास्थित राजभवनमा नितिशकुमारले तेस्रोपटक मुख्यमन्त्री पदको सपथ ग्रहण गरे। २०२० मा सम्पन्न १७औँ विधान सभाको पाँच वर्षे कार्यकालमा तेस्रो भए पनि उनको उनले नवौँ प...