नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समययता बारम्बार संकटपूर्ण परिस्थितिको सामना गर्नुपर्ने सम्भावित अवस्थाप्रति सचेत गराउने सन्देश दिनुभएको सुनियो।
आफ्नो जीवन कति वर्ष लामो हुन्छ भन्ने कसैलाई थाहा हुँदैन। तर पनि निर्धक्क बाँचिरहेका हुन्छौँ हामी सामान्य अवस्थामा। सामान्य दिनचर्या चलिरहेकै हुन्छ। एउटा कुरा,जीवन कसरी जिउने भन्ने जानेका मानिस दीर्घाय...