हिमाली गाउँपालिका जुगलमा माओवादी–कांग्रेस गठबन्धले जितेको छ। पालिका अध्यक्षमा माओवादी उम्मेदवार रेशम स्याङ्वो र उपाध्यक्षमा कांग्रेसका हिमालकुमार श्रेष्ठ निर्वाचित भएका हुन्।
एमालेको परम्परागत गढ मानिने पश्चिमी सिन्धुपाल्चोकको केन्द्र मेलम्ची नगरपालिकामा कांग्रेसले भत्काइ दिएको छ। मेलम्ची नगरको प्रमुखमा कांग्रेस उम्मेदवार आइतमान तामाङ निर्वाचित भएका छन्।
सार्वजनिक मतपरिणामअनुसार चार स्थानीय तह जित्दै कांग्रेस जिल्लामा पहिलो पार्टी बन्नेतर्फ अग्रसर छ। दुई स्थानीय तहमा विजयी हुँदै माओवादीले कांग्रेसलाई पछ्याइरहेको छ । एमालेले भने एक तहमा जित निकालेको छ।
जिल्ला पार्टीका दुई पूर्वप्रमुखबीचको प्रतिस्पर्धाले चासोकासाथ हेरिएको इन्द्रावती गाउँपालिकामा एमालेले बाजी मारेको छ। पालिका अध्यक्षमा झम्क नेपाल र उपाध्यक्षमा शोभना तामाङ विजयी भएका छन्।
त्रिपुरासुन्दरी गाउँपालिकामा कांग्रेस विजयी भएको छ। पालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेस उम्मेदवार निर्वाचित भएका हुन्। अध्यक्षमा भक्तध्वज बोहोरा र उपाध्यक्षमा गीताकुमारी नेपाल विजयी भएका हुन...
यसअघिको स्थानीय चुनावमा पनि तामाङ बलेफी प्रमुखको प्रतिस्पर्धामा थिए। तर त्यतिबेला एमालेका केदार क्षेत्रीसँग साढे एक सयभन्दा कम मतान्तरले उनी पराजित भएका थिए। उनलाई हराएका क्षेत्री अहिले कांग्रेसमा छन्...
स्थानीय तह निर्वाचनमा हेलम्बु गाउँपालिका जितेर कांग्रेसले सिन्धुपाल्चोकमा खाता खोलेको छ। कांग्रेस उम्मेदवार निमाग्याल्जेन शेर्पा अध्यक्षमा पुनः दोहोरिएका छन्।