चिन्नेका लागि साग नचिन्नेका लागि झार बन्छ, हिजो सजाएको गलाको हार आज भार बन्छ।
यस्तै हो महोदय, यहाँ पाइलापाइलामा डर छ, हिंड्न नजाने दैलाठेला पनि तरवारको धार बन्छ।
माया नाप्न याद चाहिन्छ मिटर किन चाहिन्थ्यो, सम्झनाले नै तातो दिने भए हिटर किन चाहिथ्यो। माघ लागेपछि पो बल्ल बढ्दैछ त चिसोको ग्राफ, प्रेम विशेषज्ञ कृष्ण छँदैछन् पिटर किन चाहिन्थ्यो।