धनबहादुर श्रेष्ठ धनबहादुर श्रेष्ठ
विडम्बना, विचित्रैको छ संसार पनि, बिरामी मरेपछि डाक्टर आइपुग्यो!
कला/साहित्य
Clock ०७ माघ २०८१ | १ मिनेट पाठ
विडम्बना, विचित्रैको छ संसार पनि, बिरामी मरेपछि डाक्टर आइपुग्यो!
जब डिभोर्स भयो तब जार आइपुग्यो, मौरी भागेपछि मात्र घार आइपुग्यो। बिडम्बना, विचित्रैको छ संसार पनि, बिरामी मरेपछि डाक्टर आइपुग्यो।
Whatsapp
भोको पेट नाङ्गो आङलाई के राष्ट्रियता, विदेशको भिसा लाग्दा खुशी हुन्छ मान्छे!
कला/साहित्य
Clock १३ पौष २०८१ | १ मिनेट पाठ
भोको पेट नाङ्गो आङलाई के राष्ट्रियता, विदेशको भिसा लाग्दा खुशी हुन्छ मान्छे!
कहिले निम्ठो, कहिले झुसी हुन्छ मान्छे,अनायासमै किन यत्रो छुसी हुन्छ मान्छे। भोको पेट नाङ्गो आङ्लाई के राष्ट्रियता! विदेशको भिसा लाग्दा खुशी हुन्छ मान्छे।
Whatsapp
अरू खुशी हुने त तपाईं रुँदासम्म न हो!
कला/साहित्य
Clock २० कार्तिक २०८१ | १ मिनेट पाठ
अरू खुशी हुने त तपाईं रुँदासम्म न हो!
कुर्सीको आयु पद, शक्ति हुँदासम्म न हो,अरू खुशी हुने त तपाईं रूँदासम्म न हो। सिँगारपटार जति गरे नि आखिर के गर्नु, सौन्दर्य रहने त पानीले नधुँदासम्म न हो।
Whatsapp
मान्छे मान्छे नै हो, कुनै अरू जात हुँदैन!
कला/साहित्य
Clock २४ साउन २०८१ | १ मिनेट पाठ
मान्छे मान्छे नै हो, कुनै अरू जात हुँदैन!
बगिरहन्छ नदी, कुनै दिन अनि रात हुँदैन,मान्छे मान्छे नै हो, कुनै अरू जात हुँदैन। थाहा हुँदैन अघाएकालाई भोकाको पीडा, साथी के साथी, जब अप्ठेरोमा साथ हुँदैन।
Whatsapp
कैयौं चोट सहीसही मीठो धुन दिन्छ मादलले!
कला/साहित्य
Clock ०७ साउन २०८१ | १ मिनेट पाठ
कैयौं चोट सहीसही मीठो धुन दिन्छ मादलले!
कैयौं चोट सहीसही मीठो धुन दिन्छ मादलले,आफू रोएर अरूलाई शीतलता दिन्छ बादलले। अरूलाई खुशी पार्न मूल्य चुकाउनुपर्छ हजुर, आफू खिएरै भए पनि सुन्दरता भर्छ गाजलले।
Whatsapp
आवादी भए सामाजिक सञ्जाल,बाँझो खेत अनि बारी छ यहाँ!
कला/साहित्य
Clock २८ असार २०८१ | १ मिनेट पाठ
आवादी भए सामाजिक सञ्जाल,बाँझो खेत अनि बारी छ यहाँ!
धानको रोपाइँ जारी छ यहाँ,बोरा चामलको पारी छ यहाँ। आवादी भए सामाजिक सञ्जाल,बाँझो खेत अनि बारी छ यहाँ।
Whatsapp
मौरीले पनि छोड्छ फूल रस नपाएपछि!
कला/साहित्य
Clock ०५ असार २०८१ | १ मिनेट पाठ
मौरीले पनि छोड्छ फूल रस नपाएपछि!
आउँदैन काममा मज्जा, जस नपाएपछि, मौरीले पनि छोड्छ, फूल रस नपाएपछि।यथास्थितिबाट समस्याको समाधान हुन्न, पैदलै पनि गर्नुपर्छ यात्रा, बस नपाएपछि।
Whatsapp
बसेका सबै थाकेका हुँदैनन्!
कला/साहित्य
Clock १३ जेष्ठ २०८१ | १ मिनेट पाठ
बसेका सबै थाकेका हुँदैनन्!
बसेका सबै थाकेका हुँदैनन्, आउने सबै डाकेका हुँदैनन्। भेट्दैमा क्याप्प खानु हुँदैन, पहेंला सबै पाकेका हुँदैनन्।
Whatsapp
हजारौं मान्छेहरूमा चिनेको एउटा थिएन!
कला/साहित्य
Clock २८ वैशाख २०८१ | १ मिनेट पाठ
हजारौं मान्छेहरूमा चिनेको एउटा थिएन!
हजारौ मान्छेहरूमा चिनेको एउटा थिएन, निस्वार्थ थियो माया कुनै सम्झौता थिएन। माग्नेले मागिरहें पाउनलाई केही पाएनन, मन्दिर त थियो त्यहाँ दिने देउता थिएन।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस