पछिल्ला तीन दशक अवधिमा विगत पाँच वर्ष सबैभन्दा नराम्रा रहे। विशेषगरी चर्काे ब्याज दरले विकासशील देशहरू उच्च ऋणमा पिल्सिएका छन् भने गरिब अर्थतन्त्र भएका आधाजसो देश कोभिड–१९ महामारीपछि तंग्रिन सकेका छैन...
विद्यमान नीतिगत संकटले विश्व आर्थिक मन्दीतर्फ उन्मुख छ। खाद्यवस्तु र ऊर्जाको मूल्यमा भएको बढोत्तरी, महामारी तथा जलवायु परिवर्तन यसका लागि प्रमुख कारण देखिएका छन्।