नुवाकोटको विदुरस्थितस्थित शेरा दरबार क्षेत्रले चर्चेको १८४ रोपनी जग्गामध्ये १६४ रोपनी १३ आना जग्गाको नापीमै कैफियत औंल्याइएपछि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको टोली नुवाकोट पुगेको छ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र सचिव भरतमणि सुवेदीबीच एक महिनायता बोलचाल बन्द छ। संघीय समयमै कर्मचारी खटाउने विषयमा मन्त्री र सचिवबीच विवाद हुँदा त्यस्तो अवस्था आएको हो।
नेकपा एमालेले अनियमिततामा मुछिएका जोसुकैविरुद्ध निर्ममतापूर्वक प्रस्तुत हुन र भ्रष्टाचार भएको भनी चर्चामा रहेका सबै प्रकरणको यथाशीघ्र छानबिन गरी निष्कर्षमा पु¥याउन सरकारको ध्यानाकर्षण गरेको छ।
नेपाल–भारत सीमा क्षेत्रमा तस्करी रोक्न नसकेको भन्दै सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई मुख्यालयमा हाजिर गराएर सोधपुछ गर्न थालिएको छ।