तेह्रथुम यात्रा: सङ्कल्पको उकालो र चेतनाको उज्यालो
०८ साउन २०८३
•
११ मिनेट पाठ
तेह्रथुम यात्रा: सङ्कल्पको उकालो र चेतनाको उज्यालो
मानव जीवन आफैँमा एउटा अविरल र रहस्यमय यात्रा हो, जहाँ समयका सानातिना फुर्सदहरूले पनि नयाँ भूगोल र जीवनदर्शनसँग साक्षात्कार गराउने चेतनाको ढोका खोलिदिन्छन्। सरकारले उपलब्ध गराएको साताको दुई दिने बिदा र छोराको प्रथम त्रैमासिक परीक्षापछिको फुर्सदलाई हामीले केवल आराममा सीमित राखेनौँ। त्यसलाई नयाँ भूगोल र संस्कृति बुझ्ने अवसरमा बदल्ने उद्देश्यका साथ कोशी प्रदेशको सबैभन्दा सानो तर उच्च बसाइँसराइको समस्या झेलिरहेको पहाडी जिल्ला तेह्रथुमतर्फ पाइला मोड्ने दुई दिने खाका कोरियो।




मानव जीवनमा इच्छाशक्ति नै त्यो आन्तरिक ऊर्जा हो, जसले मानिसलाई हरेक भौतिक र प्राकृतिक बाधासँग जुध्ने सामर्थ्य प्रदान गर्छ। जब मनभित्र घुम्ने र प्रकृतिलाई स्पर्श गर्ने अगाध चाहना जाग्छ, तब परिस्थितिका चुनौतीहरू फिक्का बन्दै जान्छन्। आकाशबाट निरन्तर बर्सिरहेको मुसलधारे झरीले सडक हिलाम्मे बनाएको थियो, तर त्यसले हाम्रो यात्रा - तृष्णा र दृढ आत्मबललाई पखाल्न सकेन।

भौतिक यात्रा सुरु हुनुअघि नै नियतिले हाम्रो धैर्यको परीक्षा लिन थाल्यो। गाडीको ट्याङ्कीमा इन्धनको आहार भरिसकेपछि, खै कुन अविश्वासको कारण हो-चालकले अकस्मात जान अस्वीकारे तर हाम्रो सङ्कल्प पछि हट्न मानेन। तत्काल अर्का चालकको व्यवस्था गरियो। जब गाडीको इन्जिन गुन्जियो, तब  एउटा डरलाग्दो यथार्थ अगाडि आयो - गाडीको ब्रेक राम्रोसँग लागिरहेको थिएन।

घुमाउरो पहाडी बाटो, निरन्तरको झरी र गाडीमा सवार सम्पूर्ण परिवारका सदस्यहरू - यी सबैको सुरक्षा हाम्रा लागि प्राविधिक विषय मात्र थिएन, जीवनप्रतिको गम्भीर दायित्व र विवेकको प्रश्न थियो। साहसी हुनु भनेको अन्धो जोखिम मोल्नु मात्र होइन: परिस्थिति, समय र जीवनको मूल्य बुझेर सही समयमा विवेकपूर्ण निर्णय लिनु पनि हो। यदि यात्रा नै जीवन हो भने, सुरक्षा त्यसको प्रथम पूर्वसर्त हो। जोखिमयुक्त साधनमा सवार भएर गन्तव्यमा पुग्ने हतारोभन्दा, सुरक्षित र सचेत भएर पाइला बढाउनु नै बुद्धिमतापूर्ण हुन्छ। हामीले तुरुन्तै त्यो गाडी त्याग्ने निर्णय गर्‍याैं  र अर्को सुरक्षित साधनको खोजीमा लाग्यौँ। यसरी, विभिन्न अलमल र प्राविधिक चुनौतीहरू पन्छाउँदै हाम्रो तेह्रथुम यात्राले नयाँ र आशावादी मोड लियो।

‘अजिङ्गरको आहार दैवले पुर्‍याउँछ’ भनेझैँ हाम्रा अगाडि पहाडी भूगोलका लागि उपयुक्त अर्को गाडी आइपुग्यो। हाम्रा लागि थप आश्वस्त पार्ने कुरा त के थियो भने, चालक हाम्रा पूर्वपरिचित र धेरै  पहाडी यात्राहरूमा सहयात्रा गरिसकेका अनुभवी मित्र हुनुहुन्थ्यो। जब हामी इटहरी पुग्यौँ तबसम्म आकाशले पनि आफ्नो बादलको घुम्टो उघारिसकेको थियो - झरी रोकिएर मौसम कञ्चन बन्यो। ढिलाइ भइसकेको समय पछ्याउँदै, बाटोभरि छोराले सोधेका कौतूहलपूर्ण प्रश्नहरूको उत्तर दिँदै हामी निरन्तर गन्तव्यतर्फ लम्किरह्यौँ। धरान प्रवेश गरेसँगै हाम्रो यात्राले साहित्यिक आयाम पनि ग्रहण गर्‍याे।

त्यहाँ ‘चियासँग कविता अभियानका अभियन्ता एवम् धनकुटाका अग्रज साहित्यिक पत्रकार गोपाल बराइलीसँग हाम्रो अप्रत्याशित भेट भयो। उहाँको आत्मीय अडान र स्नेही हठका अगाडि हाम्रा पूर्वनिर्धारित समयतालिकाहरू फिक्का बने। धनकुटामा आयोजना हुन गइरहेको ‘चियासँग कविता‘  कार्यक्रममा सहभागी गराएरै छाड्ने उहाँको प्रेमिल ढिपीले हाम्रो यात्रालाई नयाँ उचाइ दियो।

हाम्रो अगाडिको यात्रा अब पहाडका घुम्तीहरू पार गर्नुमा मात्र सीमित रहेन, कोशी प्रदेशमा नेपाली साहित्यको वर्तमान अवस्था, चुनौती र सम्भावनामाथि केन्द्रित रहेर एउटा जीवन्त विमर्श बन्यो। गाडीको गतिसँगै हाम्रा विचारहरू पनि साहित्यका गम्भीर पाटाहरूमा पौडिन थाले,

- पठन संस्कृतिको क्षयीकरण: आधुनिक प्रविधिको तीव्र प्रभावसँगै पछिल्लो समय पठन संस्कृति कसरी खस्कँदै गएको छ र साहित्यका निष्ठावान् पाठकहरूको सङ्ख्या किन घट्दै छ भन्ने विषयमा गहन चिन्तन भयो।

- स्रष्टा र गुटबन्दी:  लेखकहरू स्वयं विचार र सिर्जनाको व्यापकताभन्दा माथि उठ्न नसकेर सानातिना गुटबन्दीमा रमाउँदा साहित्यको मौलिक आत्मा कसरी घाइते भइरहेको छ भन्नेमा दुःख व्यक्त गरियो।

- पुरस्कार र सम्मानको विकृति:  सम्मान तथा पुरस्कारहरू निश्चित मापदण्ड र साधनाभन्दा पर गएर आफन्तवाद, चाकडीवाद र साटासाटको चक्रव्यूहमा जकडिएको तितो यथार्थमाथि आलोचनात्मक मन्थन भयो।

विचारहरूको यस्तै गहन र जीवन्त संवादमा हराउँदा(हराउँदै समय बितेको पत्तै भएन। थाहै नपाई हामी भेडेटारको चिसो र मनोरम काखमा पुगिसकेका रहेछौँ। भेडेटारको सिरसिर हावा र शीतल वातावरणमा गाडी रोकेर हामीले बिहानको भोजन गर्‍याै। शरीरमा नयाँ ऊर्जा र मनमा साहित्यिक विचारका तरङ्गहरू बोकेर हामी पुनः तेह्रथुमको गन्तव्यतर्फ अघि बढ्यौँ।

यात्राको गतिसँगै हाम्रा विचारका तरङ्गहरू अझ गम्भीर बन्दै गए। बाटोभरि साहित्यिक संस्था र गतिविधिहरूलाई जीवित राख्न स्रष्टाहरूले गर्नुपर्ने कठिन सङ्घर्ष, अनि कसैको प्रगतिमा टेको दिनुको साटो खुट्टा तानी हाल्ने हाम्रो सङ्कुचित सामाजिक प्रवृत्तिमाथि हामीले मन्थन गर्‍याैं। नेपाली समाजमा अझै जरा गाडेर बसेका जातीय, लिङ्गीय, क्षेत्रीय, भाषिक र वैचारिक विभेदका काला छायाहरूले समग्र साहित्य र चेतनाको धरातललाई कसरी क्षतविक्षत बनाइरहेका छन् भन्ने विषयमा गहन संवाद भयो।

धनकुटाको माटोमा पाइला टेकेपछि हाम्रो मनमस्तिष्क एउटा विशेष प्रेरणाको स्रोततर्फ आकर्षित भयो। हामी शारीरिक सीमाहरू पूर्णतः परास्त गर्दै, खुट्टाका औँलाहरूका माध्यमबाट नेपाली साहित्यमा कालजयी इतिहास रच्न सफल राष्ट्रिय प्रतिभा - भेट्न कचिडेतर्फ मोडियौँ। उहाँ नेपाली साहित्यकी एक जाज्वल्यमान नक्षत्र हुनुहुन्छ, जसको जीवन स्वयंमा जिजीविषा र साधनाको दर्शनको रूपमा स्थापित छ।

सदरमुकामबाट करिब डेढ किलोमिटरकै दूरीमा रहेको उहाँको निवाससम्म पुग्ने बाटोको दयनीय अवस्था देख्दा हाम्रो मन अमिलो मात्र भएन, राज्यको दृष्टिकोणमाथि गम्भीर प्रश्न पनि उब्जियो। उहाँको गृह - आँगनमा पुगेपछि उहाँको शारीरिक अवस्था नजिकबाट नियाल्दा, विपद् र बिरामी पर्दा उपचारको न्यूनतम पहुँच कसरी सम्भव हुन्छ होला भन्ने चिन्ताले मनलाई भावुक बनायो। जहाँ सडकको अस्तित्व नै छैन, त्यहाँ पक्की पुलहरू ठडाउने राज्यको विद्रुप विकास- मोडेललाई हेर्दा लाग्यो - भूगोल र प्रतिभालाई जोड्ने चेतनाको बाटो अझै कति टाढा छ१

झमकसँगको त्यो भावुक र चेतनादायी भेटपछि हाम्रा पाइलाहरू मित्र गीताचारी आचार्यको न्यानो आतिथ्यतर्फ मोडिए। उहाँको निवासमा पस्दा पहाडी माटोको सुगन्ध बोकेको अर्गानिक खाजाले मात्र होइन, उहाँको वैचारिक क्षितिजले पनि हामीलाई मोहित बनायो। विज्ञानका शोधार्थी र प्रकृतिका अध्येता भएकाले - मानव शरीर, खानपान र स्वस्थ जीवनका रहस्यहरूप्रति उहाँको दृष्टिकोण निकै गहिरो र वैज्ञानिक थियो। ‘हामी जे खान्छौँ, त्यही बन्छौँ’ भन्ने शाश्वत सत्यलाई आत्मसात् गर्दै, दैनिक भोजन र जीवनशैलीलाई कसरी प्राकृतिक सन्तुलनसँग जोड्ने भन्ने विषयमा उहाँका धारणाहरू सुन्दा लाग्यो - स्वास्थ्य केवल रोगको अनुपस्थिति मात्र होइन, यो त प्रकृतिसँगको सचेत सामञ्जस्य पनि हो।

तत्पश्चात्, हाम्रा पाइलाहरू ‘चियासँग कविता’ को कार्यक्रमस्थलतर्फ अघि बढे। भौतिक आहारले शरीरलाई सन्तुष्ट बनाएपछि, अब मन र आत्मालाई काव्यिक चेतनाको खुराकले तृप्त पार्ने समय भइसकेको थियो। धनकुटाको साहित्यिक प्राङ्गणमा आयोजित ‘चियासँग कविता’ को चौतारी शब्दहरूको जमघट मात्र थिएन, त्यो त चेतना र संवेदनाको एउटा सघन उत्सव थियो। स्थानीय कवि ध्रुव एलेक्सको सशक्त मुख्य प्रस्तुतिले गुञ्जिएको उक्त सभामा मेरा अनन्य मित्र एवम् छथर साहित्य समाजका सचिव रोशन यात्री र मेरो पनि विशेष काव्यिक प्रस्तुति रह्यो। काव्य-प्रवाहसँगै अग्रज साहित्यकार केजीन सुब्बा, दिनेश थापा ‘बेगारी’ लगायतका वरिष्ठ सर्जकहरूबाट समकालीन नेपाली कविताका प्रवृत्ति र यसको भावी दिशाबारे गहन चिन्तन प्रस्तुत भयो। साहित्य केवल कल्पनाको उडान नभएर समाजको यथार्थ ऐना र परिवर्तनको संवाहक हुनुपर्छ भन्ने निष्कर्षले हामीलाई उद्वेलित बनायो।

कार्यक्रमको समापन पछि छथर साहित्य समाज (तेह्रथुम) को न्यानो आतिथ्य शिरोधार्य गर्दै, अध्यक्ष दिनेश थापा ‘बेगारी’ को अभिभावकीय नेतृत्वमा हाम्रा पाइलाहरू ‘शुक्रबारे बजार’ तर्फ अघि बढे। रातको छिप्पिँदो अन्धकार, बाक्लो कुहिरोको घुम्टो र पहाडका घुमाउरा अप्ठ्यारा उकालाहरू भौतिक रूपमा यात्राका ठूला चुनौती थिए। तर, जब मनभित्र गन्तव्यप्रतिको निष्ठा हुन्छ, तब सबै प्रतिकुलताहरू फिक्का बन्दै जान्छन्।

बाटोमा पर्ने सिधुवामा स्थानीय व्यापारी राधिका दिदीको पसलमा सात्विक भोजन ग्रहण गर्‍याैं। भोजनमा मिसिएको त्यो स्थानीयपन र आतिथ्यको मिठासले दिनभरिको शारीरिक थकान क्षणभरमै मेटाइदियो। अन्ततः रातको नीरबताबीच शुक्रबारे पुगेर हामीले त्यस दिनको उपलब्धिपूर्ण यात्रालाई विश्राम दियौँ।

बिहानीको प्रथम किरणसँगै छथर साहित्य समाजका पदाधिकारी तथा सदस्यहरूले प्रस्तुत गर्नुभएको न्यानो आतिथ्यले नयाँ ऊर्जाको सञ्चार गर्योह। काठमाडौँकेन्द्रित साहित्यिक बहसबाहिर, मोफसलको विकट भूगोलमा रहेर पनि छथर साहित्य समाजले जेजस्तो जीवन्त साधनामूलक उपस्थिति जनाइरहेको छ, त्यो उच्च छ। आर्थिक विध्नबाधाहरूलाई चिर्दै हरेक वर्ष राष्ट्रिय स्तरका गोष्ठीहरू आयोजना गर्नु, भावी पुस्तामा साहित्यिक चेतनाको बिजारोपण गर्न ‘विद्यालयमा साहित्य’ जस्ता दूरदर्शी कार्यक्रमहरू सञ्चालन गर्नुले संस्थाको निष्ठालाई उजागर गर्छ।

यस संवादका क्रममा कला, साहित्य र संस्कृतिप्रति स्थानीय सरकारको दृष्टिकोण अत्यन्तै आशावादी देखियो। साहित्य र संस्कृति कुनै अमूर्त विषय नभएर समाजको आत्मिक समृद्धि, पहिचान र चेतनाको जग हुन् भन्ने सत्यलाई बुझेर स्थानीय पालिकाले गरेको लगानी प्रशंसनीय थियो। जब राज्यले भौतिक विकाससँगै विचार र संस्कृतिको पूर्वाधारमा पनि समान लगानी गर्छ, तब मात्र एउटा सचेत र सभ्य समाजको निर्माण सम्भव हुन्छ भन्ने निष्कर्षका साथ संवाद समापन भयो।

छथरको बौद्धिक संवाद सिद्धिएपछि हाम्रा पाइलाहरू प्राकृतिक सौन्दर्यकी शाश्वत रानीतीनजुरे पहाडको काखतिर सोझिए। पहाडी छाती छिचोल्दै अगाडि बढ्दा लाग्थ्यो - हामी केवल दूरी मात्र नापिरहेका छैनौँ, समयको कुनै गूढ आयामभित्र प्रवेश गर्दैछौँ।

सुन्दर प्रकृतिको काखमा उन्मुक्त मुस्कुराइरहेका लसुने र जिरीखिम्तीका नागबेली घुम्तीहरू पार गर्दै गर्दा दिनेश थापा ‘बेगारी‘ का ओठहरूबाट इतिहास, संस्कृति र दर्शनका धाराहरू अविरल बगिरहेका थिए। उहाँले बाटोका प्रत्येक मोड, ती ठाउँको ऐतिहासिक गरिमा, अनि त्यहाँको धार्मिक, सामाजिक र सांस्कृतिक चेतनाका पानाहरू पल्टाउनुभयो। तेह्रथुमको साहित्यिक सन्ततिले खडा गरेको वैचारिक विरासतको महिमा सुन्दा लाग्थ्यो - प्रत्येक भूगोलको आफ्नै एउटा मौन आख्यान हुँदो रहेछ, जसलाई सुन्न चेतनाको विशेष कान चाहिन्छ।

बाटोका दायाँबायाँ र क्षितिजसम्म फैलिएको त्यो अद्भूत प्राकृतिक छटा केवल आँखाका लागि दृश्य मात्र थिएन, त्यो त आत्माका लागि एउटा गहन दार्शनिक उद्घोष थियो। सुन्दरता जब पराकाष्ठामा पुग्छ, तब शब्दहरू निःशब्दतामा परिणत हुन्छन्। प्रकृतिको त्यो भव्य र अटल उपस्थितिअगाडि मानव अस्तित्व र उसका अहम् कति क्षुद्र र क्षणभङ्गुर प्रतीत हुन्थे!  यदि जीवनको कुनै अध्याय यही प्राकृतिक चेतनाको काखमा बिताउन पाइएको भए, सम्भवतः साहित्य सिर्जनाका लागि अलग्गै प्रयत्न नै गर्नु पर्दैनथ्यो होला - किनकि प्रकृति स्वयं नै एउटा जीवन्त र पूर्ण महाकाव्य हो।

यात्राको अर्को बिसौनीम्याङलुङपुगेपछि तेह्रथुम साहित्य समाजका अध्यक्ष दीपक कट्टेल ‘आयाम‘ को हार्दिक आत्मीयले हामीलाई स्वागत गर्यो्। उहाँका विचारोत्तेजक शब्दहरूमार्फत म्याङलुङ र ऐतिहासिक फेदापको वर्तमान साहित्यिक धरातल हाम्रासामु उजागर भयो। साहित्यिक गतिविधिहरूको प्रतिवेदन प्रस्तुत गर्दै उहाँले भविष्यका नवीन साहित्यिक योजनाहरूको स्पष्ट खाका बताउनुभयो।

उहाँकै नेतृत्वमा हामीले म्याङलुङ बजारका ऐतिहासिक तथा धार्मिक धरोहरहरूको अवलोकन गर्‍याैं। त्यही क्रममा जब हामी स्थानीय ढाका बुनाइ उद्योगहरूको प्राङ्गणमा पुग्यौँ, तब मलाई लाग्यो - नेपाली माटोमा घरेलु र रैथाने उद्योगहरूको सम्भावना सकियो भनेर निराशा बाँड्नेहरूका लागि यो ठाउँ एउटा सशक्त उत्तर र जीवन्त प्रतीक हो। तानमा बुनिएका ती ढाकाका धागोहरू केवल कपडा बुनाइका साधन मात्र थिएनन्, ती त नेपाली आत्मनिर्भरता र मौलिक सौन्दर्यका अनुपम अभिव्यक्ति थिए।

तत्पश्चात्, उहाँले हामीलाई ‘राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान‘ को भवनमा लैजानुभयो। आधुनिकताको नाममा पूर्वेली लोकभाका र सङ्गीत ओझेल पर्दै गएको यो विषम समयमा, यसको संरक्षण र सम्बर्द्धनका लागि यो प्रतिष्ठान खडा गरिएको कुरा सचिव गोविन्द दाहालले बताउँदा स्वाभिमानले छाती ढक्क फुलेर आयो। हाम्रा सुविधायुक्त सहरहरू पश्चिमा संस्कृतिको अन्धानुकरणमा आफ्नो पहिचान गुमाउँदै चुर्लुम्म डुबिरहेका बेला, मोफसलका यी दूरदराजहरूमा रैथाने कला, संस्कृति र साहित्यको अस्तित्व जोगाउन भइरहेका यस्ता सामूहिक प्रयत्नहरू देख्दा लाग्छ- हाम्रो सांस्कृतिक जग अझै मरेको छैन, यो त झन् बलियो गरी चेतनाको नयाँ उज्यालो छरिरहेछ।

भौतिक रूपमा तेह्रथुमको यो दुई दिने यात्रा पहाडी भूगोलका घुम्तीहरू र दूरी नाप्नु मात्र थिएनस यो त यात्राका सुरुवाती भौतिक तथा प्राविधिक प्रतिकूलतामाथि विवेकको विजय, विकृत बन्दै गएको साहित्यिक धरातलभित्र निष्ठाको खोजी र रैथाने कला-संस्कृतिको जीवन्त चेतनासँगको आत्मीय साक्षात्कार थियो। झमककुमारी घिमिरेको सङ्घर्षशील जीवनदर्शनदेखि मोफसलका निष्ठावान् स्रष्टाहरूको अनवरत साधनासम्मले के स्पष्ट पार्छ भने- सभ्यताको वास्तविक सौन्दर्य र विकास केवल भौतिक पूर्वाधारमा मात्र सीमित हुँदैन। प्रकृति, संस्कृति र मानव चेतना जोड्ने आत्मिक बाटो नै कुनै पनि समाजको वास्तविक पहिचान र अमर टेको हो।
अर्को समाचार
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
४२ मिनेट अघि
•
१ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
काठमाडाैं, नेपाली लोकसंस्कृतिका अनुसन्धाता तथा प्रजातन्त्रका सेनानी स्व. कालीभक्त पन्तले नेपाली संस्कृति, गीतसंगीतलगायत तत्कालीन नेपाली समाजका विविध विषय तथा क्षेत्रको खोज, अनुसन्धान मात्र गर्नुभएन, नयाँ पुस्तालाई त्यसको अभिलेखसमेत तयार गरिदिनुभयो। त्यसकै आधारमा अहिलेको पुस्ताले त्यो बेलाको नेपालको इतिहास थाहा पाएको छ। उहाँको अर्को परिचय भनेको गीतकार, लोकगीत संकलक तथा गायकको पनि हो। उहाँले लेखेको लोकगीत रेडियो नेपालबाट प्रसारण भइरहेका छन्। ‘क्या यस्तो चाल पर्‍यो, मायासित बोल्दैमा गाल पर्‍यो’ तीमध्ये एक हो। प्राध्यापक पार्थिवेश्वरप्रसाद तिमिल्सिनाका अनुसार पन्तको गायनको क्षेत्रमा प्रवेश गर्नुको उद्देश्य गायक बनी नाम कमाउने थिएन। उहाँले नेपाली समाज अशिक्षित भएकाले समाजमा लोकगीतमार्फत जागरण ल्याउन पुस्तक–पुस्तिका, पम्प्लेट आदिको माध्यमबाट मात्र सम्भव नहुने हुँदा गाउँलेहरूलाई बुझाउने लोकगीतहरू रचेर अनेकौं सांस्कृतिक कार्यक्रमहरू गर्नुहुन्थ्यो। उहाँलाई जनतामा कसरी राजनीतिक, सामाजिक चेतना बढाउने भन्ने तरिकाको ज्ञान थियो।




यसरी गाउँलेहरूमा राजनीतिक चेतनाको अभिवृद्धि गर्न उहाँले सांस्कृतिक टोलीहरूको गठन पनि गर्नुभएको थियो। सो समयमा पन्तले ब्यान्जोको आकारको ‘कालीबाजा’को निर्माण पनि गर्नुभएको थियो। यो पनि अब एउटा इतिहास बनिसकेको छ। पर्वत तथा बागलुङमा हुने चैते–दसैंजस्ता मेलामा पन्तले महिला जागरणको मात्र नभई कन्या बेच्ने बाबुआमाविरोधी गीत पनि गाउनुभएको थियो। उदाहरणका लागि ‘छोरी बेचा हे बाहुन बाजे/अझै तँलाई लाग्दैन सरम’, ‘बिहा मलाई गर्ने हो भने/ल्याउनु होला कत्तुवा, चर्खा, तान’ उहाँले समाजका छुवाछुतलगायतका रूढिवादी परम्पराको अन्त्य तथा महिला र जनजातिको उत्थान गर्ने उद्देश्य राखेर विविध चेतनामूलक कार्य गर्नुभएको थियो।

२००७ सालको राजनीतिक परिवर्तनको आन्दोलनका बेला पश्चिम ४ नम्बरको कमान्डरको जिम्मेवारी पाउनुभएका पन्तले क्रान्तिका नेताका रूपमा पर्वत कुस्मा र बागलुङको मुक्तिसेना सञ्चालन गर्नुभएको थियो। त्यस्तै, पन्तले सो क्षेत्र कब्जा गरी सर्वश्री ओमप्रसाद गौचनको नेतृत्वको प्रान्तीय सरकारमा उपप्रधानमन्त्री भई काम गर्नुभएको थियो। यस समयमा पन्तले सूचना विभाग हेर्नुपथ्र्यो। २०१७ सालको पञ्चायती व्यवस्थाविरुद्धसमेत लड्नुभएको थियो। सो क्रममा उहाँले भूमिगत तथा जेलजीवनसमेत बिताउनुपरेको थियो। २०१९ सालदेखि राजनीतिबाट टाढिनुभएका पन्त त्यसपछि पूर्ण रूपमा लेखनमा लाग्नुभएको थियो।

इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। सो क्रममा पन्त भारत (सिक्किम, दार्जिलिङ, कुमाउँ–गढवाल, आसाम, हिमाञ्चल प्रदेश), चीन, भुटान, पाकिस्तान, श्रीलंका तथा बेलायतमा पुग्नुभएको थियो। म्याट्रिक पास गर्नुभएका पन्तलाई नेपालीबाहेक संस्कृत, हिन्दी, उर्दू, अंग्रेजी भाषाको समेत ज्ञान थियो।

उहाँको जन्म १९६४ साल भदौ ६ गते पर्वत जिल्लाको लिमिठानामा भएको थियो। पिता नरेन्द्र पन्त, माता निलकुमारी पन्तका कान्छा छोरा कालीभक्त २००९ सालदेखि भने पर्वतको फलेवासमा बस्दै आउनुभएको थियो। १७ वर्षको उमेरमा कालीभक्तको कृष्णा पन्तसँग विवाह भएको थियो। उहाँहरूका तीन छोरी र ६ छोरा भए। साहित्यकार देवीप्रसाद वनवासीका अनुसार पन्तको जन्मथलो तत्कालीन धौलागिरी अञ्चल, पर्वत जिल्लामा परे पनि उनी प. ४ नं. स्याङ्जा हो। ‘साइलादाइ कहाँ गयो’ भनेर दोहोरी गाउने मसानेका समकालीन पाथे भाइ हुन्। 
कालीभक्त पन्तका ‘पश्चिम ४ नम्बर (नेपाल) को इतिहास’ (२००९), ‘किसान गीता’ (२०१२), ‘हाम्रो राष्ट्रिय कर्तव्य दर्शन’ (२०२७), ‘हाम्रो सांस्कृतिक इतिहास’ (२०२८), ‘गीत सुधारको राष्ट्रिय बाटो’ (२०३३), ‘छुतभेद र कर्तव्य’ (२०३८), ‘शुम्भबध’ (नाटक, निधनपश्चात् २०५० मा प्रकाशित) लगायतका कृति प्रकाशित छन्। यसबाहेक पन्तका विभिन्न विषयका लेखहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका देखिन्छन्।

विशेषगरी ‘हाम्रो सांस्कृतिक इतिहास’मा पन्तले राष्ट्रिय संस्कृति र यसको आवश्यकताको विषयबाट सुरु गरी राष्ट्रियता, हाम्रा गीत, भाषा आदिको प्रारम्भिक स्थिति, नेपालमा झ्याउरे गीतको बीजरोपण, हाम्रा देशका गीतहरूको बनावटको सिलसिला, गीतको आइनो गर्दा भाषा र लिपि, हाम्रा राष्ट्रिय ध्वनिको दिग्दर्शन र विश्वका गीतका ध्वनिहरू, हाम्रा गीतका बीजरोपक र परिवर्तनकर्ता, हाम्रा गीतका छन्दहरू, लोकगीत र तीबाहेकका गीत–बाजा, हाम्रा गीत–बाजाका भेद, गीतको संक्षिप्त महिमा, दार्जिलिङ–सिक्किम–भुटानका गोर्खालीका र हाम्रा गीतमा एकरूपता, हाम्रा देशमा शास्त्रीय संगीतलगायतका विषयमा केन्द्रित रहेर नेपालको समग्र सांस्कृतिक इतिहासलाई खोजी अभिलेख गर्ने काम गर्नुभएको छ।

दिवंगत संस्कृतिविद् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले पन्तको यसै कृति अध्ययन गरेर आफूलाई उहाँप्रति निकै श्रद्धा लागेको बताउनुभएको थियो। उहाँले पन्तलाई लोकसंस्कृतिको अगुवा बताउँदै सो समयमा लोकगीत, परम्परा र संस्कृतिका सम्बन्धमा कलम चलाई योगदान पुर्‍याउनु अतुलनीय रहेको बताउनुभएको थियो। भाषा तथा लोकसंस्कृतिविद् प्रा.डा. चूडामणि बन्धुका अनुसार पन्तले ‘हाम्रो सांस्कृतिक इतिहास’मा लोकगीत र लोकनृत्यलाई राष्ट्रिय संस्कृतिका महत्त्वपूर्ण अंगका रूपमा विवेचना गर्नुभएको छ। उहाँका अनुसार यस कृतिमा धेरै कुरा पहिलोपटक प्रस्तुत गरिएका छन् र नेपाली भाषा र लोकगीतमा अनुसन्धान गर्नेहरूका लागि यी तथ्य र विश्लेषण स्रोतका रूपमा रहेका छन्।

बालबालिका, किशोरकिशोरी र युवायुवतीलाई सहगान, सहनृत्य र सहकार्यमा अनिवार्य रूपले सहभागी बनाएर उपयोगी शिक्षा दिन सकिन्छ भन्ने उहाँको महत्त्वपूर्ण मान्यता पनि यस कृतिमा चर्चित छ। ‘गीत सुधारको राष्ट्रिय बाटो’ पुस्तक पन्तले नेपालीले आफ्नै सांस्कृतिक पद्धतिअनुसार गीत सुधार गरी अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सकून् भन्ने उद्देश्यले तयार गर्नुभएको थियो। जसमा उहाँले गायन र नृत्यकलाको प्रारम्भ, नाच्ने–गाउने भावना र गला–कला, छन्दसाहित्य (तीजे, लहरी, झ्याउरे, अनुष्टुप, शार्दूलविक्रीडित, शिखरिणी आदि), हाम्रा पुर्खाकालीन सांगीतिक शाब्दिक सरजाम, गीतको संक्षिप्त महिमा, बहादुर सिंह बराल र नेपाली गीतका बनावटको इतिहास, आफ्नोपना र त्यसको पूर्ति, गीतका संज्ञा, परिभाषा र शब्दकोश, संगीत शब्द र भ्रम, हाम्रा गीत साहित्यले बदल्दै आएको ऐतिहासिक मोड, गीत रेकर्ड गर्नुभन्दा पहिले, केही फुटकर कुरा र गुनासाहरूलगायतका शीर्षकमा रहेर नेपाली गीतसंगीतका विविध विषय तथा पक्षको चर्चा गर्नुभएको छ।

संस्कृतिविद् तुलसी दिवस पन्तका ‘हाम्रो सांस्कृतिक इतिहास’ र ‘गीत सुधारको राष्ट्रिय बाटो’ पढेपछि उहाँबाट निकै प्रभावित हुनुभएको थियो। उहाँका अनुसार ‘नेपालको मेची–महाकालीलगायत पूर्वदार्जिलिङ, सिक्किमदेखि पश्चिम कुमाउँ–गढवालसम्म आफैं घुमेर लोकगीत, साहित्य र संस्कृतिको तथ्य संकलन र अन्वेषण गर्नु त्यो समयमा चानचुने कुरा थिएन, त्यो पनि आफ्नै खर्चले।’

यस्तै पन्तले लेखेका तथा संकलन गरेका थुप्रै रचना तथा कृतिहरू अझै अप्रकाशित देखिन्छन्। तिनलाई संकलन तथा सम्पादन गरी प्रकाशन गर्नु आवश्यक देखिन्छ।

उहाँको निधन भने २०४८ फागुन ६ गते भएको थियो। कालीभक्तको निधन हुनुभन्दा २२ वर्षअघि अर्थात् २०२६ माघ ११ गते नै धर्मपत्नी कृष्णा पन्तको ६० वर्षको उमेरमा निधन भइसकेको थियो। उहाँहरूको स्मृतिमा २०७४ वैशाख १ गतेदेखि कालीभक्त कृष्णा पन्त प्रतिष्ठान स्थापना गरिएको थियो। प्रतिष्ठानले ‘स्रष्टा कालीभक्त पन्त अन्तर्राष्ट्रिय लोक–साहित्य पुरस्कार’सँगै विभिन्न सामाजिक, शैक्षिक, खेलकुद, मानवीय सहयोग तथा सांस्कृतिक गतिविधि पनि गर्दै आएको छ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १० मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १५ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
यो पनि पढौँ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस