अन्तिम स्क्रिन
२३ जेष्ठ २०८३
•
५ मिनेट पाठ
अन्तिम स्क्रिन
झिलिमिली बत्तीले कहिल्यै नसुत्ने सहर। जहाँ रातको शान्ति अब मोबाइलको नोटिफिकेसनले तोडिरहेको हुन्छ। जहाँ एउटै घरभित्र चारजना सँगै बस्छन् तर चारै जनाको संसार फरक हुन्छ। आज मानिसहरू घरमा छन् तर सम्बन्धमा छैनन्। आमाबुबा सँगै छन् तर छोराछोरी उनीहरूसँग छैनन् किनकि अहिले मोबाइलले समय मात्र होइन - मानिसको भावना, सम्बन्ध र आत्मा नै कब्जा गर्न थालेको छ।




त्यही सहरको एउटा मध्यमवर्गीय घरमा बस्थी २४ वर्षीया वर्षा। वर्षा पहिले धेरै फरक थिई, हँसिली थिई, सानो कुरामा खुसी हुन्थी। आमासँग भान्सामा बसेर चिया पिउँदै जीवनका कुरा गर्थी। बुबासँग साँझ छतमा बसेर तारा गन्थी। पानी परेको बेला झ्याल खोलेर गीत सुन्न मन पराउँथी। उसलाई वास्तविक संसार मन पर्थ्याे। उसले डायरीमा कविता लेख्थी।

सपना देख्थी। जीवनलाई महसुस गर्थी तर समयसँगै उसको जीवनमा एउटा सानो वस्तु प्रवेश गर्‍यो– मोबाइल। पहिले त्यो मनोरञ्जन थियो, पछि बानी  र बिस्तारै लत।

फेसबुकबाट सुरु भएको त्यो यात्रा टिकटक, इन्स्टाग्राम, रिल, लाइभ र अन्त्यहीन स्क्रोलसम्म पुग्यो। अब ऊ बिहान आँखा खुल्नासाथ मोबाइल खोज्थी। राति मोबाइल हेर्दाहेर्दै निदाउँथी। उसको दिन अब सूर्यले होइन, नोटिफिकेसनले सुरु हुन्थ्यो।

आमाले बनाएको खाना चिसो हुन्थ्यो। बुबाले बोलेका कुरा अधुरै हराउँथे तर मोबाइलको स्क्रिन कहिल्यै बन्द हुँदैनथ्यो।

‘वर्षा, छोरी! अलिकति हामीसँग पनि बस न,’ आमाले धेरै मायाले भन्नुहुन्थ्यो।

‘एकछिन ममी...’

उही जवाफ। त्यो ‘एकछिन’ दिन बित्दा पनि आएन। महिना बित्दा पनि आएन।

बुबाले कहिलेकाहीं चुपचाप उसलाई हेर्नुहुन्थ्यो। त्यो नजरमा रिस थिएन, पीडा थियो।

‘हामीसँग बस्दा पनि तिमी हामीसँग छैनौ वर्षा!’ तर वर्षालाई लाग्थ्यो - ‘यो आधुनिक समय हो। सबै यस्तै छन्।’

ऊ दिनभर अरूको जीवन हेर्थी। कसैले विदेशको फोटो राखेको हुन्थ्यो, कसैले प्रेमको प्रदर्शन, कसैले करोडौंको गाडी, कसैले विलासी जीवन। बिस्तारै उसले आफ्नो जीवनलाई अरूसँग तुलना गर्न थाली। उसलाई आफ्नो घर सानो लाग्न थाल्यो। आफ्ना बुबाआमा साधारण लाग्न थाले। आफ्नो जीवन अधुरो लाग्न थाल्यो।

मोबाइलमा ऊ धेरै हाँस्थी तर वास्तविक जीवनमा मुस्कुराउन बिर्सिसकेकी थिई। राति ऊ चुपचाप रोइरहन्थी तर बिहान स्टाटस राख्थी - पर्फेक्ट लाइफ।

झुटो मुस्कानभित्र उसको मानसिक अवस्था चिच्याइरहेको थियो।

उसले खाना कम खान थाली। निद्रा हरायो। परिवारसँग कुरा गर्न छोडी। ऊ एउटै घरभित्र बसेर पनि पूर्ण रूपमा एक्लो भइसकेकी थिई। यो अवस्था कसैले बुझेन किनकि अहिले समाजले मानिसको मन होइन, प्रोफाइल पिक्चर हेर्छ।

एकदिन उसकी आमाले उसको कोठामा आएर बिस्तारै भनिन्– ‘छोरी! तिमी पहिलेजस्ती छैनौ। तिम्रो अनुहार हेर्दा डर लाग्न थालेको छ।’

वर्षा झर्किंदै बोलिन्– ‘ममी प्लिज! तपाईंहरू पुरानो सोचको हुनुहुन्छ।’ त्यो दिन आमाको आँखामा गहिरो चोट थियो तर वर्षाले देखिन।

केही महिनापछि बुबाको व्यापार डुब्न थाल्यो। घरमा आर्थिक समस्या बढ्यो । ऋण बढ्न थाल्यो। घरभित्र तनाव बढ्न थाल्यो। वर्षाको सबैभन्दा ठुलो चिन्ता थियो - उसको पोस्टमा लाइक किन कम आयो।

कसैले उसको फोटो इग्नोर गर्‍यो भने ऊ रातभर बेचैन हुन्थी। कसैले कमेन्ट नगर्दा उसको आत्मविश्वास टुट्थ्यो। बिस्तारै ऊ एन्जाइटी र डिप्रेसनतिर धकेलिँदै गइरहेकी थिई तर उसलाई आफू बिरामी भएको महसुस पनि थिएन।

एक रात अचानक उसकी आमालाई सास फेर्न गाह्रो भयो। रक्तचाप अत्यन्त बढ्यो। बुबा आत्तिनुभयो। रातको १ बजे एम्बुलेन्स बोलाइयो। घरभर डर फैलिएको थियो। एम्बुलेन्सको साइरनले पूरै टोल ब्युँझियो।

तर वर्षा...

ऊ अझै मोबाइलमै थिई। उसले एम्बुलेन्सभित्र बसेर भिडियो बनाई– प्रे फर माई मम।

त्यो भिडियो भाइरल भयो। हजारौं भ्युज आए, स्याड इमोजी आए, कमेन्ट आए– स्टे स्ट्रङ।

अस्पतालको बेडमा पल्टिएकी आमाले आँखा खोल्दै बिस्तारै सोध्नुभयो– ‘मेरो छोरी कहाँ छ?’ वर्षा त्यहीं छेउमा थिई तर ऊ वास्तवमा आमासँग थिइन।

आमाले काँपेको हातले उसको हात समाउन खोज्यो तर वर्षाको हात मोबाइल समात्न व्यस्त थियो। त्यो क्षण सायद एउटी आमाको मन पहिलोपटक आफ्नै छोरीसँग हारिरहेको थियो।

केही दिनपछि बाल्यकालको साथी आकाश उसलाई भेट्न आयो। ऊ वर्षालाई हेरेर डरायो। आँखामुनि गहिरो कालो घेरा, अनुहारमा थकान, मनभित्र असह्य खालीपन। ऊ जिउँदो देखिन्थी तर भित्रभित्रै समाप्त भइसकेकी थिई।

आकाशले अचानक उसको मोबाइल बन्द गरिदियो।

‘के गरेको?’ वर्षा कराई।

आकाशको स्वर भारी थियो– ‘होसमा आऊ वर्षा। तिमी बिस्तारै हराइरहेकी छौ।’

कोठा एकछिन पूर्ण शान्त भयो।

आकाश फेरि बोल्यो– ‘तिमीलाई थाहा छ? अहिले तिमीसँग हजारौं फलोअर्स छन् तर तिमी साँच्चै रोएको बेला तिम्रो हात समाउने कति जना छन्?’  

वर्षाको आँखा भरिन थाल्यो।

‘अन्तिमपटक कहिले आफ्नी आमाको अनुहार ध्यान दिएर हेरेकी थियौ? कहिले बुबाको थकान महसुस गरेकी थियौ?’ उत्तर थिएन।

आकाशको अन्तिम वाक्यले उसको आत्मा नै चिरिदियो– ‘हामी अहिले स्क्रिन धेरै हेर्छौं वर्षा तर भावना कसैले पढ्दैन। हामी अनलाइन धेरै छौं तर जीवनसँग अफलाइन भइसकेका छौं।’

त्यो रात वर्षाले पहिलोपटक मोबाइल बन्द गरी। कोठा असाध्यै सुनसान लाग्यो। पहिलोपटक उसलाई आफ्नै एक्लोपनको आवाज सुनियो। उसले झ्याल खोली। बाहिर भारी पानी परिरहेको थियो।

अचानक उसलाई बाल्यकाल याद आयो । ऊ यही पानीमा रमाउँथी। आमाले कराउँदै भित्र बोलाउनुहुन्थ्यो। बुबाले हाँस्दै तौलिया ल्याइदिनुहुन्थ्यो। त्यो विगत सम्झँदा उसको मुटु च्यातिन थाल्यो।

उसले पुरानो फोटो अल्बम निकाली। त्यहाँ एउटी सानी वर्षा थिई– निर्दोष, खुसी, सत्य।

ऊ आफूलाई हेरेर चिच्याएर रोई किनकि उसले महसुस गरिसकेकी थिई– उसले संसार खोज्ने क्रममा आफ्नै जीवन गुमाइसकेकी रहिछ।

बिस्तारै ऊ आमाको कोठामा गई। आमा कमजोर थिइन् तर छोरी देख्नेबित्तिकै मुस्कुराउन खोजिन्।

वर्षाले पहिलोपटक मोबाइल टाढा राखेर आमाको हात समाती र रुँदै भनी– ‘आमा! म धेरै टाढा हराएँछु।’

आमाले काँपेको स्वरमा भन्नुभयो– ‘तिमी फर्किएकी छौ छोरी। अझै ढिलो भएको छैन।’

त्यो रात वर्षा धेरै रोई।

त्यो आँसु केवल एउटा छोरीको थिएन। त्यो आँसु थियो– मोबाइलको उज्यालोभित्र अन्धकार बन्दै गएको एउटा पुस्ताको।

आज समाजमा हजारौं वर्षा छन्। हामी बिहान उठ्नेबित्तिकै मोबाइल खोज्छौं, खाना खाँदा मोबाइल। परिवारसँग बस्दा मोबाइल, सुत्नुअघि मोबाइल।

हामी संसारलाई आफ्नो जीवन देखाउन व्यस्त छौं तर आफ्ना मानिसहरूको जीवन बुझ्न बिर्सिरहेका छौं। आज मानिससँग हजारौं फलोअर्स छन् तर मन खोलेर सुन्ने एउटा आफ्नै मान्छे छैन। सायद अब समय आएको छ - मोबाइलको समय घटाएर जीवनको वास्तविक समय बचाउने। किनकि, एकदिन सायद धेरै ढिलो हुनेछ र हाम्रो आफ्नै मान्छेले पठाएको अन्तिम म्यासेजमा केवल ‘सिन’ मात्र बाँकी रहनेछ।
अर्को समाचार
लिटल फ्लावर प्रिमियर लिग तयारी अन्तिम चरणमा
०५ फागुन २०७७
•
३ मिनेट पाठ
लिटल फ्लावर प्रिमियर लिग तयारी अन्तिम चरणमा
क्याप्शन –खेल मैदान निर्माणको काम गरिँदै । तस्बिरः पुष्पराज जोशी /नागरिक
धनगढीमा आयोजना हुने चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिगको पाँचौँ संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । फागुन १४ गतेदेखि २४ गतेसम्म सञ्चालन हुन चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग– ५  विद्यालय स्तरीय यु १९ क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो ।  




आयोजक  लिटल फ्लावर स्पोटर्स एन्ड इभेन्ट्सले  तयारीको काम अन्तिम चरणमा पुगेको जनाएको छ । लिटल फ्लावर स्पोटर्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले खेलमैदान निर्माणको कार्य सम्पन्न भइसकेको बताए । उनका अनुसार खेलकुदमा चाहिने सम्पूर्ण सामग्री तयारी अवस्थामा राखिएको छ । यस्तै खेल मैदानको सजावटको काम भने सुरु गरिएको उनले बताए । ‘अहिले साइड स्क्रिन र स्कोर बोर्ड तयारी गर्ने काम भइरहेको छ,’ अध्यक्ष शाहीले भने,‘देशभरीबाट आउने विद्यालय टीमहरुसँग आवश्यक समन्वय भइरहेको छ ।’  

विगत पाँच वर्षदेखि सञ्चालित प्रतियोगिता देशकै विद्यालयस्तरको सबैभन्दा ठूलो प्रतियोगिता हो । गत वर्ष दुई लाख प्रथम पुरस्कार भएकोमा यसवर्ष कोभिडले गर्दा एक लाख २० हजार रुपैयाँ प्रथम पुरसकार राशि राखिएको उनले बताए । प्रतियोगिताको उत्कृष्ठ खेलाडीले नगद १० हजार रुपैयाँ पाउनेछन् भने उत्कृष्ठ बलर, उत्कृष्ठ व्याट्स म्यान र उदयीमान खेलाडीले जनही ५÷५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको उनले बताए । प्रत्येक खेलका म्यान अफ दी म्याचले नगद १५ सय रुपैयाँ प्राप्त गर्ने आयोजकले जनायो । प्रत्येक विद्यालयबाट ३ जना खेलाडी १९ वर्षमुनिका राष्ट्रिय खेलाडीहरु राख्न सकिने छ भने अन्य खेलाडीको हकमा सहभागी हुने विद्यालयमै कक्षा १० सम्ममा अध्ययन गरिरहेका खेलाडीहरुले सहभागिता जनाउने बताइएको छ । प्रतियोगितामा दाङ, काठमाडौं, बुटवल, कञ्चनपुर र कैलालीका विद्यालयहरुको सहभागिता रहने छ ।  

हरेक वर्ष विद्यालय स्तरमा लुकेर रहेका क्रिकेट खेलाडीहरुलाई बाहिर ल्याउने उद्देश्यले यो प्रतियोगिता गरिएको अध्यक्ष शाहीले बताए । उनले भने,‘१९ वर्ष मुनिका खेलाडीसँग स्कुले खेलाडीहरुलाई पनि खेलाउँदा उनिहरुमा पनि क्रिकेट संस्कारको विकास हुने अपेक्षासहित हामीले यो प्रतियोगिता गरिरहेका छौँ ।’  

प्रतियोगितालाई टीकापुरस्थित चण्डिका ग्रुपले मुख्य प्रायोजन गरेको छ यस्तै प्रतियोगिताको उप–विजेता पुरस्कार रकम धनगढी उत्तरबेहडीस्थित गुरुकुल एकेडेमीले प्रायोजन गरेको छ । म्यान अफ द म्याचलाई गुरु जी सटिङ्ग एन्ड सुटिङले प्रायोजन गरेको छ । संघीय प्रहरी इकाई कार्यालयको खेलमैदानमा सञ्चालन हुने विद्यालय स्तरीय यु– १९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सह– प्रायोजकको रूपमा धनगढी स्थित गुरु जी सटिङ्ग एन्ड सुटिङ जोडिएको छ ।  प्रतियोगितामा हस्पिटालिटी पार्टनरको रुपमा इमेज होटेल प्रालिले साथ दिएको छ । प्रतियोगितामा सह–प्रायोजकको रूपमा हिमालयन ह्वाईट हाउस इन्टरनेसनल कलेज तीनकुने काठमाडौँ, जयमंगलम् सिमेन्ट प्रालि नेपालगन्ज, डिस होम, मृग गार्मेन्ट उद्योग चटकपुर धनगढी, नेपाल टेलिकम, जोशी अप्टिकल एन्ड आई केयर सेन्टर धनगढी, ओयसिस होटेल म्यानेजमेन्ट कलेज धनगढी चटकपुर, अमेरिका निवासी समाजसेवी जयन्ती थापा, निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर धनगढी, दाहाल पुस्तक पसल धनगढी, नेप्स कफी एन्ड फुड प्रडक्ट प्रालि चितवन, दिपेश इन्फोसिस धनगढी, एडभेन्चर वेस्ट होलिडेज धनगढी, रोज कलेक्सन वमेन्स रहेका छन् ।  
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १९ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २४ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस