‘हिरो र भिलेनभन्दा पनि चरित्र महत्वपूर्ण हुन्छ’
३१ असोज २०७९
•
१ मिनेट पाठ
‘हिरो र भिलेनभन्दा पनि चरित्र महत्वपूर्ण हुन्छ’
नेपाली फिल्ममा हिरो र भिलेनको रुपमा कलाकारले छवि निर्माण गर्ने गरेका छन्। केही समय यता चरित्रअनुसार प्रस्तुति हुने भए तापनि दर्शकको बुझाइमा हिरो र भिलेनको परिचय छुट्टै स्थापित छ। प्रशान्त ताम्राकार, अनुप विक्रम शाहीलाई ह्यान्डसम भिलेन भनिन्छ। हिरोको रुपमा आफ्नो परिचय स्थापित गर्न उनीहरूले काम गरिरहे तापनि दर्शकले भिलेनमा रूचाए।  




'अहिले सहजै कलाकार मान्नुहुन्छ। नत्र हिरोजस्तो मान्छे भिलेन किन बनेको भन्ने प्रतिक्रिया पाउने गर्थे', अभिनेता अनुप विक्रम शाहीले भने। ‘हँसिया’ फिल्ममा उनले निर्वाह गरेको भिलेनको भूमिकाले दर्शकमाझ प्रभाव छाड्न सफल भएको थियो। त्यसयता उनले सकारात्मक भूमिका कमै निर्वाह गरेका छन्। मोडलिङ हुँदै अभिनेता बनेका प्रशान्त ताम्राकार पनि भिलेनमा खोजिने अनुहारमै पर्छन्।  

‘ऐश्वर्य’ मा निर्वाह गरेकाे भूमिकापश्चात् उनलाई त्यस्तै अफर भइरहेको छ। 'मैले भूमिकालाई सकारात्मक वा नकारात्मक रुपमा कहिले हेरिन। आइरहेको भूमिकालाई सुहाउँदो हेरेर अभिनय गरे । यद्यपि ह्यान्डसम भिलेनभन्दा रमाइलो लाग्छ”, अभिनेता ताम्राकारले भने। काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा (अनुप, प्रशान्त) अभिनित फिल्म ‘लाखे’ को आर्यन अधिकारीले सोचाइमा आएको परिवर्तन बारे बताए।  

'हिरोकै रुपमा काम गरिरहेको छु। अब भने सुहाउँदो भूमिका आएमा अभिनय गर्छु। म कलाकार हुँ। सकारात्मक र नकारात्मक दुवै भूमिका निर्वाह गर्न तयार छु', अभिनेता अधिकारीले भने। दर्शकको हेराइमा आएको परिवर्तनसँगै कलाकार पनि परिवर्तन भएका छन्। सस्पेन्स थ्रीलर जनराको फिल्म ‘लाखे’ कात्तिक १८ गतेबाट प्रदर्शनमा आउँदैछ। सम्राट बस्नेतको निर्देशनमा तयार फिल्ममा अर्पण थापा, सौगात मल्ल, वर्षा राउत, रोहित रुम्वा, संजोग राणा, सुशील सिटौलालगायतका कलाकारले अभिनय गरेका छन्। रासस
अर्को समाचार
गाउँ फर्किएको नेपाली चलचित्र
०३ फागुन २०८०
•
४ मिनेट पाठ
गाउँ फर्किएको नेपाली चलचित्र
फाइल तस्बिर
नेपाली फिल्ममा पछिल्लो समय गाउँका कथाहरूले प्राथमिकता पाइरहेका छन्। दीपेन्द्र लामाको ‘नांगो गाउँ’ देखि रामबाबु गुरुङको ‘डिग्री माइला’ सम्मले गाउँको कथालाई सम्बोधन गरेका छन्।




‘नुमाफुङ’, ‘खांग्री’, ‘दलन’, ‘गुडबाई काठमाडौं’ जस्ता फिल्म तथा टेलिसिरियल निर्देशन गरिसकेका निर्देशक नवीन सुब्बाले फेरि गाउँकै कथालाई विषयवस्तु बनाई निर्माण गरेको ‘गाउँ आएको बाटो’ विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागी भइरहेको छ।

एक दशकपछि ‘गाउँ आएको बाटो’ बाट निर्देशनमा फर्किएका सुब्बाले सामुदायिक लगानीमा बनाएको यो फिल्मको प्रदर्शन टोरोन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सव, बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सव, मुम्बई फिल्म महोत्सव र गोटेबर्ग फिल्म महोत्सवमा भइसकेको छ।

‘गाउँ आएको बाटो’ आगामी जेठ १८ गते देशभर रिलिज हुँदै छ। ‘नुमाफुङ’देखि ‘गाउँ आएको बाटो’सम्म आइपुग्दा निर्देशक सुब्बाले गाउँको कथालाई नै प्राथमिकता दिएका हुन्। ‘नेपाली समाज गाउँ नै गाउँले भरिएको छ,’ उनले भने, ‘विभिन्न गाउँबाट राजधानी केन्द्रित भएका हामीले एउटा कालखण्डको कथा उठाउने हो। त्यो कथा बनाउन ५–७ वर्ष लागिहाल्छ। हामीले बनाएको फिल्म हेरेका दर्शकले पूर्व–प्रतिबिम्ब (प्रो–रिफ्लेक्ट) गर्छन् भन्ने अनुमान मात्र गर्न सक्छौं। कारण, नेपाली फिल्मले उठाउने कथामाथि समाजसँग अन्तक्र्रिया सिर्जना हुन सकेको छैन।’

पछिल्लो समय देशभरका फिल्म हलहरूमा रिलिज भएका अधिकांश फिल्मका कथा गाउँमा आधारित हुनु संयोग नभएको तर्क उनले गरे। ‘धेरै फिल्ममेकर गाउँबाट आएका छन्,’ उनले भने, ‘नोस्टाल्जिया गाउँ नै हुने भएकाले उनीहरूले बुझेको समाज, अनुभव गरिराखेको र देखिराखेको चरित्र गाउँकै हो।

त्यस्तै सहरको वास्तविक जनसंख्याको तुलनामा सहर (काठमाडौं) मा बस्ने अधिकांश मानिस गाउँबाटै आएका छन्। सहरकै खास जनसंख्या नेपाली फिल्म हेर्न हलसम्म जाने भन्ने मलाई लाग्दैन।’ उनले अगाडि थपे, ‘अहिले फिल्ममेकरहरूले गाउँका मानिसको नोस्टाल्जियासँग नै खेलिरहेका छन्। पछिल्लो समय रिलिज भएको गाउँका कथामा आधारित फिल्महरू नोस्टाल्जियासँग जोडिएर आइरहेका छन्। गाउँको कथामा बनेका केही फिल्म सफल भएपछि त्यसको फलोअपका रूपमा अन्य फिल्म आइरहेका छन्। गाउँको कथामाथि बनेका फिल्म चलेपछि त्यस्तै कथा खोज्ने ‘ट्रेन्ड’ पनि बढेको छ। गाउँको कथाका विधा फरक हुन सक्छन्। हामीले त्यसमा काम गर्न सकेनौं। जसकारण हामीले पछिल्लो समय रिजिल भएका नेपाली फिल्म हेर्दा उस्तै लागिरहेको छ। त्यसबारे निर्माता, निर्देशक र कलाकारले गम्भीर भएर सोच्नु जरुरी छ।’

नयाँ फिल्ममेकरहरूले फिल्ममार्फत व्यक्तिगत कथा प्रस्तुत गरिरहेको उनले बताए। ‘हामी हुर्किएको परिवेशमा देखिएको चरित्रलाई फिल्ममा देखाउने प्रवृत्ति हाबी हुँदा उस्तै खालका पात्र दोहोरिएको जस्तो लाग्छ। लामो समय फिल्ममा काम गरिरहेका फिल्ममेकरहरूले भिन्न कथावस्तुलाई प्राथमिकता दिइरहेका छन्।

गाउँबाट आएका दर्शक सहरमा धेरै भएका कारण गाउँको कथाहरू धेरै चले। मेरो विश्लेषणमा फिल्ममेकरहरूले कथा र दर्शकलाई जोड्न त्यहीअनुसारको फिल्म बनाएको जस्तो देखिन्छ। तर कथामा विविधता हुनु जरुरी छ। 

फिल्ममा गाउँ आउँछ भने सुदूरपश्चिमको गाउँ किन नआउने ? महिलाहरूले आफ्नो कथा आफैं किन नभन्ने ? त्यस प्रकारको जनशक्ति निर्माण हुन सकेको छैन। त्यो कुरा कर्पोरेट कल्चरमा आउँदा सेक्रेटरी महिला हुनुपर्ने भन्ने मान्यता हाबी छ। महिला निर्देशकले पुरुषले सोचेजस्तो गरेर फिल्म निर्माण गरिरहेका छन्। महिलाहरूलाई पुरुषजस्तो सोच्न अभ्यस्त बनाइएको छ। त्यस्तो कुरा फिल्म क्षेत्रमा व्याप्त छ।’

उनका अनुसार ‘गाउँ हिँडेको बाटो’ फिल्मले गाउँमा भइरहेको विकास प्रक्रियाले भुइँमान्छेहरूलाई सम्बोधन गर्दैन भनेर देखाएको छ।

‘टोरोन्टो, बुसान, गोटेबर्ग र मुम्बईलगायतका दर्शकले यो फिल्म हेर्दा सम्पन्नता र समृद्धिको यात्राका क्रममा समाजले छाडेका मान्छेहरूको कथा भनेको छ,’ उनले भने, ‘हामीले भनिरहेको विकासमाथि यो फिल्मले प्रश्न गरेको छ। विकासमा सबैको पहुँच पुगेन। फेरि पनि हुनेखानेको हातमा मात्र त्यो गयो, सुविधा एफोर्ड गर्न सक्नेकोमा मात्र त्यो पुग्यो। एफोर्ड गर्न नसक्नेसँग पनि केही ज्ञान त छ तर हाम्रो अहिलेको विकासले त्यसलाई प्राथमिकता नै दिएन। खासमा सबै खालका ज्ञान भएका मानिसलाई बजारसँग जोडिदिनुपथ्र्यो। मैले विकासको विरोध गरेको होइन। जसको हेराइमा केही समस्या छ, उसलाई प्रश्न गरेको हुँ। जीवन सहज बनाउन शिक्षा, स्वास्थ्य र पूर्वाधारको सुविधालगायत निष्पक्ष रूपमा वितरण भयो वा भएन भनेर हेरिनुपर्छ। एउटा फिल्मले गाउँको कथालाई न्याय गर्न सम्भव छैन।’

नेपाली फिल्म क्षेत्र समावेशी हुन नसक्नु दुर्भाग्यको विषय भएको गुनासो पनि उनले गरे। ‘हामी विविधताको कुरा गरिरहेका छौं,’ उनले भने, ‘तर सुदूरपश्चिम, कर्णाली, कैलाली र जनकपुरको कथालाई कहाँ समेट्यौं ? यौनिक अल्पसंख्यकको कथा कहाँ ल्यायौं ? नीति बनाउनेहरू ‘पत्रु’ भएका कारण सही दिशानिर्देश हुन सकेको छैन। एकातिर हामी समाजलाई खुला र उदार भनिरहेको छौं, अर्कातिर सेन्सर पनि गरिरहेका छौं। कथामा विविधता ल्याउन नीति बनाएर लागु  गर्न सकिन्छ।’
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस