घमण्ड
१५ असार २०७९
•
१ मिनेट पाठ
घमण्ड
लता केसी




रमाको कौशीबारी लोभलाग्दो थियो। हुन पनि उनी त्यसमा  सधैं पसीना चुहाउँथिन्। फर्सीका मुन्टा, टमाटर, जिरे खुर्सानी, करेला सबै राम्रो फलेका थिए।टमाटरले सधैं जिरे खुर्सानीलाई जिस्काउँदै भन्थ्यो, ‘फुच्चे,ए पिरो  फुच्चे!’

आफूलाई हेपेको महसुस गथ्र्यो र ऊ रिसले आगो हुन्थ्यो। जवाफ फर्काउथ्यो,‘डल्ले, ए नमिठो डल्ले!’छेउमा उनीहरूका कुरा सुनेर  करेला खित्तित्त हाँस्थ्यो।

एकदिन फर्सीका मुन्टा झाँगिएको देखेर रमा टिप्दै थिइन्। मुन्टा  निमोठिंदा  ऐयाऐया भनेको स्वर उनले सुनिनन्। छाक पुग्ने गरी टिपिन्। तर,करेला भने भावुक भयो। उसले  पीडाबोध गयो। उसैबेला फेरि टमाटर र जिरे खुर्सानी सधैंझैं झगडा गर्न थाले। दुवै एक अर्कालाई हेप्ने वचन बोल्दै थिए।

खुर्सानीले भन्यो,‘डल्ले दाइ,ठूलो छु भनेर के फूर्ति देखाउँछौं! म नभई गृहिणीको भान्सा मीठो हुँदैन।’ टमाटर पनि के कम? आफ्ना फाइदाबारे बखान  गर्न थाल्यो। उनीहरूको भनाभन सुरू भयो। करेला सशंकित भयो,‘फर्सीको मुन्टापछि  निमोठिने पालो आफ्नो त होइन?’

अचानक रमाले केही जलेको जस्तो गन्ध महसुस गरिन्। चारैतिर हेरिन्, केही देखिनन्। छिमेकीले कागत बालेका हुन् कि भनेर मुन्टो उठाइन्। टमाटर र खुर्सानी पो झगडा गरिरहेको सुनिन्। एक आपसमा रिस, जलन र डाहाको आगो फैलिएको थियो। नजिकै गइन्।

तिमीहरूका फुर्ति, लौ त भन्दै  टमाटर र खुर्सानी दुवै निमोठेर  भान्सातिर लागिन्। आज ज्यान  बाँचेकोमा करेला ढुक्क भयो। ऊ सोच्न थाल्यो, ‘कठैबरा, जानु त एकैठाउँमा रहेछ। बेकारमा केको  घमण्ड?’
अर्को समाचार
बालेनलाई प्रचण्डले भने- धेरै घमण्ड नगर्नुस्, उद्धारमा सरकार असफल भयो
१७ भदौ २०८३
•
१ मिनेट पाठ
बालेनलाई प्रचण्डले भने- धेरै घमण्ड नगर्नुस्, उद्धारमा सरकार असफल भयो
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले बाढीपहिरो प्रभावितको उद्धारमा सरकार असफल सिद्ध भएको बताउँदै प्रधानमन्त्री बालेन शाहलाई अहङ्कार र घमण्ड नदेखाउन चेतावनी दिएका छन्।




बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै संयोजक दाहालले सरकारले आफ्नो कमजोरी लुकाउनुभन्दा असफलताबाट पाठ सिक्नुपर्ने बताएका हुन्।

संसद्‌मा बोल्दै दाहालले सरकार उद्धार कार्यमा सफल नभएको जनगुनासो चौतर्फी सुनिएको उल्लेख गरे। उनले भने, ‘हामी कसैले पनि ढाँटेर र लुकाएर हुँदैन, उद्धारमा सरकार असफल भयो। सरकारले घमण्ड गर्न छाडेर यसबाट शिक्षा लिनुपर्छ।’

सुरुङभित्रको उद्धार कार्यमा सरकारको कार्यशैली विरोधाभासपूर्ण रहेको भन्दै उनले आलोचना गरे। सुरुका दुई दिनसम्म हामी आफैँ गर्छौं भन्दै विदेशी विज्ञहरूको सहयोग लिन ढिलाइ गरेको र अन्त्यमा लाचार भएर हात उठाएको उनको भनाइ थियो। विपद्को समयमा यस्तो महत्त्वाकांक्षा र अहङ्कार प्रदर्शन हुनु दुःखद भएको उनले बताए।

दाहालले उद्धारमा सेना परिचालन गरिए पनि व्यापक जनपरिचालन हुन नसकेको र तीनै तहका सरकारबीच समन्वयको चरम अभाव देखिएको बताए। उनले सरकारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा मन्त्रीहरूलाई लक्षित गर्दै सबै पक्षलाई विश्वासमा लिएर सहकार्यको वातावरण बनाउन आग्रह गरे।

विगतको कमजोरीलाई सच्याउँदै अब राहत, पुनर्स्थापना र दीर्घकालीन पुनर्निर्माणमा गम्भीरता देखाउन उनले सरकारको ध्यानाकर्षण गराए। संयोजक दाहालले राष्ट्रिय एकता र समन्वयको नेतृत्व गरेर आफ्नो औचित्य सिद्ध गर्ने मौका अझै बाँकी रहेकाले सरकारलाई संवेदनशील हुन सुझाव दिए।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस