गरुडा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख कन्थमनिप्रसाद कलवारले बज्जी साहित्यिक त्रैमासिकको लोकार्पण गरेका छन्। निर्वाचित भएपछि पदभार ग्रहण गर्नुभन्दा पहिले नै बज्जिका भाषाको साहित्यिक पत्रिकाको लोकार्पण गरेका हुन्।
नगर प्रमुखमा निर्वाचित भएपछि कलवारले पहिलो हस्ताक्षर बज्जी त्रैमासिकमा नै गरेका हुन्।
रौतहटको गरुडामा बज्जी साहित्यिक त्रैमासिकको लोकार्पण गर्दै नगर प्रमुख कलवारले मातृभाषाको सेवामा समर्पित पत्रिकालाई आफूले सहयोग गर्ने बताएका छन्।
नगर प्रमुख कलवारसँगै प्रकाशजित आई केयर अस्पतालका प्रमुख डा. सञ्जयकुमार साह तथा गरुडा नगरपालिका २ का पूर्व वडाध्यक्ष शैलेन्द्र राय यादवले पनि पत्रिकाको लोकार्पणमा सहयोग गर्दै पत्रिकाको प्रगतिको कामना गरेका छन्।
पत्रिकाको बारेमा प्रधान सम्पादक सञ्जय साह मित्र तथा व्यवस्थापक किशुनदयाल श्रीकृष्णले प्रकाश पारेका थिए।
महोत्तरीको पश्चिमी भागदेखि बारा जिल्लाको पूर्वी भागसम्म चार जिल्लामा बोलिने मुख्य मातृभाषा बज्जिकाको विकासमा पत्रिकाले महत्वपूर्ण योगदान पुर्याउने पत्रिकाका प्रकाशक तथा सम्पादक रामचन्द्र महतो कुशवाहाले बताएका छन्।