गायक प्रकाश सपुतको ‘पिर’ शीर्षकको गीतलाई लिएर अहिले बहस भइरहेको छ। मुलुकमा भएको १० वर्षे ‘सशस्त्र द्वन्द्व’ मा सहभागी तत्कालीन जनमुक्ति सेनाको अपमान गरेको भन्दै नेकपा माओवादी केन्द्रका नेताहरूले गायक सपुतको ‘पिर’ गीतको भिडिओ युट्युबबाट हटाउन चेतावनी दिएका छन्। सपुतले शुक्रबार युट्युबबाट सार्वजनिक गरेको उक्त गीत आइतबार साँझसम्म २३ लाखभन्दा बढीले हेरेका छन्। यो गीत ट्रेन्डिङ नम्बर एकमा छ।
‘पिर’ गीतमा सशस्त्र द्वन्द्वमा सहभागी छापामारले अहिले भोग्नुपरेको अभावर पीडाको कथा प्रस्तुत गरिएको छ। भिडिओ १६ मिनेट २५ सेकेन्डको छ। त्यसबाट महिला छापामार आर्थिक अभावका कारण देहव्यापारमा लागेको सन्देश दिन खोजिएको भन्दै माओवादी केन्द्रका एकथरी नेतार कार्यकर्ताले विरोध गरेका छन्। नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सामाजिक सञ्जाल फेसबुकमार्फत् गायक सपुतलाई उक्त गीत हटाउन चेतावनी दिएकी छन्।
‘महान् जनयुद्धका कारण केही थान मन्त्रीहरू, माननीयहरूर टाठाबाठाहरूको जीवन बदलिएकोर जनमुक्ति सेना नेपालर आमकार्यकर्ताको व्यवस्थापन हुन नसकेको भन्ने बहस जरुर रूपमा छ,’ उनले फेसबुकमा पोस्ट गरेकी छन्, ‘सहिद परिवार, बेपत्ता परिवार, पूर्वजनमुक्ति सेना नेपाल, जनयुद्धमा सहभागी आमकार्यकर्ताको व्यवस्थापनमा नेतृत्व बेखबर भने छैन। कतिपय प्रयत्न सफल हुन सकेका छैनन्। व्यवस्थापनमा केही नभएको भन्ने पनि होइन, विभिन्न तहमा प्रयत्न भइरहेका पनि छन्। तर व्यवस्थापन हुन नसकेका जटिलताहरू देखाएर जनयुद्धमा सहभागी महिला शरीर बेच्ने काममा संलग्न भएको भन्ने सन्देश दिनेगरी प्रकाश सपुतजीले युट्युबमा अपलोड गरिएको पिर नामक भिडिओ आपत्तिजनकर निन्दनीय छ।’
उनले जनयुद्धका कारण महिलाले स्वतन्त्रता, न्यायर समानता प्राप्त गरेको दाबी गर्दैराज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता पनि जनयुद्धकै देन भएको तर्क गरेकी छन्। ‘जनयुद्धमा सहभागी महिलाले तपाईंको पनि स्वतन्त्रतार तपाईंले भोगेको जातीय विभेदविरुद्ध लडेका थिए भन्ने कुरा यति चाँडै भुल्नुभयो,’ उनले लेखेकी छन्।
उनले अगाडि लेखेकी छन्, ‘तिनै दिदीबहिनीमाथि अपमान हुनेगरी बनाइएको पिर नामक भिडिओ सार्वजनिक माफी मागेर तत्काल युट्युबबाट नहटाए तपाईंको यस्तो गैरजिम्मेवार हर्कत सहेर नबस्ने चेतावनी दिन चाहन्छु।’
माओवादी केन्द्रले उक्त गीतलाई लिएर आधिकारिक प्रतिक्रिया नदिए पनि केन्द्रीय सदस्य दीपशिखाले गीतप्रति आपत्ति जनाएका छन्। ‘जब एउटा सर्जक सिर्जनामाथि व्यापार गर्न थाल्छ, उसले बजार हेर्छर मानिसका भावनाबाट आफैंलाई मार्छ,’ उनले भनेका छन्, ‘प्रकाश सपुत एकराम्रा सर्जक हुन्। व्यापारमा सिर्जना नमारुन्। पिर गीतको परिकल्पनाको समग्र पक्षप्रतिराजनीतिक कोण नबनाऊँ। तर माओवादी जनयुद्ध लड्ने एक महिला छापामारले भोग्नुपरेको अभावलाई उनले देह व्यापारमा लगेर जसरी चित्रण गरेका छन्, त्यो आपत्तिजनक मात्रै होइन, दण्डनीय छ। अभाव, निराश अनि गरिब महिलाले देह व्यापार नै गर्छन्, हो?’ सायद ती महिलाले नलडेको भए सपुतहरूले स्वतन्त्र गीतहरूमा निर्धक्क संगीत भरेर उन्मुक्त गुनगुनाउन सक्दैनथे।’
माओवादी सशस्त्र द्वन्द्वको नेतृत्व गरेकामध्ये एक शीर्ष नेता डा. बाबुराम भट्टराईले भने गायक सपुतको पक्षमा अभिव्यक्ति दिएका छन्। ‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा
टिप्पणी गर्ने अधिकारराख्छुर भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन,’ उनले ट्विट गरेका छन्, ‘गीतले जनयुद्धको विरोध गरेको छैन। अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ। त्यसनिम्ति क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने पो हो। गीतका सर्जकलाई किन धम्काउने?’
सरकार, नेतार कर्मचारीलाई व्यंग्य गरेर तीन वर्षअघि गायक पशुपति शर्माले गाएको ‘लुट्न सके लुट कान्छा’ गीत पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका कार्यकर्ताको आक्रोश र दबाबपछि युट्युबबाट हटाइएको थियो। सो गीत भाइरल भएपछि ओली निकट नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमा गायक शर्मा बहिष्कार अभियान चलाएका थिए। युवा संघ नेपालले त फेसबुक पेजमार्फत शर्माविरुद्ध वक्तव्य निकालेको थियो।
संगीतकार तथा गायक आभासराजनीतिको आडमा स्रष्टाको सिर्जनामा अंकुश लगाउन नहुने तर्क गर्छन्। ‘पिर शीर्षकको गीत सुन्दार त्यसको भिडिओ हेर्दा कुनै विवाद गर्नुपर्नेजस्तो लागेन,’ उनले भने, ‘कलाकारले गीतमार्फत आफ्नो अभिव्यक्ति प्रस्तुत गर्न पाउँछन्। राजनीतिक नेतृत्वले वाक् स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेजस्तो महसुस गरेको छु। गीतर भिडिओमार्फत गायक सपुतले नेपाली समाजले भोगेको परिस्थितिको चित्रण गर्ने प्रयास गरेका छन्। कलाकारले गीतमार्फत प्रस्तुत गरेको भावलाई सुझावको रूपमा लिनुपर्छ। वास्तविकतालाई स्वीकार गर्न नसक्ने सोचले कहिले समाजको विकास हुन सक्दैन।’