वसन्तपुरको ऐतिहासिक सम्पदाको चित्र प्रदर्शन हुने
२४ पौष २०७८
•
२ मिनेट पाठ
वसन्तपुरको ऐतिहासिक सम्पदाको चित्र प्रदर्शन हुने
विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका ऐतिहासिक सम्पदाको चित्रकला प्रदर्शनी हुने भएको छ।  




सर्वसाधारणलाई कलाप्रति आकर्षित गर्ने उद्देश्यले आगामी माघ ९ गतेदेखि सो प्रदर्शनी गर्न लागिएको हो। हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको आयोजनामा यही पुस पहिलो सातादेखि २५ जना वरिष्ठ कलाकारकाले कोरेका वसन्तपुर क्षेत्रका ऐतिहासिक सम्पदाको चित्रलाई नै प्रदर्शनीमा राख्न लागिएको बताइएको छ। हनुमानढोका दरबारस्थित गद्दी बैठकमा आगामी माघ ९ गतेदेखि एक महिनासम्म प्रदर्शनी सञ्चालन हुनेछ।  

शनिबारीय कला कार्यशाला समूहको सहकार्यमा भएको ‘क्यानभासमा हनुमान ढोका प्रतिविम्ब’ चित्रकला कार्यशालामा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कूलपति कान्छाकुमार कर्माचार्य, प्रतिष्ठानका पूर्वकूलपति किरण मानन्धर, वरिष्ठ कलाकार ग्रेहेन्द्रमान अमात्य, गोविन्दसिंह डङ्गोल, जीवन राजोपाध्यायसहित कलाकार सहभागी रहेका थिए।

कलाकारले उक्त स्थानका मुख्यगरी मूलचोक, त्रिशूल चोक, मोहन चोक र जलाशय नारायणको चित्र बनाएका छन्। शनिबारीय समूह चार वर्षदेखि प्रत्येक शनिबार ऐतिहासिक सम्पदाको चित्र बनाउनमा व्यस्त रहने गरेको स्थलगत कार्यशालाका संयोजक दिवेसमानसिंह प्रधानले जानकारी दिए।

हरेक शनिबार सम्पदाको चित्र बनाउनकै लागि शनिबारीय कला कार्यशाला समूह काठमाडौँ उपत्यकाको तीनवटै जिल्ला र कहीलेकाहीँ उपत्यका बाहिरका जिल्लामा पनि जाने गरेको उनको भनाइ छ। विगत चार वर्षदेखि अहिलेसम्ममा सम्पदाको मात्रै दुई हजारभन्दा बढी चित्र उतारिसकेको संयोजक प्रधानले बताए।

'चित्र बनाउने विषयवस्तु धेरै छन्, अझै पनि युवापुस्तामा चित्रकलाप्रति आकर्षण कम छ, त्यसमा पनि ऐतिहासिक सम्पदा प्राथमिकतामा पर्दैनन्, त्यसैले सम्पदाकै चित्र बनाउने र त्यसलाई प्रदर्शनीमा राख्न थालिएको हो', उनले भने। कार्यशाला समूहले अहिलेसम्म काठमाडौँ उपत्यकामा रहेका विश्वसम्पदा सूचीमा सूचीकृत सात सम्पदामध्ये पाँच वटाको चित्र बनाइसकेको छ। पशुपतिनाथको चित्र कोर्ने तयारी छ।

उक्त स्थानमा २५ कलाकारले करिब ५० चित्र बनाएका छन्। चित्र कोरेबापत उक्त समूहले कुनै पारिश्रमिक लिने छैनन्। चित्र बनाउनका लागि आवश्यक पर्ने सामग्री समितिले प्रदान गरेको हो। तयार पारिएका चित्र सङ्ग्रहालयमा राख्ने बताइएको छ। 
अर्को समाचार
वसन्तपुरमा होलीको रौनक,हर्सोल्लासका साथ मनाइँदै
११ चैत्र २०८०
•
१ मिनेट पाठ
वसन्तपुरमा होलीको रौनक,हर्सोल्लासका साथ मनाइँदै
फागु पूर्णिमा (होली) पर्वको दिन आज सर्वसाधारणले काठमाडौंको वसन्तपुरमा होली खेलेर मनोरञ्जन गरी मनाईरहेका छन्।




यतिबेला वसन्तपुरमा हजारौंको संख्यामा युवायुवतीहरू जम्मा भएर होली मनाईरहेका छन्। विगतमा अपरिचित  व्यक्तिलाई जबर्जस्ती लोला हान्ने, अबिर लगाउने र फोहोर पानी छ्याप्ने जस्ता क्रियाकलाप हुने गरेकोमा यो वर्ष भने निकै सौहार्दपूर्ण रूपमा होली मनाइँदै छ।  

यस्तै,होली पर्व आज देशका अधिकांश क्षेत्रमा मनाइँदै छ। विशेषगरी यो पर्व आज काठमाडौं उपत्यकासँगै हिमाली र पहाडी क्षेत्रमा होली मनाइँदै छ।

तराई–मधेशमा भने सोमवार होली परेको छ।होलीमा उच्छृङ्खल गतिविधि हुन नदिन काठमाडौंमा बिहानैदेखि प्रहरीले चेकिङ गरिरहेको छ। 
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३३ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस