बनेपामा ‘मिनी फिल्मी सिटी’ निर्माणको तयारी पूरा
२४ कार्तिक २०७८
•
१ मिनेट पाठ
बनेपामा ‘मिनी फिल्मी सिटी’ निर्माणको तयारी पूरा
बनेपा नगरपालिकाको भैँसेपाटीमा निर्माण हुने अत्याधुनिक चलचित्र छायाङ्कनस्थल (स्टुडियो) को निर्माणार्थ आवश्यक प्रक्रिया पूरा भएको छ।




यसका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए)लगायत आवश्यक तयारी पूरा भई निर्माणको प्रक्रिया अघि बढाएको चलचित्र विकास बोर्डले जनाएको छ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको १० र १३ नं वडासिमास्थित भैँसेपाटीमा अत्याधुनिक ‘इन्डोर सुटिङ् स्टुडियो’ निर्माणका लागि आवश्यक प्रशासनिक तयारी पूरा भई भौतिक निर्माणको प्रक्रियागत काम सुरु भएको बोर्डका अध्यक्ष दयाराम दाहालले बताए। ‘भैँसेपाटीमा निर्माण हुने फिल्म सिटीको प्रशासनिक तयारी पूरा भएको छ, सबैभन्दा पहिला सुटिङ्का लागि एउटा भवन निर्माण हुनेछ, त्यसपछि क्रमशः सूटिङका लागि आवश्यकीय भवनलगायतका संरचना बन्दै जानेछन्’ उनले भने।

उनका अनुसार ‘आउटडोर’ र यहाँबाट देखिने वातावरणीय सुन्दरतालाई ध्यानमा राखेर छायाङ्कन स्टुडियो निर्माण हुनेछ। इन्डोरमा अस्पताल, प्रहरीचौकी, कारागार, ठूला भवनका भित्री भागदेखिने खालका तथो प्रोटेबल सेट निर्माण गरिने अध्यक्ष दाहालको भनाइ छ। 

आउटडोरमा नेपाली चलचित्रको इतिहासको अध्ययन गर्नका लागि चलचित्र म्यूजियम, पुस्तकालय, स्क्रिप्ट लेखन तथा निर्देशन कक्ष र स्टुडियोसँगै फिल्मसम्बन्धी गोष्ठी, सेमिनार तथा क्षमता अभिवृद्धिका कार्यक्रम गर्न हलसहितको संरचना निर्माण हुने योजना बनाइएको छ।स्टुडियो निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कनलगायत आवश्यक प्रशासनिक कार्यका लागि रु दुई करोड बजेट विनियोजन भएको सांसद गोकुलप्रसाद बाँस्कोटाले बताए।  

चलचित्र छायाङ्कन स्टुडियोका लागि भैँसेपाटीको ४३ रोपनी सार्वजनिक जग्गा छनोट गरिएको हो। बहुद्देश्यीय परियोजना भएकाले पहिलो चरणमा इन्डोर छायाङ्कन स्टुडियोको डिपिआर बनाइ काम सुरु गरिने जनाइएको छ।
अर्को समाचार
मेयरलाई पत्र : ‘हामी साथ दिन तयार छौं, तपाईं पनि दिनूस्’
३० वैशाख २०७८
•
२ मिनेट पाठ
मेयरलाई पत्र : ‘हामी साथ दिन तयार छौं, तपाईं पनि दिनूस्’
काभ्रेका विभिन्न संघसंस्थाहरुले कोभिड–१९ को समस्या नियन्त्रणका लागि आफूहरु साथ दिन तयार रहेको बताउँदै नगर प्रमुखलाई पनि साथ दिन अनुरोध गरेका छन्।




बनेपामा रहेका १६ वटा सामाजिक संस्थाहरुले एकसाथ बनेपा नगरपालिकाका नगरप्रमुख लक्ष्मीनरसिंह बादेलाई पत्र लेखेर सो आग्रह गरेका हुन्।

उनीहरुले विश्व महामारीको रुपमा फैलँदै गएको कोभिङ–१९ को दोश्रो लहरले बनेपा नगरपालिकामा पनि संक्रमित तथा संक्रमितको मृत्युदर बढ्दै गएको जनाउँदै जटिल परिस्थितिमा स्थानीय निकाय, जिल्ला प्रशासन, जनप्रतिनिधिहरु, प्रहरी प्रशासन, स्वास्थ्य संस्थाहरु तथा विभिन्न राजनीतिक दलहरूको भूमिकाप्रति संघसंस्थाहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

यसका साथै उनीहरुले नगरपालिकामा कोभिड–१९ ले निम्ताएको समस्या न्यूनीकरण गर्न र भविष्यमा आइपर्नसक्ने भयावह स्थिति निर्मूल गर्न स्थानीय निकाय र जनप्रतिनिधिहरुलाई उदाहरणीय नेतृत्व प्रदान गर्न पनि आग्रह गरेका छन्।

उनीहरुले बनेपा नगरपालिकामा कोभिङ–१९ सम्बन्धित स्वास्थ्य सुविधा – अस्पताल, उपकरण, सामग्रीदेखि जनशक्ति अभाव देखिएको जनाउँदै सो अभावलाई छिटोभन्दा छिटो परिपूर्ति गर्न आवश्यक रहेकोमा जोड दिए।  

उनीहरुले नगरपालिकामा पनि कोरोना संक्रमण न्यूनीकरणका लागि निषेधाज्ञा जारी भएता पनि निषेधाज्ञा प्रभावकारी र उत्साहजनक नभएकोमा मेयरको ध्यनाकर्षण गरेका छन्। ‘कोभिङ–१९ को दोस्रो लहर वास्तवमै पहिलो लहर भन्दा बढी गम्भीर छ र यसले यस नगरपालिकामा पनि ठूलो समस्या सिर्जना गरेको छ। स्थिति थप भयावह नहोस् भन्नका निम्ति आजैबाट प्रभावकारी प्रयास हन जरुरी छ। त्यसैले स्थानीय निकाय – बनेपा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जनप्रतिनिधिहरु, प्रहरी प्रशासन, विभिन्न महरु. स्वास्थ्य संस्थाहरु र सामाजिक संघसंस्थाहरु समक्ष समयमै प्रभावकारी निस्वार्थ पर्याप्त एवम महत्वपूर्ण प्रयास गरिदिनु हुन अनुरोध गर्दछौं।’ उनीहरुले पत्रमा भनेका छन्, ‘यस चुनौतीपूर्ण घडीमा साथ र सहयोगका लागि हामी संघसंस्थाहरु र युवाहरु तयार छौं र आफ्नो क्षेत्रबाट प्रयासरत रहने छौं भन्ने सन्देश पनि दिन चाहन्छौं।’

जिल्ला प्रशासन कार्यालय, ईलाका प्रहरी कार्यालय, काभ्रे उद्योग वाणिज्य सँघ, पत्रकार महासंघ र काभ्रेमा क्रियाशील पार्टीहरुलाई समेत बोर्धाथ दिएर पत्र दिनेहरुमा बनेपाका लायन्स तथा लियो क्लबहरु, एमेस्टी इन्टरनेशनल बनेपा, काभ्रे जेसिज, साँगा सांस्कृतिक समूह, मोहनिपाः र बनेपा ब्वाइज क्लब रहेका छन्।
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २२ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस