जीवनको कथा लुकेको ईश्वरको ‘लीला’
१९ भदौ २०७८
•
४ मिनेट पाठ
जीवनको कथा लुकेको ईश्वरको ‘लीला’
काभ्रेको तिमालका ईश्वर थोकर, भक्तपुरमा बस्दै आएका छन्। आफ्नो बाल्यकाल भक्तपुरका इँटासँग खेल्दै, भक्तपुरेहरूसँग संगत गर्दै, भक्तपुरका मठमन्दिर, पाटीहरूमा खेल्दैहुर्केका कारण उनी भक्तपुर भन्नेबित्तिक्कै हुरुक्कै छन्। अहिले पनि भक्तपुर बस्दै आएका उनी छोटो कविता लेख्न सिद्धहस्त व्यक्ति हुन्। छोटो कविता लेख्ने कविको छवि बनाउन सफल ईश्वर थोकरको हालसालै ‘लीला’ (शृङ्खाल कविताको संग्रह) प्रकाशित भएको छ।




कुनै व्यक्ति, घटना, दिनलाई पनि निकै महत्त्व दिने अन्तरमुखी स्वभावका ईश्वर नियमित रूपमा डायरी लेख्छन्। व्यक्तिसँगको भेट उनको डायरीमा भेटिन्छन् तर निकै संक्षिप्त रूपमा। यो पनि उनको नखुलेको परिचय हो। संस्मरण लेख्न विशेष रुचि भएका थोकर तामाङ भाषा र नेपाली भाषामा साहित्य रचना गर्छन्। कुनै राम्रा रचनाहरूलाई तामाङ भाषामा समेत अनुवाद गर्ने खुबीमा ईश्वर थोकरले पिङ्गाई(गजल संग्रह, २०६८), प्लिक्सी (कविता संग्रह,२०६९), नोरी(कविता संग्रह, २०७४)  ल्हुइला गोङमा(संस्मरण, २०७६) प्रकाशित छन्। तामाङ ग्योइकाई पुरस्कार, २०७१ बाट सम्मानित उनी अहिले कोसिस संस्थामा आबद्ध छन् । जीवनको महत्त्वपूर्ण समय कष्टका साथ बिताएका  र अहिले पनि मानसिक रूपमा तन्दुरुस्त हुन नसकेका ईश्वर थोकरको जीवनलीलामा ‘लीला’(उनकी जीवनसंगिनी) को प्रवेशपूर्व, प्रवेश समय र प्रवेशपछिको अवस्थालाई उनले निकै छोटो कवितामा अभिव्यक्त गरेका छन्।

उनको पछिल्लो कविता संग्रह ‘लीला’मा जम्मामा चौध कविता छन्। कवितामा उनले प्रेमी र प्रेमिकाका भावनाहरू समेटेका छन्। प्रायः प्रेमी–प्रेमिकाका समस्याहरू तुलनात्मक रूपमा साझा हुन्छन्। त्यही साझा समस्यालाई प्रकट गर्ने तरिका फरकफरक हुन्छ। कवि थोकरले पनि ती समस्यालाई कवितात्मक रुपमा व्यक्त गरेका छन्।

ईश्वर थोकर, कवि
कवितालाई प्रेम गरेका, कविताका विम्व, प्रतीकसँग खेल्दै कविता जन्माउँदैहुर्केका कवि थोकरका कविता छोटा तर चोटिला छन्। एउटा सिंगो महाकाव्य, उपन्यासले बोकेको कुरा उनी ५/७ लाइनको कविताले खँदिलो बनाउँछन्। यो उनको विशेषता र मौलिकता दुवै भन्दा फरक नपर्ने तथ्य ‘लीला’ भित्रका कविताहरूले प्रतिविम्वित गरेका छन्।

उनी भन्छन्,

खासमा

म आवारा थिएँ– सेमह्रो !

तिमीलाई भेटेपछि

तुरुन्तै  

सुध्रिएँ।

हो, प्रेमको शक्ति नै यही हो, प्रेमले सिर्जना, सकारात्मकतातर्फ मानिसलाई डोरयाउँछ। बाँच्ने, बचाउने प्रेरणा हृदयपटलबाट दिन्छ। उनका कविताहरूमा पनि यही प्रेरणा भेटिन्छ। मानसिक वार्डमा रहँदा पनि, दुःखकष्टलाई जीवन ठानेर अघि बढेका उनको जीवनमा लीलाले जीवनप्रतिको आदर्श रङ पोत्न थालेपछि आएको परिवर्तनको प्रतिरूप लीला हो।

उनी अगाडि लेख्छन् –

भन्न पनि  

शरम लाग्छ– सेमह्रो !

‘अब,

म

कुमार 

रहिनँ।’

–            –               –  

तिमी

र

म

सशरीर भेट्नुअघि नै

तिमीले गर्वसाथ भनेकी थियौ–

‘तिमी मेरा लागि योग्य छौ।’

नभन्दै ईश्वरकी लीला(लीला पुनमगर) भन्छिन्, ‘ईश्वरको हँसिलो मुहार देखेर म मनमनै लोभिन्थें। उनको नजिक पर्न चाहन्थे। उनलाई तुरुन्तै जीवनसाथी बनाउन चाहन्थें। उनीसँगै जिउन चाहन्थें। उनीसँगै मर्न चाहन्थें। यसरी परिकल्पना गरेको दश वर्षपछि उनलाई मैले जीवनसाथीको रूपमा पाएको छु। थ्याङ्क्स गड !’ वास्तवमा ईश्वरको ‘लीला’भित्रका सबै कविताहरूको गर्भ नै ईश्वरकी लीलाले अभिव्यक्त गरेको भावना हो।

कवितामा ईश्वर अघि बढ्छन्,

तिमीले मलाई

गम्भीर भएर

एकजोर सुझाव दिएकी थियौ–

‘कुलतमा नफस्नु

र, केटीको पछि नलाग्नु।’

के म त्यस्तो छु र  

सेमह्रो ?

उनका कविताहरूमा कथा लुकेको छ प्रेमी–प्रेमिकाको, जीवनको, भविष्यको। ईश्वरको लीलाका कविताहरूलाई किशोर साहित्यमा राख्न सकिन्छ। उनका कविताहरू प्रेमका कुनै गहकिला उपन्यास, कथा पढेजस्तै आभाष हुन्छन्।

जीवनमा उतारचढाव आइरहन्छन्, यही नै जीन्दगीको सौन्दर्य पनि हो। यही सौन्दर्यलाई पछ्याउँदै बाँचिरहेका ईश्वरको लीलाले बोकेको प्रेमिल कविताहरु सामान्य मानिसदेखि आलिसानको जीन्दगी भोगिरहेकाको दैनिकी समेटेको छ। अन्तिममा उनी थप्छन् :

ल्हुइह्रो !

जीवन यसैगरी बग्दै जाने हो।

तामाङ, मगर भाषाका शब्द टिपेर लेखिएका कविताहरुले उनका कविताहरुको सौन्दर्य बढाउन सहयोग गरेको छ। कवितामा अर्कै स्वाद भरेको छ। आदिवासी शब्द टिपेर उनिएका उनका कविताहरुको यात्रा अझ सुगम बनोस्।

पुस्तक : लीला

कवि : ईश्वर थोकर

प्रकाशक : स्वीकृति थोकर
अर्को समाचार
शिखर यात्रामा डा.पुष्करराज भट्ट
२२ वैशाख २०८१
•
२ मिनेट पाठ
शिखर यात्रामा डा.पुष्करराज भट्ट
लघुकथा सर्जक डा.पुष्करराज भट्ट आफ्नो पाँचौ लघुकथासंग्रह शिखर यात्रा लिएर बजारमा आएका छन्। उनी लामो समयदेखि नेपाली साहित्य सिर्जना, समालोचना, अनुवाद एवं सम्पादनको क्षेत्रमा सक्रिय छन्। भाषा आयोग, नेपालको सदस्य डा.भट्टका हिन्दी, डोट्याली र थारु भाषामा पनि लघुकथा प्रकाशित हुँदै आएका छन्। 




भुँडीपुराण प्रकाशन, बागबजार, काठमाडौंले बजारमा ल्याएको यस लघुकथासङ्ग्रहमा ५१ लघुकथा समावेश छन्। यी लघुकथाको लेखन काल विसंं २०६५ देखि २०८० सम्म रहेको छ। उनका लघुकथामा सामाजिक विकृति-विससङ्गतिप्रति आलोचना पाइन्छ। उनका लघुकथामा बदलिंदो सामाजिक अवस्थाको चित्रण पाइन्छ। यी मानिसका अहङ्कार, उच्छृङ्खलता र स्वार्थीपनाप्रति आलोचना पाइन्छ।

त्यस्तै उनका लघुकथामा गणतन्त्रकालीन राजनीतिक परिदृश्य पाइन्छ। राजनीतिमा इमान्दारिता, स्वतन्त्रता र प्रतिबद्धता गुमेको, देश र जनताको पक्षमा काम नभएको, राजनीतिमा देश र जनता माथि हुनुपर्नेमा व्यक्तिगत स्वार्थले सर्वोच्च स्थान पाएको अवस्था वर्णन गरिएको छ।

यी रचनामा देशको शिक्षा, स्वास्थ्य, साहित्य कला क्षेत्रमा देखिएका विसंगत यथार्थको प्रस्तुति, विकृतिको आलोचना एवं व्यङ्ग्य पाइन्छ।

उनका लघुकथाको शैली सरल हुनुका साथै संवादको प्रयोग पाइन्छ। उनका लघृकथामा जनपक्षीय स्वर पाइन्छ। उनका लघुकथाका पात्र निम्न एवं निम्नमध्यम वर्गका छन्। आम मानिसको जीवनको सङ्घर्ष र सफलता यी लघुकथाको मूल पक्ष बनेर आएको छ।

वरिष्ठ समालोचक एवं लघुकथा सर्जक प्राडा कपिल लामिछानेले भूमिकामा नेपाली लघुकथाका क्षेत्रमा डा. पुष्करराज भट्टको योगदानको चर्चा गरेका छन्। उनले भट्टलाई समालोचक प्राडा दयाराम श्रेष्ठले लघुकथाका तपसीका रुपमा विशेषण दिएको सन्दर्भलाई उल्लेख गरेका छन्।

शिखर यात्रा लघुकथा कृतिका अधिकांश लघुकथाको भावमूल्यको विश्लेषणका साथै समग्रमा कृतिको मूल्याङ्कन गर्दै एउटा जिम्मेवारीका साथ सिर्जना गरिएको लघुकथाको सङ्ग्रह भएको बताएका छन्।

लघुकथाको समूचित आयाम, बाह्य र आन्तरिक दृष्टिबिन्दुको प्रयोग, सरल, वर्णनात्मक र नाटकीय शैलीका कारण यी लघुकथा पठनीय एवं सम्प्रेष्य छन्।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
रमितेखोलो
रमितेखोलो
टङ्क भट्टराई टङ्क भट्टराई • · २१ वैशाख २०८१ · ११ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस