अनाज
२० साउन २०७८
•
१ मिनेट पाठ
अनाज

प्रेम पुन मगर

 




“म सानै थिएँ। उन्नाइस सालमा सलह आयो। बालीबोट सखाप पा¥यो। त्यसपछि तेइस –चौबिस सालसम्म अनिकाल प¥यो।

महिनौंसम्म लगाएर अनाज खोज्न जान्थे। अनाज कतै पाउँदैन थिए। भएका खसी, बोका, बाख्रा, भेडा, काटेर पेट भरेर बस्थे।”

बारीमा काम गर्दै गर्दा आमाले भन्दै गरेको सुनेको थिएँ।

एकदिन घाँसको भारी बोकेर आउदै थियौँ। पधेँराछेउमा सानो मकैको घोगो रहेछ। आमाले खुट्टाको सहाराले घोगो टिप्नुभयो।

त्यो देखेर हरिशंकरको तरुनी छोरी गौरी खितिति हाँस्दै खिस्याई, “काकीले बाटोबाटो के टिप्दैछिन्। कुकुरको गुहु त हैन?” 

मैले लाज मान्दै भनेँ–आमा पनि केके टिप्न परेको होला, हेर त गौरीले त्यसो भनी?

– भन्न दे। त्यो बैँसले मात्तिएकी केटी जे पनि बोल्छे नि। प्राणीको जीवन बचाउन उब्जिएको अनाजलाई यसरी फ्याँक्नु हुँदैन। घरमा लगे कुखुराले खान्छ। आमाले घोगो पटुकीमा घुसार्दै भनिन्।
अर्को समाचार
कृषि विभागले भन्यो- भण्डारण गरिएका अनाज जोगाउन सतर्कता अपनाउनू
०२ जेष्ठ २०८३
•
१ मिनेट पाठ
कृषि विभागले भन्यो- भण्डारण गरिएका अनाज जोगाउन सतर्कता अपनाउनू
कृषि विभागले केही दिनदेखि मौसममा आएको फेरबदलका कारण भण्डारण गरिएका अनाज तथा खेती गरिएका बाली संरक्षणका लागि किसानलाई सतर्कता अपनाउन आग्रह गरेको छ।




विभागले मनसुन अगावै हालसम्म देशका अधिकांश ठाउँमा सरदरभन्दा बढी पानी परेकाले भण्डारण गरी राखिएका अन्न बाली, दाल बालीमा चिस्यानको समस्या आउने भएकाले किसानलाई उत्पादित वस्तुमा क्षति न्यूनीकरण गर्न सावधानी अपनाउन आग्रह गरेको हो।

भण्डारण गरिएका खाद्य वस्तुको नियमित अनुगमन गर्न तथा बालीलाई खेतमा नछाड्न किसानलाई सूचित गरेको विभागले आगामी साता मध्याह्नपछि हावाहुरी, चट्याङ तथा असिना पर्ने सिजन भएकाले टिपेर बजार लैजानुपर्ने फलफूल एवं तरकारी बालीहरू बिहान शीत ओभाएपछि टिप्न भनेको छ।

किसानलाई कृषि उत्पादनमा प्राविधिक सुझाव, उत्पादन वृद्धि, बाली संरक्षण, बजारीकरण आवश्यक सल्लाह उपलब्ध गराएर सम्भावित जोखिमबाट संरक्षण तथा क्षति न्यूनीकरण गर्न विभागले काम गर्दै आएको महानिर्देशक प्रकाशकुमार सञ्जेलले जानकारी दिए।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि सूचना केन्द्रले मौसमअनुसार हावापानी, प्रकोप तथा प्राविधिक सल्लाह किसानलाई सूचनामार्फत उपलब्ध गराउँदै आएको छ।

केन्द्रका अधिकृत सन्जीव पण्डितले भण्डारणमा कीराबाट जोगाउन भकारीको माथिल्लो भागमा चार–पाँच इन्च जति छहारीमा सुकाएको सुकिलो नीम, बकाइनो र तितेपातीजस्ता बोटबिरुवाको पात प्रयोग गर्न सुझाव दिए।

केन्द्रले आलुको पुतली (जोताहा कीरा) ले सामान्यतया भण्डारणमा असर गर्ने भएकाले आलु खन्ने समयमा लामो समयसम्म खेतबारीमा थुपारेर राख्दा उक्त थुप्रोमा पुतलीले फुल पार्ने नोक्सान गर्ने जनाएको छ।

केन्द्रले आलु खन्ने समयमा ध्यान पुर्‍याउन तथा सुरक्षित भण्डारण गरेर क्षति न्यूनीकरण गर्न सुझाव दिएको छ।
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस