आफन्त
१३ साउन २०७८
•
२ मिनेट पाठ
आफन्त

 पुष्पा नेपाल (सुवेदी )

 

 




आज धेरै गलिएजस्तो छ,जीउ पनि करकर खाएर टाउको भारी भएको छ। बेलुकीको खाना खाँदै गर्दा धनबहादुरले कमलालाई सुनायो। दिनभरि आली लगाएर आउनुभाको, धेरै थाक्नु भएर होला ।  अब आराम गर्नुहोस्। बिहानसम्म ठिक हुन्छ होला भन्दै कमला धन्दातिर लागि।

तर बिहान उसलाई झन् हनहनी ज्वरो आएर ओछ्यानबाटै उठ्न सकेन। बेसी खेतमा हिल्याउने मेलो छ। घरको मुली नै थला परेपछि कमलालाई पर्नु पिर पर्यो। हुर्केको छोरो पनि सदरमुकाममा विदेशी भाषा परीक्षाका लागि पढ्दैछ। जसोतसो अर्मपर्म गरेरै भए पनि  रोपाइँ उकासी कमलाले तर धनबहादुर निको हुने छाँट भने देखिएन। ओछ्यान्मै बिलाउन लागिसक्यो। कमलाले जान्नेलाई देखाउँदा खोलाको भूत लागेको भनेर कालो पोथी पनि मन्साए तर पनि केही उपाय लागेन।

एकबिहान खाना खाँदै गर्दा ५ कक्षामा पढ्ने छोरीले ‘बालाई बरु अस्पताल लैजाऊ। भूतसुत केही हुन्न रे स्कूलमा सरले भन्नुभाको’ भनेपछि कमलाको होस खुल्यो र अस्पताल लैजाने तयारी गरी। अस्पताल त लाने तर पैसा खै? उसले करेसा जोडिएको जेठाजुदेखि सारा आफन्तकहाँ गुहार मागी  तर कसैले सहयोग गरेनन् बरु घरमै चिराइतो र निमको झोल खुवाएर ज्वरो ठिक पार्न सकिन्छ भन्दै डाक्टरीपन देखाए।

केही सीप नलागेपछि गोठको १० लिटर दूध दिने लैनो गाई धितोमा राखेर धनबहादुरलाई उपचार गर्न सदरमुकामतिर लागी। डाक्टरले जाँचेर अरू ढिलो भएको भए बचाउन गा¥हो हुन्थ्यो भन्द‌ै कालाज्वर भएको सुनाए र उपचार गर्न लागे।

जसोतसो वर्खा सकियो। कमलाको स्याहारले धनबहादुर पनि तङ्ग्रियो। दशैँ लाग्दा–नलाग्दै छोराले भाषा परीक्षा पास गरेर कोरिया जान पाउने खबरले  दुवै दम्पती खुशी भए। दशैँपछाडि छोराको कोरिया जान समय एक हप्ता अगाडिदेखि नै घरमा आफन्तहरू एकपछि अर्को बहाना बनाउँदै आउन लागे। कोहीले त धनबहादुरको साख्खै आफन्त हुँ सम्म भन्न भ्याए। कमला भने २ महिना अगाडि लोग्ने ओछ्यान पर्दा फर्केर नहेर्ने आफन्त भनाउँदाहरूको  चेपारोसँग मनमनै कुडिँदै थिई।
अर्को समाचार
फसाउने अनि फस्ने आफन्त नै हुन्!
१० माघ २०८२
•
२ मिनेट पाठ
फसाउने अनि फस्ने आफन्त नै हुन्!
१) मुक्तक




फसाउने अनि फस्ने आफन्त नै हुन

मिठो दिई घाँटी कस्ने आफन्त नै हुन

अझै गहिरिएर बुझ्नुपर्छ धेरै कुराहरू 

सर्पले भन्दा बढी डस्ने आफन्त नै हुन!

२) मुक्तक

एउटा अनुहार छ सदा पीडा दिइरहन्छ

कसरी भन्नू हेर्नेले खुब आँसु पिइरहन्छ

थाह छ मर्नुभन्दा बौलाउनु ठिक छ भनी

त्यसैले जेजे पर्छ यहीँ मनले लिइरहन्छ!

३) मुक्तक

पैसा र रूपको घमण्ड देखाउनेसँग औकात मिल्दैन

स्वार्थी छ दुनियाँ विचार गर्नु अब कहिल्यै साथ मिल्दैन

अरू कुरा छाडी दिनुस् अराजक मानसिकताले गर्दा

गरिब मान्छे मर्‍याे देखि भने जलाउने घाट मिल्दैन!

४) मुक्तक

बैगुनी केटो राजनीतिक काममा धेरै नै चापाचाप छ

खाँदिन भन्दा पनि डलरमा बिक्छन् कतै करकाप छ

फोहोरी खेलका फोहोरी किरा गँगटाको जस्तै व्यवहारले

उठेदेखि सुत्नेबेलासम्म आफ्नै ...बालाई सराप छ!

५) मुक्तक

मलाई गिराउने आफ्नैहरू हुन्

मलाई पिराउने आफ्नैहरू हुन्

थाह छैन आँसुको मुल्य कति हो

मलाई  तिराउने आफ्नैहरू हुन्!

६) मुक्तक

जून बिनाको रात पनि किन सफेद लाग्छ

सताउनेको भीडभाड देखेर उदेक लाग्छ

बाँचुन्जेल जेजे गरिन्छ नाटक रहेछ सबै  

रूप रङमा घमण्ड मान्छेको अनेक लाग्छ।

७) मुक्तक

प्रलोभनमा परे कोरीका पाउ पनि ढोगिन सक्छ  

लामो यात्रा गन्तव्यमा नपुग्दै बीचमा रोकिन सक्छ

आधा गाग्री पानी बोक्दा छचल्किएर भिजाउँछ है

जवानी भनेको उम्लिएको दूध जस्तै पोखिन सक्छ!

८) मुक्तक

भन्दा लाग्दैन, दु:ख पाउँछन् के मतलव भो र

लाग्दा तिर्खा, खोला धाउँछन् के मतलव भो र

सम्झीसम्झी नरुनु है छाडी जाने निर्मोहीलाई  

काला गए गोरा आउँछन् के मतलव भो र!

९) मुक्तक

आफ्नो खास चिनारी नामको पनि हुन्छ

अनि अर्को कला र कामको पनि हुन्छ

नबुझे र मात्रै होला हामीले यस धर्तीमा

भोलि भेट्ने वाचा त घामको पनि हुन्छ।

१०) मुक्तक

फक्रनै नपाईकन कोपिलाले झर्नुपर्‍याे

नखाएको विष पो लाग्यो पीर पर्नुपर्‍याे

ताकीताकी  गोली हाने पापी दुष्टहरूले

अबोध बालबालिकाले त्यसै मर्नुपर्‍याे!
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
यो पनि पढौँ
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस